शिलाको बेदना (१)


इन्द्रेणी शर्मा “जलद”

कथा:
अनुप राजाले शिलाको वास्ताबिक कथा जान्दा जान्दै पनि कान्छी श्रीमतीको रुपमा अपनाए, जेठीबाट संतान नभएपछि जेठीकै अनुरोधमा अनुपले दोश्रो बिबाह गरेकोले समाजले कुरा काट्ने ठाऊ थिएन । उता शिलाकी आफ्नी आमाको उपचारको लागी भगवानको प्राथना गर्नु शिवाय शिलाको अर्को उपाय पनि त थिएन । उसको उमेर  २२/२३ बर्ष बितिसकेको छ, जीउडाल पनि ठुलो दारको भएकोले पाकी उमेरकी हुन पो लागी जस्तो देखिन्थ्यो । शिलाले बिबाह गर्दा आमाको उपचारमा बाधा पनि आउथ्यो, त्यसैले ऊ आमाकै मायाले गर्दा मनपर्ने युवकले राखेका प्रेम प्रस्ताव पनि अपनाउन सकिन, उ असीम बेदनामा रुमलियेकी थिई उसकी सहेली रुपासंग मनका कुरा बिसाउथी, रुपाको जीवन देखेर आफुलाई सम्झाउथी, एकदिन अचानक रोमिला दिदीसंग भेट भयो । धेरै कुरा भए उसलाई पनि आमाको पीर सम्झेर नाइनास्ती गर्न सकिन । आखिर शिलाले ठाउकोले स्वीकृती जनाई रोमिला दिदीले नै आखिर दुबैको बिबाह्को प्रस्ताब मिलाउने लमी बन्न पुगिन नाताले दुबैको परिवारलाई छुन्थ्यो पनि दुबैको हित सम्झेर बिबाह संपन्न पनि भयो । आमाको उपचार पनि अनुप राजाले आफै कुरुवा बसेर दिनरात खटीखटी निको बनाएरै आफ्नो घरमा लगे शिलाको भित्री मन पग्ल्यो, बल्ल उसको अनुहारमा केही दुर्लव मुस्कान खसेको थियो, आज किन हो अनुप घरबाट बाहिर निस्क्यो, राती मध्य रातमा बस्ती नै कोलाहाल बनेको थियो, कोही सुर बेसुरमा आफ्नो दुखेसो पोखेको थियो मेरो के कसूर छ हे इश्वर ? तेरो लागी के गरिन मैले ? हे भगवान् मलाई किन बच्चा नदेको ? मेरो यत्रो सम्पति के गर्ने ? खान्छु सक्छु कस्ले के गर्छ मलाई ? खाएं त खाएं मेरै खाएं, के को ठाउको दुखाउछ यो समाजले ?

उसलाई आफ्ना साथी संगिनीका हसीला जीवन शैली संझी मेरो कोख पनि दिदी को जस्तै त हुन्न ? उ आफैमा डराई, मन एक तमासले सोच्न बिवश बनी नारीको जीवनको यथार्थ आमा बन्नुको भाबुकतामा हराउन पुगी पनि संतानको चाहना हुन लाग्यो दोषी को हो संतान नहुनुमा कसैले पनि जाच गरेका भने थिएनन जब अनुपराजाको हालत देखि उसलाई आफैमा घृणा लाग्न थाल्यो हरे भगवन के पाप गरेकी रहेछु पूर्व जुनीमा ? मलाई किन जन्म दिनु भो भगवान्, म धनकी मालिक्नी हैन मनकी नारी हुन खोजेकी थिएं ममताकी जननी बनेर । कस्तो संसारमा नजरबन्द हुनुपर्यो ? ऊ रातभरि कौशीको कुनामा औशीको जिंदगी सम्झेर रोई रही रोई रही । एकछिन पछि सरला दिदी आएर सम्झाइन उनैसंग घोप्टो परीपरी बलिन्द्र धारा आँशु बगाउदै सोधी- दिदी नारीको जन्म हारेको कर्म भनेको यही रहेछ है, हजुरलाई पनि यस्तै भए होला नि शिला तिमीलाई के थाहा ? पुरुषको अत्याचारको कुनै सीमा हुदैन समाजले पुरुषलाई स्वार्थी मतलबी बनाएको छ जब एक नारीले आफ्नो  वास्ताबिक बेदना सुनाउने हो भने ऊ पटक पटक बलात्कारको पीड़ा घृणाको सूत्रधारको पात्रा बन्छे र समाजले तिरस्कार गर्छ ऊ आफ्नो बस्ती छाडेर आफ्नो अस्तित्व नै गुमाउछे यो समाजको कालो हेराई अझै हटेको छैन शिला म एक शिक्षिका हुदाको काहनी छ । जून म तिमीलाई समय मिलेमा अबश्य बताउनेछु जाऊ सुत उनको नजिक पनि नजानु किनकी यो बेला लोग्ने मानिस राक्षस बनेको हुन्छ बुझ्यौ ? रातभरि शिला सुत्नसकिन बिहानपख यसो आखा लागेका थिए भालेको डाकोले जगाइहाल्यो सरला दिदीको कुरोले ऊ झंन मर्माहत बनी आज गाउको बाटो निर्माणको बिषयमा बहस हुदै थियो । कालिका दिदी जून माइतीघर नजिककी हुनाले हिमचीम राम्रो थियो । आज जे जसरी भए पनि आफ्नो गुनासो पोख्नु पर्छ हेरून के भन्छिन ?

