अ.ने.सा.स कोलोराडो च्याप्टरको ‘साहित्य संगम नियमित कबि गोष्ठी’ सफलतापूर्वक सम्पन्न


आचार्य प्रभा/ डेन्भर(कोलोराडो)

सेप्टेम्बर २६ । कोलोराडो च्याप्टरले नियमित संचालन गर्दै आईरहेको “साहित्य संगम” मासिक कार्यक्रम यो पटक (सेप्टेम्बर अंक) भने श्री समीर आचार्य तथा वहाँकी श्रीमती नुजु आचार्यको आतिथ्यमा वहाँहरुको निवासमा भब्यताकासाथ सम्पन्न भयो । श्री समीर आचार्यका बयोबृद्ध पिता श्री मोहन प्रसाद आचार्य ज्युले सबै आगन्तुकहरुलाई स्वागत गर्नुहुँदै लेखनाथ पौड्यालको कबिताबाट कबि गोष्ठीको श्री गणेश गर्नु भएको थियो ।

सदा झैं कबिगोष्ठीको संचालन कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्माबाट भएको थियो भने उक्त गोष्ठीमा आ-आफ्ना रचनाहरु पाठ गर्नुहुनेहरुमा बरीष्ठ गजलकार श्री मनु ब्राजाकी, अ.ने.सा.स केन्द्रिय अध्यक्ष श्री ज्ञानेन्द्र गदाल, कबयित्री चन्द्रकला नेवार, डा. बिजयराज शर्मा, प्रमिला शर्मा, बिजय देव अधीकारी, तारा अधीकारी, युवाकबि समुन्नत लामिछाने, सम्झना आचार्य, कृष्ण मुरारी ढुङेल, निर्मल प्याकुरेल, मीना पौडेल, शरद आचार्य, भुपेन्द्र महत, हरी अधीकारी, पदम विश्वकर्मा, बासुदेव खनाल, समीर आचार्य हुनुहुन्थ्यो । त्यस्तै गरेर रचना श्रवण गर्नेहरुमा नुजु आचार्य, बिनोद त्रिपाठी, सञ्जय श्रेष्ठ, राजिव श्रेष्ठ, श्रीमती शमा आचार्य, श्री मोहन मिश्र हुनुहुन्थ्यो ।

यसरी हरेक महिना संचालन हुने कबि गोष्ठीमा कोलोराडोबासीहरुले नेपाली साहित्यलाई माया गरेर हरेक लेखकहरुलाई प्रेरणा दिन आफुहरुले सक्दो सहयोग दिईरहेकोमा कोलोराडोबासी कबिहरु अझ उत्प्रेरित बन्दै गईरहेको सबै कबि मनहरुले महसुश गरिरहेका छन् । यसै क्रममा कबि गोष्ठी संचालन गर्न आफ्नो निवास उपलब्ध गराईदिनु हुने श्री समीर आचार्य तथा श्रीमती नुजु आचार्य प्रती अध्यक्ष पदम विश्वाकर्मा अनुग्रिहित बन्नु हुँदै २०६८ सालको बिजया दशमीको उपलक्षमा सबैलाई शुभकामना दिनुभएको थियो भने २९ अक्टोबर २०११ मा हुन लागेको १०२ औँ देवकोटा जयन्तीमा सबै साहित्यानुरागीहरुलाई सहभागी हुन हार्दिक आग्रह गर्नुभएको थियो ।

अब हुने नोभेम्बर महिनाको कबिगोष्ठी कबि भुपेन्द्र महतको निवासमा हुने खुलासा पनि अध्यक्ष ज्यूले गर्नु भएको थियो । यसरी सदा झैं यो पटकको गोष्ठी पनि सफलतापूर्वक सम्पन्न भयो । अरुबेला झैं कार्यक्रमका सम्पूर्ण तस्बिरहरु आफ्नो क्यामेरमा लिई दिनु भएर श्री शैलेस पोखरेल ज्यूले कार्यक्रमलाई सहयोग गर्नु भएको थियो ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.