ईन्द्र भूषाल, कुवेत
लालीगुराँस साँस्कृतिक परिवारले आयोजना गरेको बिजय दशमी तथा शुभदिपावलीको साँस्कृतिक कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेर आज मात्रै नेपाल फर्केका छन नेपालका सुपर स्टार गायक राजेश पायल राई । उहाँलाई लालीगुराँस साँकृतिक परिवारले सम्मानताकासाथ बिदाइ गर्यो ।
कुवेतमा आफ्नो कार्यक्रमको लागि पहिलो पटक आएका गायक राईले गत ३० सेप्टेम्बरको साँस्कृतिक कार्यक्रममा दर्जन भन्दा धेरै गीत गाएर कुवेतबासी नेपालीहरुलाई नचाउँदै दशैंमा नेपाल जान नपाए पनी नेपालको झल्को केही क्षण मेटाउन प्रेरित गरे । हप्ता दिन भन्दा लामो कुवेत बसाइमा राजेश पायल राइले प्रबासमा नेपाली परिवार मिलेर बसेकोमा खुशी ब्यक्त मात्र गरेनन् यस्तोगरी नेपालीहरु मिलेर बसेको आफुले खाडी मुलुकमा पहिलो पटक देखेको बताए ।
कुवेत बसाइको क्रममा यहाँका बिभिन्न ठाउँको समेत अबलोकन गर्न पाएका राइले आफ्नो कुवेत आउने पहिलो कार्यक्रम आयोजना गरेकोमा लालीगुराँस साँस्कृतिक परिवारलाई धन्यवाद ज्ञ्यापन गरेका छन । बिदाइ कार्यक्रममा लालीगुराँस साँस्कृतिक परिवारका सदस्यहरु, सल्लाहाकारहरु लगायत माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष धर्मराज गिरी, सदस्य किरण आले लगायतको उपस्थिती रहेको थियो । कुवेतनेपाल डटकम उहाँको सफल यात्राको कामना गर्दछ ।