तमू समाज कुवेतद्वारा कलाकार बबिता गुरुङलाई सम्मान तथा बिदाई


राजु गुरुङ्, कुवेत

आफु जहाँ भएपनि आफ्नो धर्म, संस्कृति र पहिचानको सधैं संरक्षण गरौं भन्दै कुवेतमा कार्यरत सम्पूर्ण तमूहरु(गुरुङ) को साझा संस्था तमू समाज, कुवेतको स्थापना कालदेखी नै सकृय रुपमा संस्थामा आबद्ध रही जिम्मेवारी बहन गर्नुहुने कार्यकारिणी समिति सदस्य बबिता गुरुङलाई उहाँले समाजलाई दिनु भएको योगदानको मुल्याङ्कन गर्दै उहाँको उज्वल भबिष्यको कामनासहित कदर-पत्र तथा मायाको चिनो प्रदान गरी गत सेप्टेम्बर ३०, शुक्रबारको दिन मुर्गाफस्थित नेपाली सोल्टी होटलमा बसेको समाजको बैठकले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बिदाइ गरेको छ । 

उक्त बिदाइ कार्यक्रममा बोल्दै समाजका अध्यक्ष अमर गुरुङले समाजलाई बबिताले दिनु भएको योगदान अतुलनिय रहेको भन्दै उहाँबाट समाजका अन्य सदस्यहरुले पनि अनुसरण गर्नुपर्ने बताउनु भयो । त्यस्तै समाजका उपाध्यक्ष खोप गुरुङले बिदाईको यस घडीमा उहाँको उज्जवल भबिष्यको कामना गर्दै उहाँले गर्नु भएको सेवाको तमू समाज कुवेत सधैं ऋणी रहने बताउनु भयो ।

कास्की पोखरामा हुर्केकी कलाकार बबिता सानैदेखी एक कुशल नृत्यंगना हुन भने बिगत तीन बर्ष अघी रोजगारिको सिलसिलामा कुवेत आएकी उनी नेपाली प्रबासीहरु बिच कुवेतमा हुने गरेका साँस्कृतिक रमझमहरुमा आफ्नो दर्जनौ प्रस्तुति दिइसकेकी छिन । तमू साँस्कृतिक परिवार, कुवेतकी उपाध्यक्ष समेत रहेकी बबिता कुवेतमा कृयाशिल अर्को साँस्कृतिक समुह लालीगुराँस साँस्कृतिक परिवारकी सकृय सदस्य समेत हुन ।

रोजगारिको निम्ती खाडी राष्ट्र कुवेतको करिब तीन बर्षे लामो बसाईलाई समाप्त गरी कलाकार बबिता आजै ५ अक्टोबरको बिहान ८.३० बजे फ्लाई दुबईद्वारा नेपाल फर्कंदै छिन । उनको यात्रा सफल रहोस्, हाम्रो शुभकामना !!

4 responses to “तमू समाज कुवेतद्वारा कलाकार बबिता गुरुङलाई सम्मान तथा बिदाई

  1. tamu samajma rahera uhale gareko karyalai tamu samaj kuwait uchcha mulyankanko sath sada ismaran garnechha.raju bro.thanks for news update.u are doing good job keep it up

  2. babita baini timro safal jiban ko shubhakamana jaha gayapani hamile samjhine chau.wish you all the best baini.

  3. Sanchai bhanu parda tamu samaj kuwait ko athi sakriya memeber Babita tamushyoo le kuwait tamu samaj priti gareko hardwork lai tamu samaj kuwait le sada appreciate and memory rakhane chu.really tamu samaj kuwait miss you babita try to come back again in kuwait.

    Kuwait Tamu samaj

  4. well wish,have a nice trip Babita.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.