भ्रष्टाचारीलाई कीरा परोस अभियान’bout केही कुरा


रामकुमार श्रेष्ठ, UK

एउटा पक्ष भन्छ- “भ्रष्टाचारीलाई कीरा परोस” भन्नु मानबीय संबेदनाका दृष्‍टिकोणबाट अलि बढी भयो कि ? अर्को पक्ष भन्छ भ्रस्टाचारीहरुलाई नै “भ्रस्टाचारीलाई कीरा परोस” टीसर्ट पहिर्याउँदै कार्यक्रम गर्नुको के औचित्य, के उपादेयता? फेरि अर्को पक्ष भन्छ यत्ति भनेर मात्र कहाँ पुग्छ, निर्लज्जताको पराकास्ठा नाघेका यस्ताहरुलाई त सर्बस्व हरण सहित जेलमा कोच्नु पर्छ र श्रम शिबिरमा राखेरै भने पनि देश र जनतालाई यो हालतमा पुर्याउने यिनीहरुबाट देशको ऋण केही हदसम्म भने पनि चुक्ता गराइनु पर्छ । केही भन्छन बर्षौं अन्तरराष्ट्रिय सन्जाल फैलाएर ठूला ठूला आश्वासन र योजनाका कुरा गर्नेहरुले भन्दा छोटो समयमा केही गर्नेहरुमै पर्छ यो अभियान पनि । बिभाजित समाजमा हरेक कुराहरुमा यसरी फरक मत देखिनु  कुनै नौलो कुरा होइन र यस किसिमका बिभिन्न दृष्‍टिकोणहरुको आ-आफ्नै धेरै थोरै अर्थ र महत्व हुन सक्छन पनि । बिभिन्न रुप धारण गर्दै बिरोधका लागि बिरोध गर्नेले बिरोध गरिएका त्यस्ता कुरालाई शिक्षाको रुपमा लिन नसक्नु स्वाभाबिकै हो र पनि संकुचित घेराभित्र रहन नसक्ने र नजान्नेहरुको लागि भने रचनात्मक बिरोध मार्ग दर्शक पनि बन्न सक्छ । जे होस झट्ट हेर्दा अलि बढी भनियो कि जस्तो लागे तापनि यथार्थमा देश र जनतालाई यो हालतमा पुर्याउन र राज नेता जन्मिएर देशलाई एउटा नयाँ मोड दिन नसकिरहेको यो लथालिङ्गको बेला बिभिन्न राजनीतिक परि/घटना  मार्फत आएका नयाँ राजनीतिक नबागन्तुकहरुलाई बिस्तारै बिस्तारै आफ्नै कित्तामा ल्याउन सफल बिद्यमान भ्रस्टहरुको मजबुत माफियातन्त्रलाई निमिट्यान्न पार्ने काम त्यत्ति सहज नभएकोले अधिकांशको चाहनानुरुप यो माफियातन्त्रको जरो उखेल्नका लागि यो भनाइभन्दा धेरै बढी सशक्त कार्यबाहीहरु अगाडि बढाइनु पर्ने सन्दर्भमा देखा परेको यो अभियानले धेरै अर्थमा आफ्नै किसिमको महत्व राख्न सक्ने देखिने कुरामा भने सन्देह छैन । सबैले एक्कैचोटी परिणाम मात्रै खोज्ने, तर अगाडि पर्न नचाही खुसुखुसु कुरा अथवा बिरोध मात्रै गरेर एक्कैचोटी परिणामको भागीदार मात्रै बन्न खोज्नेहरुको बाहुल्यता भएको हामीकहाँ आखिर जे सकिन्छ त्यही गर्दै गएर त्यस्लाई परिमार्जन र सशक्त बनाउँदै अगाडि बढाउन रचनात्मक सुझाब नदिने र सहयोग नगर्ने हो भने आफू पनि केही नगर्ने र अरुको मात्रै बिरोधै गर्ने हाम्रा नेताहरु र हामीमा तात्विक फरक के त ?