कालिका दिदी  नमस्ते
नमस्ते के छ तिम्रो खवर आमा बीते  पछि त एक पटक पनि दाई दिदीलाई भेट्न आइनौ त ?
के गर्नु दिदी कथा ब्यथा भनी साध्ये छैन  रात बिरात जाड खाएर राती पिटाई खानु दिन भरी रुनु बाहेक केही भएन दिदी दुखी बहिनीको कल्याण गर्नुस  पसीना बगाएर कुल्ली काम किन नगरोस चोखो मायाकी भोकी छु म दिदी, महलको पीड़ा पाएर त्यों मेरो चीत्कारलाइ कस्ले सुन्यो र ? म आफुलाई कायम राख्न सकिन दिदी म मृत्यु देखि सकें दिदी झुपडीकै बॉस निको लाग्यो जे छ त्यही खायो ।
हुन्छ
हेर केही समय पछि तिमीलाई तिम्रो चाहाना  बुझ्ने एक युवक आउने छ  ऊ तिमीलाई सहज
स्विकार्न सक्छ  हो ऊ लेखक पनि  हो
´´
´´हो
र दिदी ?      लेखक त भाबुक हुन्छन  नारीको मन जित्न सक्छन तर
´´
´´के भन्न खोजेकी शिला
?´´
अर्की नारीको बेदनामा हराए भने नि
?´´
तिमीले
यसो कुरो गर्यौ भने जीवन भरी बियोग र बेदना मात्र हुनेछन  हेर उसको यो पुस्तक
अनि बुझ  उसको जीवनका यथार्थहरु
´
उसले हेर्दै गई
आफ्नै कथाको बिषयमा देखि वास्ताबिक  र यथार्थ पाई जीवनको तितो अनुभव पनि संजोग थियो या भबित्ब्य? ऊ अचम्मसंग डराई के यो मेरो कथा हैन ?कसरी लेख्यो त्यों लेखकले ? पुस्तकका हरेक अनुच्छेदले  प्रभाबित हुदै गई  भाबुक आफै बनी कथा आफ्नै थियो  नारीको बेदना र गुनासो
पाना हेर्दै गई पढ्दै गई आखा ओभानो कत्ती थिएन
´´खै
मेरो गुनासो कस्ले सुन्छ र ? कालिका दिदी अब म यहाँ बस्न पनि गार्हो पो हुदैछ ,मेरो
लागी हजुरले एक मानिस खोजी दिनुस न कति यो जड्याहाको पिटाई खाएर बाचुं दिदी ?´´
´´शिला तिमी यो के भंदैछ्यौ ?´´
´´हो दिदी म यो मानिसको यातना खपेर कति रोएर
दिनरात काटूँ ?´´
´´आखिर तिमीलाई बेलैमा सम्झाएको थिएं मेरो कुरा
सुनिनौ´´
कालिका
दिदीको कुरा सुनेपछि शिला घर लागी  घर घर जस्तो लाग्दैन्थ्यो उसलाई
बाहिर पानी
बर्षी रहेको थियो  हेरी मध्य रातमा एक युवक आफ्नो नजिक आएर सोध्यो  हजूर  बॉस
पाइन्छ  म बिरामी पनि छु अनि भोको पनि
उसलाई
कालिका दिदीले भनेको याद आयो  सायद यही युवक त हैन ?ऊ आफैसंग सोधी जवाफ ,नाजवाफ
हुन्छ भयो उसलाई घोरियेर हेरी  ऊ सपनाको याद गरी हिजोराती देखेको युवक जस्तो हुबहु
लाग्यो  अचम्मित बनी  टोलाई राखी
के
हेर्नु भएको हजुरले ?के मलाई चिन्नू हुन्छ र ?म त मुसाफिर हुं हजुरको सेवा पाए
बाचुला नत्र….
