स्वास्थ्यमन्त्रीले शुभकामना कार्डसँगै पत्रकारहरुलाई पैसा बाँडे


काठमाडौं, आश्विन १५ – स्वास्थ तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले पत्रकारहरुलाई दसैंको शुभकामना कार्डसँगै नगद वितरण गरेका छन् । उनले आफूनिकट, स्वास्थ्य बीट हेर्नेसहितका पत्रकारलाई ‘जरुरी काम छ, मन्त्रीज्यूलाई भेट्नु पर्‍यो’ भन्दै सहयोगीलाई पटकपटक टेलिफोन गर्न लगाइ पुल्चोकस्थित सरकारी निवासमा बोलाएर शुभकामना कार्डसहित ३ हजारदेखि ८ हजार रुपैयाँसम्म नगद वितरण गरेका छन् ।

स्रोतका अनुसार आफूलाई सहयोग गरेको भन्दै मन्त्री महतोले केही पत्रकारको सूचि आफैं तयार गर्छन् । उनले आफ्ना पार्टीका केही शीर्ष नेताहरुमार्फत टिपाएका पत्रकारकोसमेत सूचि तयार गरेर सहयोगीमार्फत हरेक वर्ष (मन्त्री हुँदा पनि नहुँदा पनि) पत्रकारलाई बाँड्दै आएका छन् ।

स्वास्थ्यमन्त्रीले शुभकामना कार्डसँगै नगद बाँडेकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । कार्यवाहक महासचिव जगत नेपालले आइतबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘स्वास्थ्य मन्त्री महतोको यो कार्य पदीय मर्यादाविपरीतमात्र होइन, नेपालको अन्तरिम संविधान र कानुनको प्रत्यक्ष उल्लंघन पनि हो ।’

महासंघले स्वास्थ्यमन्त्रीको कार्य अख्तियारको दुरुपयोग र भ्रष्टाचार नियन्त्रण ऐनविपरीतको काम भएको, सत्ता र शक्तिको आडमा सरकारी रकमको दुरुपयोग गरी पत्रकार र सञ्चारमाध्यमलाई भ्रष्ट र आफ्नो प्रशंसक बनाउन खोज्ने प्रयत्नको रुपमा लिएको जनाएको छ छ । ‘यसतर्फ आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन महासंघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तीमा भनिएको छ ।

महासंघले पत्रकार आचारसंहिताविपरीतका यस्ता कार्यबाट टाढा रहन आफ्ना सबै सदस्यको पनि ध्यानाकर्षण गराएको छ ।

दसैंमा विशेष व्यवस्था

यसैबीच पत्रकार महासंघले दसैं विदाको अवधिमा सञ्चारमाध्यम र पत्रकारमाथि हुनसक्ने आक्रमण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि र काम-कारवाहीको सम्भावनालाई ध्यानमा राखेर विशेष व्यवस्था गरेको जनाएको छ ।

यस अवधिमा हमला वा हस्तक्षेप भएमा केन्द्रीय सचिवालय संयोजक सतीशजंग शाही (९८५१०७५३५५) र कार्यालय सहायक ख्यामप्रसाद चापागाईं (९८४१५९४८२४) लाई विवरण उपलब्ध गराउन महासंघले अनुरोध गरेको छ ।

Posred by: Shiva Paudel

Source: ekantipur

 

One response to “स्वास्थ्यमन्त्रीले शुभकामना कार्डसँगै पत्रकारहरुलाई पैसा बाँडे

  1. yo sarasar bhrastachar ra ghuskhori ho. yo mantrile bhastachar gareko paisa ra rastra ko dhukuti tyasari bitaran gardaichha. tyasto patrakar ra mantrilaai tyo pad bata turunta nilamban garera kada bhanda kada karbahi garnu parchha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.