गृहमन्त्रीद्वारा स्टिकर टाँसेर नागरिक सुरक्षा दिवसको उद्‍घाटन


काठमाडौँ, असोज १२ – प्रहरी कै कडा सुरक्षा रहने घण्टाघरमा दिनदहाडै गोली हानी हत्या गरिएको दुई दिनपछि आज नागरिक सुरक्षा दिवस मनाइँदैछ। सरकारले यस वर्षदेखि हरेक वर्ष असोज १२ गतेलाई नागरिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेअनुरूप आज र्‍यालीको आयोजना गरिएको हो।

 गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उप प्रधानमन्त्री विजयकुमार गच्छदारले आज बिहान स्टीकर टाँसेर दिवसको शुभारम्भ गरेका हुन्।

उनले बा.२ख ३२४० नम्बरको सार्वजनिक सवारी साधन (ह्यास गाडी)मा ‘नागरिक सुरक्षा दिवस-२०६८ : अपराध र अपराधीको सूचना दिई जिम्मेवार नागरिक बनौँ’ नारा लेखिएको स्टिकर टाँसेका थिए।

र्‍यालीमा नेपाल सरकारका मन्त्री, सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित उच्च पदस्थ अधिकारी, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारण सहभागी भएको राससले जनाएको छ।

अपराध र अपराधीको सूचना दिई जिम्मेवार नागरिक बनौँ भन्ने मूल नाराका साथ यो दिवस आज विविध कार्यक्रमका साथ मुलुकभर मनाउने कार्यक्रम छ।

गृह मन्त्रालय नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा आयोजना गरिएको यो र्‍याली रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भई बागबजार, पुतलीसडक, पद्मदोय मोड, भद्रकाली, सहिदगेट, नयाँसडक हुँदै बसन्तपुरमा पुगी सभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागीहरूले अपराध र अपराधीको सूचना दिई जिम्मेवार नागरिक बनौँ, तीव्रगतिमा सवारीसाधन नहाँकौँ, सडक दुर्घटनाबाट बचौँ भन्ने नारा लेखिएको प्ले-कार्ड बोकेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा नागरिक सुरक्षाको सन्देश दिने बान्डबाजासमेत प्रस्तुत गरिएको थियो।

 Posted by: Shiva Paudel

Source: Nagariknews

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.