Daily Archives: 04/10/2011

दशैंमा कस्तो मासु खाने र कसरी स्वस्थ्य रहने ?


दशैंमा सबैभन्दा बढी खाने खाद्य पदार्थ हो माछा, मासु । अरुबेला नखाएपनि दशैंको बेला मासु खानु नै पर्ने प्रचलन हुन्छ । प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले मासु पौष्टिक खानेकुरा पनि हो । खसी, बोका राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिन प्रशस्त पाउनुका साथै तृप्त याटी एसिड पनि प्रशस्त मात्रामा हुन्छ । मासु पकाउने विधिमा विशेष विचार पुर्‍याउनुपर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आज महाअष्टमी पर्व देशभर हर्षोल्लासपूवर्क मनाइँदै


१७ असोज, काठमाण्डौ । आज नेपाली हिन्दूहरूको महान् चाड बडादशैंको आठौं दिन, आश्विन शुक्ल प्रतिपदा अर्थात महाअष्टमी । नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरहरुमा हर्षोल्लासपूर्वक शक्तिस्वरुपा नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाईंदैछ ।

घटस्थापनाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको स्थानमा नौ थुप्रा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित विशेष भक्तिपूर्वक दुर्गापूजा गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

खाडी राष्ट्र कतारको रोजगार र नेपालीका कहानीहरु


दिलिप सुब्बा, कतार

दोहा, ०३ सेप्टेम्बर । कतार नेपालीहरुको लागि बैदेसिक रोजगारको पहिलो गन्तब्य हो भन्ने सबैलाई थाहा भैसकेको कुरा हो । अझ प्रवासी नेपालीहरु रहेको मुलुकहरु मध्ये नेपालीहरु संगठित भएको संसारमा कतार नमुना नै भएको छ । गैरआवासीय नेपाली संघ, जातीय संघ, जिल्ला संस्था, क्षेत्रिय संस्था, श्रमजीबीहरुको संस्था, खेलकुद संस्था, साँस्कृतिक संस्था, गाबिस वार्ड र पारिवारिक सम्मको संघ-संस्था छन् कतारमा । पढ्नेक्रम जारी राख्नुहोस्