लालीगुँरास साँस्कृतिक परिवारको तेस्रो सांगितिक प्रस्तुतिबाट कुवेतवासी नेपालीहरु प्रसन्न


डम्बर रिमाल/ईन्द्र भूषाल, कुवेत

हाम्रो संस्कृती हाम्रो परम्परा “Our Culture Our Tradition” भन्ने मुल मन्त्र बोकेको लालीगुराँस साँस्कृतिक परिवारले कुवेतको एसिया एसिया होटलमा नेपालका सु-प्रख्यात गायक राजेश पायल राईको साथमा लालीगुराँस पायल म्युजिकल शो गरेर सम्पूर्ण कुवेतबासी नेपालीलाइ दशैको बेला आफ्नो देशदेखी टाढा भएपनी रमाइलो अनुभुती प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी कुवेतस्थित नेपाली दुताबासका राजदुत श्री मधुवन पौडेल दम्पती हुनुहुन्यो । परिवारका अध्यक्ष बि.बी मल्ल ठकुरीको सभापतित्व रहेको कार्यक्रममा सदस्य दिपक लिम्बुले स्वागत मन्तव्य दिंदै उपस्थित सम्पूर्ण नेपालीहरुलाई स्वागत गर्नु भएको थियो ।

UAE EXCHANGE, GULF MART, FLY DUBAI एवं CONTACT HOUSE ले यस कार्यक्रमको स्पोन्सर गरेका थिए । राजदुत श्री मधुवन पौडेल र UAE EXCHANGE का प्रमुखले दिप प्रज्वलन गरि शुरू गरिएको कार्यक्रममा सम्पूर्ण कुवेतस्थित संघ-संस्थाका प्रमुख मान्यजनलाई अतिथिमा निमन्त्रणा गरिएको थियो । नेपाल लगायत संसारभर छरिएर रहेका नेपालीहरुको ढुकढुकी बनी सकेका गायक तथा नायक राजेश पायल राइको प्रमुख भुमिका रहेको यस कार्यक्रममा राइले सम्पूर्ण दर्शकलाई निकै भाबुक एवं रोमञ्चक गितहरु गाएर मन्त्रमुग्ध पारेका थिए । गायक राजेश पायल राइले गाएका गितहरु मध्ये पहिलो गित कुवेतको नेपाली समाजमा एउटा चर्चित नाम गीतकार,  साहित्यकार एवं समाजसेवी दाजु बालक गुरुङ ज्युको रचना र गणेश गुरुङ्को संगीतमा स्वयं राइले स्वर दिएका अत्यन्तै नौलो भावुक गित जसका शब्दहरु मिठासभाव बोकेका र जहाँ विदेशिएका नेपालीहरुको पिडायुक्त शब्दले भरिएका “ए है नि माया धेरै धेरै सम्झना” भन्ने रहेको थियो ।

भनिन्छ, सुपर स्टार तर एक सुपर स्टार हुन कतीसम्म परिश्रम गर्नुपर्दो रहेछ भनेर हिजोको कार्यक्रममा अतिथी कलाकारको रुपमा आएका गायक राजेश पायल राइले दर्शकहरुको वान्स मोरलाई स्विकार्दै लगातार १०/११ वटा गीतहरु बिना थकान पसिनाको धारासहित गाउदै र आफै नाच्दै गरेको देख्दा सुपर स्टार भन्ने छोटो शब्द साँचै नै सामान्य रहेनछ भन्ने प्रष्ट अनुमान गर्न सकिन्थ्यो ।

त्यस्तै परिवारका स्थानिय कलाकारले पनि निकै राम्रो कला प्रदर्शन गरेको कुरा सम्पूर्ण दर्शकले बताएका छन । लालीगुराँस साँस्कृतिक परिवारले प्रस्तुत गरेको तेस्रो सांगितिक प्रस्तुतीलाई नियालेर हेर्दा अहिलेसम्मकै कुवेतमा भएको कार्यक्रमको उत्कृष्ट सांगितिक कार्यक्रम मानिएको अनुभव दर्शकवृन्दले गरेका थिए । करिब एक हजारको हाराहारिमा दर्शक रहेको उक्त कार्यक्रममा आधाजसो दर्शकले सिट नपाएर उभिएरै कार्यक्रम हेरेर भएपनी आयोजक लालीगुराँस साँस्कृतिक परिवारको निकै प्रशंसा गरेको पाईयो भनें यती भव्य कार्यक्रम हुन्छ भनेर कसैले बिश्वास नगरेको पनि दर्शकहरु बताउँथे भनें कुनै दर्शकहरुले कार्यक्रम राम्रो र सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएकोले यस कार्यक्रमबाट आयोजकले साँचैनै राम्रो रकम जम्मा गरेको हुनसक्ने पनि अड्कलवाजी गरेको सुनिन्थ्यो ।

लालीगुराँस परिवारले नेपालीहरुको महान पर्व बिजया दशमी एवं दिपावलीको अवसरमा नेपालदेखी एक महान कलाकार राजेश पायल राईलाई कुवेत ल्याई वहाँको साथमा लालीगुराँस पायल म्युजिकल शो प्रस्तुत गरी सबैलाई भरपुर मनोरञ्जन दिलाउन सफल रहेकोमा कुवेतनेपाल डटकम परिवार आयोजकलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छ ।

One response to “लालीगुँरास साँस्कृतिक परिवारको तेस्रो सांगितिक प्रस्तुतिबाट कुवेतवासी नेपालीहरु प्रसन्न

  1. first thankx laligurash munch and thankx rajesh .i like ur songs .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.