परियोजनाहरु उदघाटन भएको केही दिनमा नै मरमत संभार गरिनु पर्ने, हुँदै नभएको काम भएको भनेर बजेट सकाइने जस्ता घटनाहरु र समाचारहरुको हामीकहाँ अभाब छैन । यी प्रत्यक्ष भ्रस्टाचारका उदाहरणका केही रुप हुन । यस्तै भ्रस्टाचारका कारण जीवन यापन धौ धौ हुने अथवा सामान्य जीवन यापन गरिनु पर्ने जागीरबाट नै कैयौं लखपति, करोडपति र अरबपति भएका कारण देश तहस नहस भएको छ र यो अधिकांश सीधा साधा र निमुखा सर्बसाधारणको जीवनलाई दिनानुदिन अत्यन्तै कस्टप्रद बनाउने काममा बिभिन्न तबरले जिम्मेवार भएको देखिन्छ । अनि अर्कोतिर त्यस किसिमका भ्रस्टहरुलाई कार्यबाही अगाडि बढाइंदा आफ्नो पार्टीसंग आबद्ध भएको कारण पार्टीको छबी जोगाउने नाममा कार्यबाही तुहाइएर भ्रस्टहरुको संरक्षण गरिएका उदाहरणहरुको पनि अभाब छैन हामीकहाँ । भ्रस्टाचारको अर्को डरलाग्दो पक्ष भनेको शक्तिको भरमा कमाउ हुने भनेर चिनिएका ठाउँहरुमा जान चाहनु अथवा आफ्नहरुलाई त्यस्ता ठाउँहरुमा पठाइनु र सरकार गठन क्रममा पार्टीहरु र ब्यक्तिहरुले बिशेष र आकर्षक मन्त्रालय ताक्ने संस्कार पनि हो जस्ले खुलेयाम भ्रस्टाचारलाई इंगित गर्छ । यसरी चुरोट चियादेखि लिएर मन्त्रालय छनौटसम्मका खुलेयाम भ्रस्टाचारहरु हामीकहाँ बिद्यमान छन, तर अफसोच जीवन निर्बाहकै प्रश्नका कारण चुरोट, चिया र दश बीस रुपयाँ लिने कार्यबाहीमा पर्छ भने प्रमाणको अभाबका नाममा लाखौं करोडौं भ्रस्टाचार गर्नेहरु भने कार्यबाहीमा पर्नुको अलावा बिभिन्न ठाउँमा सम्मानित हुने, भाषण र अन्तरबार्ता दिने कार्यमा नै ब्यस्त देखिन्छन र उनीहरुका त्यस्ता हरेक गतिबिधिहरुलाई वाध्यताबश हेर्न, पढन र सुन्न बिबस छौं हामी । यसरी प्रत्येक  नेपालीले भ्रस्टहरुलाई चिन्दा संबन्धित निकाय भने प्रमाणको अभाबका नाममा प्रमाण ढुकेर र खोजेर बस्न पर्ने बातावरण एकातिर देखिन्छ भने अर्कोतिर धेरैजसो अरुले केही गरिदेवस र त्यस्को प्रतिफलको भागीदार भने बन्न पाइयोस भन्ने अवस्थामा बस्नेहरुकै बाहुल्यता देखिन्छ हामीकहाँ । दिन दहाडै हुने ठूला ठूला भ्रस्टाचार समाचार बन्न छाडिसकेको छ भने एउटा न्यायाधिशले न्याय दिएको अथवा अख्तियारले भ्रस्टाचारीलाई कार्यबाही गर्दा अथवा कार्यबाहीको लागि प्रकृया अगाडि बढाइंदा समाचार बन्ने संस्कारको बिकास भएको अवस्थामा छौं हामी । यस्तो अवस्थामा देखा परेको “भ्रस्टाचारीलाई कीरा परोस अभियान” ले सिर्जना गरेका र गर्न सक्ने सकारात्मक पक्षहरुलाई श्रीन्खलाबद्ध तवरले अरु सशक्त र प्रभाबकारी कसरी बनाउँदै लैजान सकिन्छ भन्ने कुरामा यो ऊ नभनी नेपाली भएर छलफल अगाडि बढाउँदै लैजानु पर्ने देखिन्छ समस्याको गांभीर्यताका कारण ।

