आज ३२ औं विश्व पर्यटन दिवस


१० असोज, काठमाडौँ । आज सेप्टेम्बर २७ तारिख अर्थात ३२ औं विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटनलाई संस्कृतिसँग जोडौँ’ भन्ने रहेको छ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटन व्यवसायीले राजधानीमा बिहानै प्रभातफेरी निकालेका छन् । ठमेल पर्यटन परिषदको अगुवाइमा ठमेलबाट सुरु भएको प्रभातफेरी वसन्तपुरमा पुगेर समापन भएको थियो ।

दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय उडान मार्फत बिहान साढे ८ बजेदेखि साढे १२ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पर्यटकलाई नौमती बाजासहित फूलमाला र अबिरले स्वागत गरिएको छ । पोखरामा पनि व्यवसायीले पर्यटकलाई फूलमालाले सम्मान गरेका छन् । नेपाल भ्रमण वर्ष सन् २०११ जारी रहँदा दिवसका अवसरमा राजधानी, पोखरा, जोमसोमलगायतका पर्यटकीय स्थलहरुमा सांस्कृतिक कार्यक्रम र सडक महोत्सवजस्ता गतिविधि गरिँदै छन् । नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष सुरु भएयता करिब पाँच लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरिससकेको जनाएको छ । सरकारले पर्यटन वर्षभरिमा दश लाख विदेशी पर्यटकले नेपालको भ्रण गर्ने अपेक्षा गरेको छ ।

तर, व्यवसायीहरु भने पछिल्लो केही वर्षको तुलनामा यसवर्ष नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आएको बताउँछन् । पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रकिङ एजेन्सिज एशोसियसन अफ नेपाल, टानका पूर्वमहासचिव नवराज दाहालले गत वर्षको तुलनामा यस वर्ष अक्टोबर र सेप्टेम्बर महिनामा नेपाल आउने पर्यटकको संख्यामा गिरावट आएको बताउनुभयो । ‘सरकारले कुटनीतिक कामका लागि आउने विदेशी, खुला सिमानाका कारण भारतबाट प्रवेश गर्ने तथा तिब्बतबाट आउनेको संख्यासेमत जोडेर पाँच/सात लाख भन्न सक्छ’, अनलाइनखबरसँग कुरा गर्दै दाहालले भन्नुभयो, ‘खासमा डलर चर्ख गर्नकै लागी आएका पर्यटकको संख्या भने सरकारी तथ्याङ्क भन्दा ज्यादै कम छ ।’ सरकारले पर्यटन मैत्री वातावरणमा ध्यान नदिँदा पर्यटक आगमनमा निराशाजनक कमी आएको दाहालको भनाइ छ ।

Posted by: Shiva Paudel

Source: Nlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.