कुवेतमा मृगौला पीडित केशर गुरुङ्द्वारा सहयोगको याचना


जय आले, कुवेत

स्याङ्गजा जिल्लाको कोल्मा काउले गाबिस, काउले डाँडा घर भई हाल पोखरा छोरेपाटन बसोबास गर्नु हुने ४६ बर्षिय केशर गुरुङ्, कुवेतको K.G.L ट्रान्सपोर्ट कम्पनिमा सन् २००५ देखी एक ड्राईभरको रुपमा कार्यरत हुनुहुन्थ्यो । अहिले आएर अचानक वहाँको एउटा मृगौला (किड्नी) काम नलाग्ने भएको छ ।

कुवेतको फर्वानिया अस्पतालमा बिरामी अवस्थामा भर्ना भई परीक्षण गराउँदा उहाँको एक मृगौला काम नलाग्ने अवस्थामा पुगेको थाहा पाएपछी अस्पतालले प्रत्यारोपण हुन नसक्ने जनाई शिघ्र नेपाल जान निर्देशन दिंदै, उपचार गर्न अस्विकार गरेको छ भनें अस्पतालबाट बिक्षिप्त बनेर फर्केका गुरुङ्को स्वास्थ्यावस्था झन-झन नाजुक हुँदै गएको तमू समाज कुवेतका अध्यक्ष अमर गुरुङ्ले कुवेतनेपाल डटकमलाई जानकारी दिनु भएको छ ।

अध्यक्ष गुरुङ्ले पीडित केशर गुरुङ् छिट्टै नेपाल फिर्ता जाने थप जानकारी दिंदै, वहाँको उपचारमा ठुलो खर्च लाग्ने भएको साथै पीडितको आर्थिक अवस्था त्यो खर्च थेग्न नसक्ने अवस्थामा रहेकोले कुवेतस्थित सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, कृपालु मान्यजन र अन्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई “पीडितको तर्फबाट” सक्दो आर्थिक सहयोग गरी पीडितको जीबन रक्षा गरिदिनुहुन अनुरोध गर्नु भएको छ ।

कुनै पनि सहयोगी दाताहरुले निम्न नं. मा सम्पर्क गरी सहयोग गर्न सक्नु हुनेछ भनें सिधै पीडितलाई सहयोग गर्न चाहेको खण्डमा पीडितको बैंक एकाउण्ट नं. प्राप्त भईसकेपश्चात पुन सूचित गरिने छ ।

सम्पर्क:
बुद्ध बहादुर मल्ल – ५०५२६१५५, नबिन प्रसाईं – ६५९६७६९३, अमर गुरुङ् – ६५८४१२६३

3 responses to “कुवेतमा मृगौला पीडित केशर गुरुङ्द्वारा सहयोगको याचना

  1. केशर गुरुङ जीको यस जटिल अवस्थामा हामी सबै कुवेतवासी नेपालीहरु मिलेर सक्दो सहयोग गरौं ।

  2. Dear All Colleagues do the needfull for him arthika sayaoga ko laghi pidit keshar dai lai wanha ko jiba rakchay ko laghi kehi sahayog ko appeal garana chhanchu ra garu all nepali daju bhai dd bhaini haru .

    Amar Tamu Kuwait tamu samaja

  3. आफ्नु परिवार देखी टाढा रहनु पर्ने प्रदेशी जीवन को यो एक पिडा हो यस माथि पनि अस्वस्थ,शारीरिक पिडा…
    जेहोस् मलाई हामी नेपालीमा एउटा यो कुराको को पनि गर्ब लाग्छ। त्योहो आत्मियपन,सहायोगि मन। एक अर्कालाई दु:ख पर्दा खुलेर सहयोग गर्छन् यो नै हाम्रो साकारअत्मक बिशेषता हो। उहाको यो दु:ख प्रती म पनि चिन्तित छु। आफुले सकेको सहयोग गर्दै आएको छु र उहालाइ पनि गर्ने छु
    Suresh Thapa
    DLA-Escort

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.