भट्टराई सरकार संकटमा


काठमाडौं, आश्विन ११ – तराईका २२ जिल्लालाई अलग राज्यको घोषणा गर्ने रक्षामन्त्री शरतसिंह भण्डारीको अभिव्यक्ति र त्यसको प्रतिक्रियाले सरकार संकटमा परेको छ ।रक्षामन्त्रीको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी कांग्रेस, एमालेमात्र होइन प्रधानमन्त्री बाबुराम भट्टराईकै दल माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहको कडा प्रतिक्रियाले सरकार संकटमा परेको छ । आफ्नै दलको ‘प्रभावशाली’ समूहले उनको भनाइ’bout प्रष्ट पार्न दबाब दिएको छ ।

माओवादी उपाध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाले बुधबार बिहान विज्ञप्ती जारी गर्दै रक्षामन्त्रीलाई बर्खास्त गर्न र सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गरेका छन् । वैद्य समूहले स्थायी समिति निर्णयलाई चुनौति दिंदै बुधबार नै विरोध प्रदर्शनको तयारी गरेका छन् ।

उनीहरुकै शब्दमा रक्षामन्त्रीको ‘राष्ट्रघाती वक्तव्य’ले सम्पूर्ण देशभक्तहरुलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै वैद्य र थापाले तराईका बाइस जिल्लाहरुलाई पृथक राज्य घोषणा गर्ने अप्रत्याशित उदघोषले सबै राष्ट्रप्रेमी तथा देशभक्तलाई आक्रोशित एवं आश्चर्यचकित तुल्याएको बताएका छन् ।

‘कतै सिङ्गो नेपाल, विशेषतः तराईलाई भारतमा गाभ्ने ‘सिक्किमीकरण’को गुरुयोजना अन्तर्गत् यो घृणित वक्तव्य प्रसारण गरिएको त होइन ? कतै चारबुँदे सम्झौतामा अमूर्तरुपमा उल्लेख गरिएको सम्बन्धित मित्र राष्ट्रहरुसँग ‘सहमति हुन प्रस्तावित विषयहरु’को यो मूर्त अभिव्यक्ति त होइन ?,’  विज्ञप्तीमा छ, ‘यसले सर्वत्र गम्भीर उद्वेलन पैदा गरेको छ ।’

विज्ञप्तीमा मधेसी जनताको संघीयता, स्वायत्तता तथा आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न र ‘राष्ट्रघाती वक्तव्य’को सर्वत्र भण्डाफोर गर्न अपिल गरिएको छ ।

रक्षामन्त्रीको अभिव्यक्तिको प्रमुख गठबन्धनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुनै प्रतिक्रिया दिएको छैन । तर सरकारलाई समर्थन दिएको मधेसी जनअधिकार फोरम नेपालसहित अधिकांश साना दलले रक्षामन्त्रीको भनाइको विरोध र भर्त्सना गरेका छन् ।

Posted by: Shiva Paudel

Source: ekantipur

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.