नत्र
के भन्न खोज्नु भएको हजुरले ?´´
मेरो
शरीरमा रगतको मात्र कम भएकोले चक्कर लागेको छ भोको पेट ले आहार खोजेको छ जे छ ऑटो
पीठो  अरु दालभात चाहिन्न मलाई ,म भोजन चाहन्छु खाना होइन
शिलाको
आँखामा भावनाले जन्म लियो अबश्य ईनको सहयोग गर्ने पर्छ आफ्नो मनीब्यागबाट २०००
निकाली  भनिन यो हजुरको लागी हो मैले हजुरको अनुहार देखें पछि फर्केर आये सम्झेर
फ़िर्ता दिनु होला  हेर्दा बिस्वासी देखें मैले
हो र
हजूर म त हजुरले सोचे भन्दा अर्कै पनि त हुन सक्छु नि कदापि हुन सक्नु हुन्न  किनकी हजुरका भावभंगी देखि सकें मैले कुरा गर्दा गर्दै  खाना तैयार गरी बोलाई ल खानुस  अनि यो स्थानमा सुत्नु होला भंसाघरको बाहिरी  खाटमा बिस्तारा तैयार भयो हामीले जीवनका सारा कुरा सुनायौ कुनै बाकी राखेनौ पानी पोखिए जस्तै पोखियौं एक्को कथा अर्काको पूरक मानेर जीवनको मर्म खोज्यौं तर समाज  धर्म संस्कृति रुढीबादी संस्कारले हाम्रो सुन्दर मनमन्दिरमा पर्खाल लगाएको थियो  उनको आँखा को आँशु र मेरो कलमको मसिले नया संसार कोर्न खोज्दाखोज्दै निष्ठुरी मानिसले मेरो छातिमा गोली ताक्यो एक मानिसको अचानक आगमनले गोली उहिमानिसलाई लाग्यो  हामी बाल बाल पलपल मृत्यु बाट बचेर भूमिगत बन्यौ जीवनका कथा लेख्न थाले मैले  जीवनका  यथार्थ यस्तै हुदा रहेछन खै आज कुन संजोगमा कस्ती मायालु नारीको संसार देख्न पुगें म  के यी मेरो जीवनमा आएको खंडमा कति सुन्दर हुन्थ्यो जीवन  ?म राती भरी सोची रहें सोची रहें अनि लेखें एक अर्को कथा रात बित्दै थियो शिलाको रुवाई सुनें शायद लोग्नेको यातना  रुदै खपेकी होलिन मेरो मन रोही रह्यो कल्पना र यथार्थमा रुमलिदै लेखेको यो कथाले मलाई झंन ब्याकुल बनायो    «««« शिलाको नया जिंदगीले««««
जन्म भांसा बान्नापरी बागलुंग  धवलागिरी
प्रगतिनगर ,नवलपुर , नवलपरासी ,नेपाल
हाल संतोस लिस्बोन पोर्तुगल
२१-०९-२०११ ««११.०००«««
यस
कथाका पात्र  सबै काल्पनिक हुन अरुसंग मेल खान गएमा संजोग मात्र हुनेछ  ´´जलद
´´

शिलाको नया जिंदगी
´´ चेतन बाबू हजुरको कथा हेरें म हजूर बिना कदापि बाँच्न
सक्दिन    यो पापीलाई छोडेर जादै छु मेरो कल्याण गर्नुस  मेरो
भन्नु नै हजूर शिवाय कोही छैन

बाकीं ……….अर्को पटक

Posted by: Suresh Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.