Daily Archives: 28/09/2011

मैले धन कमाएर बिलासिताको जिन्दगी जिउने उद्देश्यले तालिम केन्द्र खोलेको होइन: बाल कुमार गुरुङ्


जय आले, कुवेत

अन्तर्वार्ता:
कुवेतको नेपाली समाजमा बाल कुमार गुरुङ् (बालक) कुनै नौलो नाम होइन । बैदेशिक रोजगारिको सिलसिलामा सन् १९९१ को सेप्टेम्बरमा कुवेत आउनु भएका ४३ वर्षिय युवा, बाल कुमार गुरुङ् चाहेर पनि मेटाउनै नसकिने नाम हो कुवेतवासी नेपालीको मन मष्तिस्कबाट ।  पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

राष्ट्रसंघमा अहमदिनिजादले बोल्दा !


                                                                                                     इरानी राष्ट्रपति महम्मुद अहमदिनिजादले बिहीबार संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भइरहेको राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा अमेरिकासहित ३० राष्ट्रका प्रतिनिधि हल छोडेर बाहिर गए । अहमदिनिजादले पश्चिमा राष्ट्रलाई गाली गर्न थालेपछि अमेरिका तथा युरोपेली महासंघ राष्ट्रका प्रतिनिधि हल छोडेर बाहिरिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा नेपाली माथि धरपकड तिब्र


दक्षिण कोरियाको अध्यागमन विभागले यहाँ कार्यरत नेपालीहरु माथि जथाभाबी धरपकड गरेको छ । मंगलबार पनि सियोल दुङ दे मुन सहरबाट मनाङकी कान्छी गुरुङसहित तीन नेपाली महिला पक्राउ गरेको केही दिन नबित्दै अध्यागमन विभागले मंगलबार भिषा बाँकी रहेकालाईसमेत पक्राउ गरेको छ ।आनसान औद्योगिक क्षेत्रबाट चार महिना भिषा पढ्नेक्रम जारी राख्नुहोस्

भट्टराई सरकार संकटमा


काठमाडौं, आश्विन ११ – तराईका २२ जिल्लालाई अलग राज्यको घोषणा गर्ने रक्षामन्त्री शरतसिंह भण्डारीको अभिव्यक्ति र त्यसको प्रतिक्रियाले सरकार संकटमा परेको छ ।रक्षामन्त्रीको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी कांग्रेस, एमालेमात्र होइन प्रधानमन्त्री बाबुराम भट्टराईकै दल माओवादीका उपाध्यक्ष मोहन वैद्य समूहको कडा प्रतिक्रियाले सरकार संकटमा परेको छ । आफ्नै दलको ‘प्रभावशाली’ समूहले उनको भनाइ’bout प्रष्ट पार्न दबाब दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विदेशिने र बसाइँ सराइँ बढेका कारण वृद्धिदर घट्यो, काठमाडौँमा अनुमानभन्दा थोरै जनसंख्या


ज्ञान न्यौपाने, काठमाडौं, असोज ११- नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ। दस वर्षअघिको तुलनामा करिब ३४ लाख ७० हजार थपिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

आजबाट विधिवत रुपमा दशैं सुरु


११ असोज, काठमाडौँ । आज अश्विन शुक्लपक्ष प्रतिपदा अर्थात घटस्थापना । आजबाट नेपालीहरूको महान् चाड वडादशैं विधिवत् रूपमा सुरु भएको छ ।अधिकांश नेपालीले पञ्चाङ्ग निर्णायक समितिले शुभ मानेको बिहान १० बजेर २७ मिनेटको समयमा घरघरमा जमरा राखेर १५ दिन लामो दंशैंलाई स्वागत गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

वैद्य समूह रक्षामन्त्रीको राजीनामा माग्दै सडकमा उत्रने


११ असोज, काठमाडौँ । एकीकृत नेकपा माओवादीको मोहन वैद्य समूह रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामा माग गर्दै सडक आन्दोलनमा उत्रने भएको छ ।उक्त समूह निकट भातृ तथा भगिनी संगठनहरुको आज बिहान ललितपुरको कुपण्डोलमा बसेको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्