जब समस्याले जरो गाडेर जटील रुप धारण गर्छ त समस्या समाधान कार्य र प्रकृया पनि अत्यन्तै कठीन बन्दै जान्छ । बनाइने नियम कानून मात्रै समस्याको समाधान हुन सक्तैन भन्ने प्रमाणित भैसकेकोछ धेरै थोरै मात्रामा कानूनको खासै अभाब कहीं पनि नदेखिने भएकोले । त्यसमाथि आँफै बोक्सी आँफै धामी बन्ने हाम्रो जस्तो  देशको समस्या त झन जटील हुनु स्वाभाबिकै हो । समस्या समाधानको उपाय दुई तरीकाबाट हुन सक्छन: सर्ब पक्षीय ब्रिहत्तर जन सहभागिता मार्फत दबाब सिर्जना गरेर भ्रस्टाचारीहरुलाई निरुत्साहित पार्दै उनीहरुमाथि कढाभन्दा कढा कार्यबाही गर्नका लागि वाध्यात्मक परिस्थिति सिर्जना गर्ने पहिलो र दोस्रो जिम्मेवारीपूर्ण पदभार ग्रहण गर्ने आँफैले उदाहरण बनेर कढाइका साथ आफू मातहतका सबै निकायहरुमा आफूले अबलम्बन गरेको पथलाई अरुले पनि अबलम्बन गर्न वाध्यात्मक अवस्था सिर्जना गरिदिने । “फुटाऊ र शासन गर” नीति अन्तर्गत शक्तिका भरमा सबै किसिमका संभाबित संभाबनाहरु प्रयोग गरिने भएकोले पहिलो उपाय बिभिन्न मोड र उपायहरु पार गरेर पनि सफल नै हुन्छ भन्ने निस्चितता छैन भने दोस्रो उपाय संभब भएको खण्डमा तुलनात्मक रुपमा धेरै मात्रामा समस्या समाधान शीघ्र र सहज हुन सक्छ र पनि यस्ले पनि आफ्नै किसिमका समस्याहरुको सामना गर्न पर्ने हुन सक्छ । भ्रस्टाचार गरेर जीवन शैलीमा छलाङ मारिसकेकाहरु एकातिर कार्यबाहीमा परिने हो कि भन्ने एउटा त्रास त अर्कोतिर मारिसकेको छलाङले उल्टो गति लिने हो कि भन्ने अर्को त्रासका कारण जिम्मेवारीपूर्ण पदभार ग्रहण गरिरहेका र गरिसकेका भ्रस्टहरु त्यस्लाई निरुत्साहित बनाउने र तुहाउने खेलमा बिभिन्न रुपबाट आउन सक्ने संभाबना अत्यन्तै प्रबल रहन्छ आखिर बिरोधका लागि बिरोध गर्नुलाई नै राजनीतिको मूलाधार ठान्दाठान्दै देशको यो हबिगत बनाएकाहरुलाई देशलाई अरु बर्बादीको खाडलमा धकेल्दै दोष जति अरुको टाउकोमा थोपर्दै पानीमाथिको ओभानो देखाउन खोज्नु कुन आईतवारको कुरा भयो र ?

