राष्ट्रसंघमा अहमदिनिजादले बोल्दा !


                                                                                                     इरानी राष्ट्रपति महम्मुद अहमदिनिजादले बिहीबार संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भइरहेको राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा अमेरिकासहित ३० राष्ट्रका प्रतिनिधि हल छोडेर बाहिर गए । अहमदिनिजादले पश्चिमा राष्ट्रलाई गाली गर्न थालेपछि अमेरिका तथा युरोपेली महासंघ राष्ट्रका प्रतिनिधि हल छोडेर बाहिरिएका हुन् । पहिलेकै जस्तो इरानी राष्ट्रपति अहमदिनिजादले यहुदी राज्य इजरायलको कडा आलोचना गरे । यसैगरी, उनले यहुदीविरुद्ध भएको युद्ध-अपराधमाथि पनि प्रश्नचिह्न तेस्र्याएका छन् ।
यसैगरी, राष्ट्रसंघको महासभाको भाषणमा अहमदिनिजादले ओसामा विन लादेनविरुद्ध गरिएको अमेरिकी आक्रमणको पनि कडा विरोध गरे । उनले अमेरिकाले  सेप्टेम्बर ११ को मुख्य दोषीको हत्या गरेर उसको शवलाई समुद्रमा फालिदिएको बताए ।
उनले भने- वल्र्ड टे्रड सेन्टरमा आक्रमण गर्न विमानमा कब्जा गर्न दिनुका कारण पत्ता लगाउन सेप्टेम्बर ११ को मुख्य दोषीलाई अदालतमा उभ्याउनुपर्ने थियो । इरानी राष्ट्रपति अहमदिनिजादले यसअगाडि अमेरिकामा भएको सेप्टेम्बर ११ को हमला शंकास्पद भएको बताएका थिए । यसैगरी, अमेरिकाद्वारा नेतृत्व गरिएको आतंकवादविरुद्धको लडाइँलाई पुष्टि गर्न यो घटनालाई सिर्जना गरिएकोसमेत भनेका थिए । 
पश्चिमा राष्ट्रले सैन्य हस्तक्षेपमार्फत पूर्वाधारहरू ध्वस्त पारेर अन्य राष्ट्रलाई कमजोर पारेको आरोप पनि अहमदिनिजादले लगाए । ती राष्ट्रमा भएको स्रोत लुट्न पश्चिमा राष्ट्रले अन्य राष्ट्रलाई सैन्य हस्तक्षेपमार्फत कमजोर बनाएको आरोप पनि उनले लगाए ।
अहमदिनिजादको भाषणको प्रतिउत्तरमा बि्रटिस प्रधानमन्त्री डेभिड क्यामरुनले पनि महासभामा गरेको भाषणमा इरानी सरकारको विरोध गरे । स्वतन्त्र मिडियालाई पारदर्शी हुन नदिन इराकी सरकारले जे पनि गर्ने आरोप क्यामरुनले लगाए । उनले भने- इरानी सरकार जबर्जस्ती हिंस्रक तरिकाबाट प्रदर्शनलाई दबाउँछ । उज्ज्वल भविष्यको माग गर्ने जनतालाई गिरफ्तार तथा यातना दिन्छ ।
अहमदिनिजादले राष्ट्रसंघीय महासभामा भाषण गर्दा सयौँ मानिस बाहिर विरोध प्रदर्शन गरिरहेका थिए । प्रदर्शनकारीले बोकेका पोस्टरमा इस्लामिक गणतन्त्र मुर्दावादसमेत लेखिएको थियो । यसैगरी, प्रदर्शनमा सहभागी बालबालिका अहमदिनिजादको कार्टुन तस्बिर लगाएका थिए ।
इजरायली प्रतिनिधिले महासभामा अहमदिनिजादको भाषण बहिस्कार गरेका थिए । इजरायली विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- फेरि पनि इरानी राष्ट्रपतिले विश्वशान्ति तथा सुरक्षालाई चुनौती दिँदै राष्ट्रहरूको परिवारविरुद्ध शत्रुताको सन्देश पठाएका छन् ।
महासभामा भएको भाषणपछि पनि अहमदिनिजादले पत्रकारसँग कुरा गर्दै इन्जिनियरका रूपमा वल्र्ड टे्रड सेन्टर केवल विमान ठोक्किँदा ढल्न नसक्ने बताएका छन् । त्यहाँ योजनाबद्ध विस्फोट भएको हुनसक्ने उनले बताएका छन् । तर, उनले १० वर्षअगाडि अमेरिकाले वल्र्ड ट्रेड सेन्टरमा विस्फोट गराएको भने सोझै भनेनन् ।
यसैगरी, अहमदिनिजादले अमेरिका र इरानले अझै सम्बन्ध सुधार गर्न सक्ने बताए । दुई देशबीचको सम्बन्ध सुधार्न केही ढिलाइ नभएको उनको भनाइ थियो  ।

Posted by: Dambar Rimal                                                                  Source: Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.