म बाबुरामजीको चस्मा लगाएर सधै हरियो देख्‍ने मान्छे हैन : कार्की


 टेकनारायण भट्टराई, पाल्पा, असोज १० – एकीकृत नेकपा माओवादी पोलिटब्युरो सदस्य राम कार्कीले अन्यत्र लोकतन्त्रको कुरा उठाउने माओवादी पार्टीमै लोकतन्त्रिक पद्धती कमजोर बनेको बताएका छन्। शान्ति प्रकृयामा आएयता माओवादी नेताहरुमा नैतिकताको संकट देखिँदै गएको उनले बताए।
 
दलभित्रको विवाद मिलाउन, विपक्षी पार्टीलाई रिझाएर शान्ति र संविधानको कार्यभार पूरा गर्न र अन्तर्रार्ष्ट्रिय समुदायको समर्थन प्राप्त गर्न वर्तमान सरकारलाई भारी पर्ने उनले ठोकुवा गरे। उनले आफू बाबुराम भट्टराईको पूर्णकालीन समर्थक र बिरोधी नभएको बताए।
‘माओवादी नेतृत्वले अन्यत्र लोकतन्त्र छर्दै हिड्ने पार्टीमा चाँही त्यहि नमान्ने?’ उनले भने, ‘माओवादीमा बहस चल्नु सर्वथा जायज छ, तर नेतृत्वले त्यसलाई सहि ढंगले हल गर्न सक्नु पर्छ।’ मंगलबार क्रान्तिकारी पत्रकार संघले तानसेनमा गरेको पत्रकार सम्मेलनमा कार्कीले सुरुमै आफू कुनै बिचार समूह वा गुटको भेटघाटमा नआएको प्रष्ट्याएका थिए। ‘देशभर चलेका गुटका बैठक र प्रशिक्षणकै शिलशिला जस्तो मेरो भ्रमण होइन, पोखराबाट आउँदा बाटो परेर यहाँ पसेको हुँ।’ पत्रकारलाई उनले आफू कुनै समूहलाई बोकेर हिडेको नबुझ्न आग्रह गरेका थिए।
आगामी असोज १३ गते हुने केन्द्रीय समिति बैठकमा साँचो विवाद टुंगिने उनले बताए। उनले साँचो बुझाउँदा कसैले रीस गर्न नपर्ने भन्दै लडाकुलाई अपमान गरिए त्यतिखेर पार्टी एकढिक्का भएर लड्न उत्रने बताए। ‘गाडी बेच्ने साँचो नदिने गर्न त भएन नि’, उनले भने।
उनले माओवादीका नेता मिल्दा दुनियाँले डाहा गर्नेगरी मिल्ने र रिसाउँदा भुकम्प जाने गरी झगडा गर्ने गरेको बताए। ‘हाम्रो पार्टी ठूलो र क्रान्तिकारी भएकाले जे गर्छ त्यसले ठूलै तरंग ल्याउँछ, साँचो विवाद नमूना हो,’ उनले भने।
पार्टी उपाध्यक्ष एवं वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईका निकट सहयोगी मानिएका कार्की पछिल्लो समयमा सरकारले आफूलाई वास्ता नगरेकोमा असन्तुष्ट छन्। उनले आशा गरेको राजनीतिक सल्लाहकारको पदमा प्रधानमन्त्री भट्टराईले देवेन्द्र पौडेललाई नियुक्त गरेकोमा उनी रुष्ट छन्। तर उनले आफू कसैलाई एकोहोरो समर्थन र विरोध गर्ने पक्षमा नरहेको बताए। ‘बाबुरामजीको चस्मा लगाएर सधै हरियो मात्रै देख्ने मान्छे म हैन। कसैको निर्शत समर्थन वा विरोध म बाट हुन सक्दैन,’ उनले भने ‘इस्यु बेस’ मा समर्थन र बिरोध त हुन्छ नै।

Posted by: Shiva Paudel

Source: Nagarik

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.