विमानस्थलमा बेग्लाबेग्लै तनाव


केदार ओझा

काठमाडौं, आश्विन ९ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबार विभिन्न तीन घटनाले दिनभर तनावग्रस्त रह्यो । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि एउटै बाटो र रनवेको दूरी एक किलोमिटर टाढा पनि नरहेको विमानस्थलमा एकपछि अर्को घटना हुँदा दिनभर तनाव भएको हो । बिहान साढे सात बजे बुद्ध एयरवेजको जहाज र्फकने क्रममा दुर्घटना परेको समाचारले स्तब्ध भएको विमानस्थलको वातावरण पौने एघार बजे स्पाइसमा बमको हल्लाले आतंकित भएको थियो । बम नरहेको हल्ला यकिन भइसक्दा नसक्दै पुनः लुक्लाबाट फर्केको नेपाल एयरवेजको जहाज रनवेमै पन्चर हुँदा अर्को आपत आइलागेका थियो ।

यी तीनै घटनाक्रमसँगै अचानक अपराह्नपछि मौसममा आएको बदली र वर्षाका कारण जहाजहरूलाई काठमाडौंमा अवतरण हुन थप समस्या सिर्जना भएको थियो ।  अस्थायी रूपमा केही समयका लागि रनवे बन्द गरिँदा र मौसममा आएको परिवर्तनले दर्जनौं अन्तर्राष्ट्रिय उडानहरू काठमाडौं आइपुग्ने क्रममा फर्किन बाध्य भएका थिए । विमानस्थल स्रोतका अनुसार अधिकांश जहाजहरू केही समयका लागि काठमाडौंबाट नजिकै पर्ने भारतको लखनउस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । काठमाडौंमा उत्पन्न तनाव र मौसमका कारण लखनउ विमानस्थलमा पुगेका अधिकांश यात्रुहरू घन्टौं जहाजभित्रै बस्न बाध्य भएको यात्रुहरूले कान्तिपुरलाई बताएका छन् ।

काठमाडौंबाट नयाँदिल्ली उड्ने क्रममा रहेको स्पाइसको जहाज ढोका बन्द गरेर पौने ११ बजे उडानका लागि रनवेमा पुगेपछि फर्काएर ल्याइएको थियो । विमानस्थलस्थित सुरक्षा अधिकारीका अनुसार भिक्षुको भेष धारण गरेकी जोन मेरी थ्रेस नाम गरेकी अमेरिकन महिला यात्रुले नजिकै बसेका अन्य तीन महिला यात्रुहरूसँग गरेको कुराकानीका आधारमा बमको हल्ला चालक दलसमक्ष पुगेको थियो । हल्ला सुनेलगत्तै पार्किङ वे लगिएको जहाजबाट सबै यात्रुहरूलाई उतारी आईकाओको अन्तर्राष्ट्रिय प्रचलनअनुसार जाँच गरिएको थियो । बम रहेको ’bout निराधार हल्ला गर्ने अमेरिकन यात्रु थ्रेसलाई प्रहरीले दिनभर विमानस्थलमै नियन्त्रण राखी दिल्ली जानबाट रोकेको थियो । साँझ थप अनुसन्धानका लागि प्रहरीले थ्रेसलाई हनुमानढोका हिरासतमा राखेको छ । सुरक्षासम्बद्ध अधिकारीका अनुसार जहाजमा चढ्नुअघि पनि गेरु बस्त्रधारी ती अमेरिकन यात्रुले जाँचका क्रममा महिला सुरक्षाकर्मीलाई समेत आपत्तिजनक व्यवहार प्रदर्शन गरेकी थिइन् । सुरक्षा स्रोतका अनुसार प्रहरी नियन्त्रणमा रहेकी ती महिलाले भने बमका ’bout आफूले कसैलाई केही नभनेको बताएकी थिइन् ।

 सुरक्षाकर्मीले दिनभरि नै जहाजमा बम निष्त्रिmय बनाउने विशेषज्ञ व्यक्ति र तालिम प्राप्त कुकुरहरूद्वारा तलासी लिएका थिए । पौने ११ बजे पार्किङ वेमा ल्याएको उक्त स्पाइसको जेट एयरवेज जहाजमा कुनै खतरापूर्ण वस्तु नरहेको यकिन भएपछि यात्रु चढाउँदै गरेको स्पाइसको जहाज लुक्लाबाट फर्केको नेपाल एयरलाइन्सको जहाज रनवेमै रोकिँदा उड्नबाट पुनः वञ्चित भएको थियो । लुक्लाबाट खाली फर्केको नेपाल एयरलाइन्स जहाज रनवेमै पन्चर हुँदा जहाज र चालक दलका कसैलाई केही भएन तर रनवेमै रोकेर चक्का फेर्नुपरेका कारण उड्न लागेका र अवतरणका क्रममा रहेको जहाज प्रभावित भएका थिए ।

आकस्मिक अवतरण

प्यूठान- पोखराबाट डोल्पाका लागि उडेको माउन्टेन एयरको ९ एजेडइ हेलिकप्टर खराव मौसमका कारण गन्तव्यमा पुग्न नसकेपछि आइतबार साँझ ओखरकोटको अठार मुरे फाटमा आकस्मिक अवतरण गरेको छ ।

बिरामी लिन ३.३० बजे पोखराबाट उडेको हेलिकप्टर आधा घन्टापछि खोरकोटको फाँटमा आकस्मिक अवरतरण गर्नुपरेको चालकदललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । हेलिकप्टरमा चालक कुमार चालिसे, क्याप्टेन हीराबहादुर दाहाल, इन्जिनियर जितेन्द्र झाँक्री र गुल्मीका श्याम जिसी थिए । डोल्पामा फ्रान्सेली नागरिक नोयल भेरल लेक लागेर बिरामी परेपछि उनलाई लिन त्यता जान लागेको थियो ।

करिब आधा घन्टा रोकिएर मौसम सुधारपछि उडेको हेलिकप्टर सदरमुकाममा आइनसक्दै फेरि मौसममा खराबी आएपछि सदरमुकाममाथिको सेनाको टुकडी रहेको मल्लारानीमा अवतरण गरेको छ । पहिलोपटक अवतरण गरिएको ओखरकोट सदरमुकामबाट आठ कोस टाढा पर्छ ।

Posted by: Shiva Paudel

Source: ekantipur

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.