कुवेतमा लालीगुराँस पायल म्युजिकल शो भव्यताकासाथ सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

लालीगुँरास साँस्कृतिक परिवारको तेश्रो सांगितिक प्रस्तुति स्वरुप दशैं-तिहार बिशेष कार्यक्रम “लालीगुराँस पायल म्युजिकल शो” ३० सेप्टेम्बर २०११ का दिन कुवेतको एशिया-एशिया होटलमा भव्यताकासाथ सम्पन्न भएको छ । कार्यक्रमको अतिथी कलाकारको रुपमा नेपालदेखी आउनु भएका नेपालका सुपर स्टार गायक राजेश पायल राई (किंग राई)ले दुई चरणमा आफ्ना डेढ दर्जन जती चर्चित गितहरु गाएर कुवेतवासी नेपालीहरुलाई नेपाली संगितमा झुम्न र नाच्न वाध्य मात्र पारेनन् आफुसँगै कपडा उतार्न समेत जोश्याए भने परिवारका स्थानिय कलाकारहरुको पनि जोड्दार प्रस्तुतिहरु रह्यो ।

प्रमुख अतिथी महामहिम राजदूत श्री मधुबन प्रसाद पौडेलले सम्पूर्ण प्रबासी नेपालीहरुलाई बिजया दशमीको शुभकामना दिंदै पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिसकेपश्चात कार्यक्रमलाई औपचारिक रुपमा अगाडि बढाईएको थियो । किंग राईले आफ्नो प्रथम प्रस्तुति “सौगात स्वरुप” गितकार बालक गुरुङ्ले लेख्नु भएको गित दर्शक माझ पस्केर सबैलाई चकित मात्र तुल्याएनन् गितकार बालक गुरुङ्लाई मञ्चमै बोलाएर दुई शब्द राख्ने मौका समेत प्रदान गरे ।

किंग राईले आफ्ना प्रस्तुतिहरुमा ए है निरमाया, निष्ठुरी मायाले रुवायो, सागर सरी चोखो माया, वैगुनी रैछौ मायालु, निष्ठुरीलाई माया, माथि लेकबाट झर्दा, दिक्तेल बजार, हातमा रुमाल, मोहनी लाग्ला है, के भयो भयो आफैलाई थाहा छैन, तिनतारा तिनतिर झललल, बल्ल भेट भो, दर्शन नमस्ते र दशैको हजार घुम्न जाउ बजार जस्ता आफ्नै चर्चित गितहरु गाउनु भएको थियो भनें दर्शकहरुले वान्स मोरको जोडदार हुटिङ लगाउदै राजेशलाई विदा लिन नदिएकाले उहाँले फैलियो माया दुवो सरी, बल्ल भेट भो  बोलको गितहरु गाएर सबैलाई खुशी तुल्याउनु भयो भनें वहाँको प्रस्तुतिबाट प्रसन्न भई युएई एक्सचेंज र खोटाङग सम्पर्क समितिले गायक राईलाई मायाको चिनो दिई सम्मान गरे ।

यसैगरी लालीगुँरास साँस्कृतिक परिवारका कलाकारहरु राजेन्द्र विरही, मनोज काफ्ले, चन्दन लिम्बु, डिवी लोप्चन, देब लिम्बु, सागर राई, बि.बी मल्ल ठकुरी, मनोज तामाङ् लगायत अन्यले गीत प्रस्तुत गरेका थिए भनें सोम रसाईली, मनिता रसाईली, किरण मल्ल, रिना शाक्य, रेनु परियार, बबिता गुरुङ्, बाल कलाकार सुरुची थापा लगायत चर्चित डान्सर केशव भण्डारीको साथमा ४ जना युवाहरुको आकर्षक नृत्यले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो ।

युएई एक्सचेन्ज, गल्फ मार्ट, कन्ट्राक्ट हाउस एवं फ्लाई दुबईले मुख्य प्रायोजन गरेको कार्यक्रमलाई कुवेतमा रहेका बिभिन्न सँघ-संस्था एवं व्यक्तित्वहरुले आर्थिक भौतिक एवं बौद्विक सहयोग गरेका थिए भनें माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष धर्मराज गिरीको ब्यानर सौजन्य रहेको थियो । यसैगरी मिडिया पार्ट्नरको रुपमा नेपालकुवेत डटकम र कुवेतनेपाल डटकमले बिगत ४ महिनादेखी दर्जनौं समाचारहरु सम्प्रेषण गरेर यस कार्यक्रमलाई सफल तुल्याउन बिशेष टेवा पुर्‍याएका थिए ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सचिव ईन्द्र भूषाल, सदस्य किरण आले र नयाँ सञ्चालकको रुपमा देखिनु भएका क्लवका सल्लाहाकार एवं लालीगुराँस परिवारका संरक्षक यादब श्रेष्ठको साथमा नयाँ चेहरा सुरेश तामाङ्ले सयुक्त रुपमा सञ्चालन गर्नु भएको कार्यक्रममा परिवारका अध्यक्ष बि.बी मल्ल ठकुरीको सभापतित्व, सदस्य दिपक लिम्बुको स्वागत मन्तब्य एवं महामहिम राजदूतको शुभकामना मन्तव्य रहेको थियो भनें NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तमाङ्, दूतावास सहचारी भुवन पौडेल लगायत कुवेतस्थित बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु, पत्रकारहरु र अन्य व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रम स्थलका प्रमुख झलकहरु:

One response to “कुवेतमा लालीगुराँस पायल म्युजिकल शो भव्यताकासाथ सम्पन्न (फोटो फिचरसहित)

  1. tnx4 dA laliguras club member ajai aru pani pragati gardoi janu bst of luck…!!!ani yo pop band harulai poni bolaune garnu vaya ajai ramro hunthiyo ki.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.