नेपालका सुपर स्टार गायक राजेश पायल राईको कुवेत आगमन


जय आले, कुवेत

स्थापनाकालको छोटो समयमै उल्लेख्य चर्चा कमाउन सफल, कुवेतमा कृयाशिल साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीलाई लक्षित गर्दै, आगामी ३० सेप्टेम्बर २०११ शुक्रवारका दिन, प्रस्तुत गर्न गईरहेको “लालीगुराँस पायल म्युजिकल शो” मा आफ्नो धमाकेदार प्रस्तुतिका साथ कुवेतवासी नेपालीहरुको मन जित्न प्रमुख अतिथि कलाकारको रुपमा नेपालका चर्चित पप/आधुनिक गायक राजेश पायल राईको आज बिहान ३.०० बजे फ्लाई दुबईको उडानबाट कुवेत आगमन भएको छ ।

कुवेत आगमनको अवसरमा राईलाई बिमानस्थलमा दोसल्ला ओढाई र पुष्पगुच्छा दिंदै भव्यरुपमा स्वागत गरिएको छ भने राईको स्वागतार्थ माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका अध्यक्ष धर्मराज गिरी, NRNA कुवेतका उपाध्यक्ष राज कुमार थापा, महासचिव सुजन के.सी, जन-प्रगतिशिल मञ्चका अध्यक्ष कुमार झापाली, जन-सम्पर्क समितिका अध्यक्ष राजु खड्का, मेनपावर एशोसियसनका अध्यक्ष बम पुलामी, मजदुर सँघका अध्यक्ष टेन्डुप शेर्पा, नेपालकुवेत साँस्कृतिक मञ्चकी उपाध्यक्ष प्रिती लामा, युएई एक्सचेन्जका प्रतिनिधि राम बस्नेत, आयोजक- लालीगुराँस परिवारका संरक्षक यादब श्रेष्ठ, सल्लाहाकार समिरत्न शाक्य, अध्यक्ष बि.बि मल्ल, उपाध्यक्ष राजेन्द्र बिरही, सचिब चन्दन लिम्बु, सह-सचिब डि.बी लोप्चन, सदस्य दिपक लिम्बु लगायत परिवारका अन्य सदस्यहरु एवं कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

आउँदो शुक्रवार राईले बिजया दशमी एवं दिपावलीको अवसरमा कुवेतवासी नेपालीहरुबीच शुभकामना सन्देश आदान-प्रदान गर्दै आफ्ना थुप्रै पप/आधुनिक गितहरु गाएर सबैको मन जित्ने छन भनें राईको साथमा आयोजक- लालीगुराँस परिवारका दुई दर्जन भन्दा बढी स्थानिय कलाकारहरुले समेत आ-आफ्नो प्रस्तुति दिई कुवेतवासी नेपालीलाई थप मनोरञ्जन दिलाउने छन । नेपाली संगित दुनियाँमा नम्वर वान बन्न सफल गायक राजेश पायल राईले “राई इज किंग” नामक नेपाली चलचित्रमा नायकको भूमिका समेत निर्वाह गरेका छन । आफ्ना बिभिन्न प्रस्तुतिसहित विश्वका कयौं मुलुकहरुको भ्रमण गरिसकेका राई यसभन्दा अघी दक्षिण कोरिया गएर फर्केका हुन भनें उनी प्रबासी नेपालीहरुको अनुरोधमा बिदेश भ्रमण गर्ने कलाकारहरुको अग्र-स्थानमा पर्दछन ।

कार्यक्रम हुनुभन्दा तीन दिन अगावै कुवेत आईपुगेका किङ् राईको खानपिन तथा बसोबासको व्यवस्था होटलमा नभई आयोजक- लालीगुराँस परिवारकै साथमा हुने श्रोतले बताएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.