साहित्यकार, पत्रकार, बुद्धिजीबी र कलाकारहरुले देशको यस्तै अत्यन्तै दयनीय अवस्थाको बेलामा आ-आफ्नो बिशेष क्षमता प्रदर्शन गरेका छन आ-आफ्नो देश समस्यामा जकडिएको बेलामा सर्ब साधारणलाई जागरुक बनाउँदै देशलाई काया पलट गराउन । यी बर्गहरु स्वभाबैले तटस्थतापूर्बक सही कुरामा अगाडि बढन निर्भिक हुनै पर्छ किनकि यो नै उनीहरुको वास्तबिक चरित्र, स्वभाब र परिचयको रुपमा लिने गरिन्छ सामान्यतया । तर यी परिचयहरुले सार्थक रुप त्यस बेला मात्रै लिन्छ जब उनीहरु नि:स्वार्थी हुन्छन र बिना स्वार्थका मानिस मात्रै आबस्यक कुरामा निर्भिक रुपमा अगाडि बढन सक्छन । स्वार्थका पछाडि दगुर्नेहरु निर्भिक हुनै सक्तैनन । भूपी शेरचनले भन्नु भए जस्तै वरिपरि खरबारीमा आगलागी हुँदा समेत मस्तीसंग निदाउने अल्छीको पर्यायबाचीबाट आफूलाई मुक्ति दिलाउन देश र भाबी संततिलाई सर्बोपरी ठानेर खुला सोंचका साथ अगाडि नबढे आफ्नै सन्ततिको गाली खानबाट अब त यी बर्गहरु पनि नजोगिने हो कि त जस्ता कुराहरु समेत उठन थालिसकेका छन । किनकि नेताहरु र भ्रस्टाचारीहरुलाई मात्रै गाली गर्ने र दोष दिने, तर उनीहरुलाई सही ठाउँमा ल्याउन कस्ले कति आवाज उठायो र कति गर्‍यो त भन्ने प्रश्न गौढ यस अर्थमा पनि रहन सक्तैन कि जानाजान गलत बाटोमा हिंडनेहरु स्वत: स्फूर्त रुपमा सही बाटोमा सहजै आउँदैनन – त्यसमाथि चोर औंला संधै अरुतिरै देखाउन पारंगत भैसकेकाहरु नै स्वयं घोषित रुपमा आफूलाई देश बिकासको ठेकेदार भन्नेहरुकै जगजगी भएको यो अवस्थामा ?

देशको यस किसिमको अवस्थामा यस किसिमका समस्या समाधानका लागि सामान्यभन्दा सामान्य नै किन नहुन बढीभन्दा बढी छुट्टाछुट्टै होस या एकीकृत रुपमा कार्यक्रमहरु अगाडि बढाइंदा हरेकले समस्यालाई आ-आफ्नै किसिमले कम्जोर बनाउने कार्य गरिरहेका हुन्छन तात्कालिन र दीर्घ कालीन रुपमा । यहाँनेर बिचारणीय कुरो के पनि हो भने यो प्रश्न सामाजिक रुपान्तरणको प्रश्न हो र सामाजिक रुपान्तरण दुई जोड दुई चार जस्तो होइन । हरेक सानो घटनाले आशातित परिणाम अगाडि पछाडि हुन सक्छ, नयाँ नयाँ मोड दिन सक्छ । शक्ति हातमा लिएर बसेकाहरुले आ-आफ्नो प्रतिरक्षाको लागि संभाबित सबै उपायहरु अबलम्बन गर्न सक्छन । भ्रस्टाचारको माफियातन्त्रले जे जसरी जरो गाडेर बसेको छ यस्ले यो सत्तामा रहनेभन्दा बढी शक्तिशाली छ भन्ने पनि देखाइरहेको छ । किनकि यो माफियातन्त्रले बिभिन्न राजनीतिक परि/घटनाबाट आएका र ल्याइएका अधिकांश नबागन्तुकहरुलाई आफ्नै सन्जालभित्र ल्याउन सफल भैसकेको र भैरहेको देखिन्छ । अत: यस अभियानलाई रचनात्म्क सुझाबहरु दिएर यस्लाई अरु परिमार्जित र सशक्त बनाएर अथवा योभन्दा अरु प्रभाबकारी अन्य अभियानहरु सन्चालन गरेर देशको आवश्यकता र जनताको चाहना पुरा गर्ने बातावरण सिर्जना गर्न सकिन्छ । आखिर गल्ती र कम्जोरी कस्को हुँदैन र ? हाम्रो समाज, देश, र संपूर्ण विश्व हाम्रो आफ्नै सोंच र ब्यबहारको परिणाम भएकोले सर्बत्र देखा परेका बिकराल समस्याहरु निराकरणको जिम्मेवारी पनि हाम्रै हो र यो आ-आफ्नो पार्टी, जात, संम्प्रदाय आदिको संकुचित घेराबाट माथि नउठेसम्म संभब देखिन्न पनि । नकारात्मक कुराभित्र समेत सकारात्मक कुरा नखोजे हर कुराको अस्तित्व समाप्त प्राय: अवस्थामा पुगिसकेको बर्तमान परिबेशमा सकारात्मक कुराभित्र समेत नकारात्मक कुरा मात्रै खोज्ने हो भने परिणाम अरु भयाबह नभएर के होला त ?

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.