लालीगुराँस साँस्कृतिक परिवारको रिहर्सल सकियो


ईन्द्र भूषाल, कुवेत

आगामी ३० सेप्टेम्बरमा गर्न लागेको लालीगुराँस साँस्कृतिक परिवारको तेस्रो प्रस्तुतीको तयारी लगभग पुरा भएको छ । हिजो मात्र आगामी कार्यक्रममा भाग लिने सम्पूर्ण कलाकारहरुले आफ्नो प्रस्तुतीको तयारी स्वरुप अन्तिम रिहर्सल कार्यक्रममा भाग लिए । नेपालका चर्चित कलाकार राजेश पायल राईको साथमा आफुहरुले आफ्नो गला र कला देखाउने मौका पाएकोमा स्थानिय कलाकारहरु पहिला भन्दा अझै जोसिलो र पूर्ण तयारीमा रहेकोले कार्यक्रम पूर्णरुपमा सफल हुने परिवारका उपाध्यक्ष राजेन्द्र बिरहीले बताउनु भएको छ भने उहाँ आफै पनि भर्खर बजारमा आएको चन्द्र दोहनीको चर्चित गीत नेपाली दर्शक सामु पस्कंदै हुनुहुन्छ । रिहर्सलको अन्तिम दिन कुवेतमा कृयासिल संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका अध्यक्ष धर्मराज गिरी, क्लब प्रमुख संरक्षक बालकुमार गुरुङ् लगायत साँस्कृतिक परिवारका सल्लाहाकरहरु, संरक्षक यादब श्रेष्ठ र शुभचिन्तकहरुको उपस्थिती रहेको थियो । रिहर्सल कार्यक्रममा कुवेतको नेपाली समाजमा पहिलो महिला उद्घोषिका एवं क्लब कार्यसमिति सदस्य सुश्री किरण आलेले आगामी कार्यक्रम बिगतको भन्दा प्रिथक किसिमको हुने र उद्घोषणको लागि साँस्कृतिक परिवारका संरक्षक यादव श्रेष्ठको प्रस्तुतिले अझै कार्यक्रमलाई रोचक बनाउने बताउँदै सबैलाई एकजुट भएर अगाडि बधन आग्रह गरिन ।

कुवेतमा कृयासिल नेपाली सँघ-संस्थामा प्रवासी नेपालीहरु आबद्द हुनु र संस्था छाडेर जानु पिउने पानी सरह भएको अवस्थामा लालीगुराँस साँस्कृतिक परिवारले फेरी एउटा प्रतिभा वाला कलाकार पाएको छ । सोम सुनार जसको प्रस्तुती हेरेपछी धर्मराज गिरी र बालकुमार गुरुङ लगायत उपस्थित सबैले उहाँको प्रशंसा गरेका थिए । माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सदस्य द्वय केशव भण्डारी र जिबन लिम्बुको धमाकेदार प्रस्तुतीले पनि कार्यक्रममा रौनक बढ्ने देखिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.