Daily Archives: 24/09/2011

भ्रष्टाचारीलाई कीरा परोस अभियान’bout केही कुरा


रामकुमार श्रेष्ठ, UK

एउटा पक्ष भन्छ- “भ्रष्टाचारीलाई कीरा परोस” भन्नु मानबीय संबेदनाका दृष्‍टिकोणबाट अलि बढी भयो कि ? अर्को पक्ष भन्छ भ्रस्टाचारीहरुलाई नै “भ्रस्टाचारीलाई कीरा परोस” टीसर्ट पहिर्याउँदै कार्यक्रम गर्नुको के औचित्य, के उपादेयता? फेरि अर्को पक्ष भन्छ यत्ति भनेर मात्र कहाँ पुग्छ, निर्लज्जताको पराकास्ठा नाघेका यस्ताहरुलाई त सर्बस्व हरण सहित जेलमा कोच्नु पर्छ र श्रम शिबिरमा राखेरै भने पनि देश र जनतालाई यो हालतमा पुर्याउने यिनीहरुबाट देशको ऋण केही हदसम्म भने पनि चुक्ता गराइनु पर्छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

शिलाको बेदना (१)


इन्द्रेणी शर्मा “जलद”

कथा:
अनुप राजाले शिलाको वास्ताबिक कथा जान्दा जान्दै पनि कान्छी श्रीमतीको रुपमा अपनाए, जेठीबाट संतान नभएपछि जेठीकै अनुरोधमा अनुपले दोश्रो बिबाह गरेकोले समाजले कुरा काट्ने ठाऊ थिएन । उता शिलाकी आफ्नी आमाको उपचारको लागी भगवानको प्राथना गर्नु शिवाय शिलाको अर्को उपाय पनि त थिएन । पढ्नेक्रम जारी राख्नुहोस्

लालीगुराँस साँस्कृतिक परिवारको रिहर्सल सकियो


ईन्द्र भूषाल, कुवेत

आगामी ३० सेप्टेम्बरमा गर्न लागेको लालीगुराँस साँस्कृतिक परिवारको तेस्रो प्रस्तुतीको तयारी लगभग पुरा भएको छ । हिजो मात्र आगामी कार्यक्रममा भाग लिने सम्पूर्ण कलाकारहरुले आफ्नो प्रस्तुतीको तयारी स्वरुप अन्तिम रिहर्सल कार्यक्रममा भाग लिए । नेपालका चर्चित कलाकार राजेश पायल राईको साथमा आफुहरुले आफ्नो गला र कला देखाउने मौका पाएकोमा स्थानिय कलाकारहरु पहिला भन्दा अझै जोसिलो र पूर्ण तयारीमा रहेकोले कार्यक्रम पूर्णरुपमा सफल हुने परिवारका उपाध्यक्ष राजेन्द्र बिरहीले बताउनु भएको छ पढ्नेक्रम जारी राख्नुहोस्

सम्पर्कमा महिलालाई बढी फन्टासी


फन्टासीको मामिलामा महिला र पुरुष एकअर्काभन्दा कम छैनन् । तर यौन प्रसंगमा दुवैको फन्टासीमा धेरै अन्तर आउँछ । एउटा अनुसन्धानअनुसार यौनक्रियाका बेला महिलाहरू बढी कल्पनाशील हुन्छन् । तर, पुरुषहरूको सन्दर्भमा यस्तो हुँदैन । अनुसन्धार्ताहरू के भन्छन् भने महिलाहरू यौनक्रियाका बेला यौनसम्बन्धी फन्टासीमा हराउँछन् । यसो गर्नाले उनीहरूलाई बढी सन्तुष्टि हासिल हुन्छ । साथै, महिलाको आफ्नो साथीप्रति झुकावसमेत बढ्छ । अनुसन्धाताहरूका अनुसार पुरुषका ’boutमा विपरीत तथ्य फेला पर्ने गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ओबामासँगको भेट


 

 

 

 

 

 

अमेरिकी राष्टपति बाराक ओबामा र मिसेलसँगको भेटमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उहाँकी श्रीमती हिसिला यमी । तस्वीर सैजन्यः प्रम निजी सचिवालय

आयशाले थपिन् स्वर्ण


काठमाडौ, आश्विन ७ – नेपाली स्टार आयशा शाक्यले अमेरिकी जाज्मिन पागुइरिगनलाई ९-२ ले हराएर पहिलो माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिपमा शुक्रबार स्वर्णपदक जितेकी छन् ।मलेसियाको वर्चस्व भएको प्रतियोगिताको दोस्रो दिन आशिष महर्जन, राम गिरी, ताराकुमार रायमाझी र प्रतीज्ञा भण्डारी भने फाइनलमा असफल भए । ‘एकपछि अर्को गर्दै नेपाली खेलाडी फाइनलमा हारे । दुःख लाग्यो,’ ४९-५३ केजीमा सफलता पाएकी आयशाले भनिन्, पढ्नेक्रम जारी राख्नुहोस्

साँचो बखेडा झिक्नुको औचित्य छैनः बोगटी


 ७ असोज, काठमाडौँ । उर्जामन्त्री एवं एकीकृत नेकपा माओवादीका सचिव पोष्टबहादुर बोगटीले उपाध्यक्ष मोहन वैद्य पक्षले साँचो विवादको बखेडा झिक्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । नुवाकोट-काठमाडौँ गणतान्त्रिक मञ्चले शनिबार राजधानीमा गरेको चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै बोगटीले वैद्यपक्षले भावनामा आएर साँचो विवाद चर्काएको बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

पर्वतका अपाङ्ग परिवारलाई सहयोग गरौं…


आदारणीय कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;

पर्वत जिल्लाको रानीपानी गा.वि.स.मा एकै परिवारका ५ जना वालिकाहरु अपाङ्ग अर्थात हिंड्डुल, कुनै कामकाज या अन्य कृयाकलापहरु गर्न नसक्ने अवस्थामा रहेका हुँदा र घरको आर्थिक अवस्था समेत अत्यन्तै दयनिय रहेको हुँदा उनिहरुको पालन पोषण एवं रेखदेखको निम्ती गरीब बाबु-आमाले बिभिन्न व्यक्तीबिशेष या सँघ-संस्थाहरुसँग सहयोगी हातहरुको लागि हारगुहार गरिरहेको अवस्थामा, पढ्नेक्रम जारी राख्नुहोस्