आजबाट विधिवत रुपमा दशैं सुरु


११ असोज, काठमाडौँ । आज अश्विन शुक्लपक्ष प्रतिपदा अर्थात घटस्थापना । आजबाट नेपालीहरूको महान् चाड वडादशैं विधिवत् रूपमा सुरु भएको छ ।अधिकांश नेपालीले पञ्चाङ्ग निर्णायक समितिले शुभ मानेको बिहान १० बजेर २७ मिनेटको समयमा घरघरमा जमरा राखेर १५ दिन लामो दंशैंलाई स्वागत गरेका छन् । घटस्थापनाका दिन आफ्नो घर-आँगन तथा पूजा कोठामा सरसफाई गरी नदी,तलाउ,पोखरी, कुण्ड वा पत्रिव स्थानबाट माटो ल्याएर पूजा कोठा अर्थात् दंशैंघरमा विधिपूर्वक दियो कलश र गणेशको पूजा गरी जौं, मकैलगायतका अन्न रोपेर जमरा राख्ने गरिन्छ । परम्पराअनुसार घटस्थापनाको दिनदेखि दशैंभर काठमाडौँको हनुमान ढोकास्थित दशैं घरका साथै देशभरका विभिन्न शक्तिपिठहरुमा विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गाको पूजा आराधना गरिन्छ ।

बिहान जमरा राखेपछि घर-घरमा र देवी मन्दिरहरूमा चण्डी पाठ गर्ने चलन छ । घटस्थापनाको दिन राखिएको जमरा विजया दशमीको दिन टिकसागै आफ्ना मान्यजनबाट लगाएर आशिर्दवाद ग्रहण गर्ने गरिन्छ । आजैबाट नवरात्री सुरु हुने हुनाले राजधानीलगायत मुलुकभरमा देवी मन्दिर तथा शक्तिपीठहरूमा दर्शन गर्नेहरुको भिड लागेको छ । राजधानीका गुहेश्वरी, दक्षिणकाली, पचलीभैरव र मैतीदेवीलगायतका मन्दिरहरुमा भक्तजनको भिड लागेको छ । आजबाट सुरु दशैं कोजाग्रत पूणिर्माका दिन जमरा बिसर्जन गरी समापन हुन्छ । भएको यस वर्षको दशैंको टिका आगामी १९ असोजमा परेको छ ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.