अमेरिकी राष्ट्रपति र राष्ट्रसंघका महासचिवसँग प्रधानमन्त्रीको भेट


काठमाडौँ, असोज ५ – प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रसंघका महासचिव बान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओवामा लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन्। गएराति महासचिव बानसँग भएको भेटमा मुलुकको शान्ति प्रक्रिया र संबिधान निर्माणमा भइरहेको प्रगति’bout छलफल भएको जानकारी प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले दिए।
सो अवसरमा बानको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले सबै दलबीच सहमति गरेर अंघि बढन आफूले प्रयास गरिरहेको बताएका थिए।

यस्तै अमेरिकी राष्ट्रपति ओबामासँग पनि प्रधानमन्त्री भट्टराईले छोटो कुराकानी गरेका छन्। ओबामाले दिएको रिसेप्सन पार्टीका क्रममा दुई देशका सरकार प्रमुखबीच नेपालको शान्ति प्रक्रियाका विषयमा कुरा भएको हो।

यस्तै प्रधानमन्त्री भट्टराई र श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्षसँग पनि भेटवार्ता भएको छ। सो अवसरमा लुम्बिनीको विकासमा सहकार्य गरेर अघि बढने’bout छलफल भएको थियो।

गएराति नै प्रधानमन्त्री भट्टराई र भुटानी प्रधानमन्त्री जिग्मे थिन्लेबीच पनि भेट भएको छ। सो अवसरमा नेपालमा रहेका भुटानी शरणार्थीको स्वदेश फिर्ती ’bout छलफल भएको छ। भेटमा प्रधानमन्त्री भट्टराईले शरणार्थी फिर्ता लैजान आग्रह गरेकोमा भुटानी प्रधानमन्त्री थिन्लेले पुनः प्रमाणिकरण गरेर आफ्ना नागरिक स्वदेश फर्काउन तयार रहेको बताएका थिए।

Posted by: Shiva Paudel

Source: Nagarik

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.