Daily Archives: 21/09/2011

प्रवासमा रमाउने स्वार्थी छोरो र दशैंमा रसाउने वृद्द आमा-बाबुका आँखाहरु


ईन्द्र भूषाल, कुवेत

दसैं आयो मेरी आमा, खुशी भए हुन्छ, टिकट पनि किने आमा, अब खुशी भए हुन्छ… नेपालीहरुको महान पर्व बिजया दशमी आउन अब २ हप्ता मात्र बाँकी छ । देशको राजनैतिक परिवेश, शान्ती र सुरक्षाको स्थिती जस्तोसुकै भएपनी नेपालीहरुले आफ्नो धार्मिक परम्परा अनुसार बिजया दशमी धुमधामका साथ मनाउने दिन अगाडि नजिकिंदै आउँदा चन्द्रमाले पनि आफ्नो आकारलाई फराकिलो बनाउदै लगेको देखिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकले जुरायो


शिव शर्मा कास्की,  पोखरा उपमहानगरपालिका-१३ कुडँहरका विश्वप्रकाश र प्रभादेवी सिग्देलका कान्छा छोरा कुशल सिग्देल लमजुङ करापुटारका अनन्तराज र जमुना घिमिरेका ज्वाइँ बनेका छन् । घिमिरे दम्पतीकी माइली छोरी सुनिता घिमिरेसँग प्रेम भएपछि  कुशलले यही भदौ १५ गते मागी विवाह गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

द्वन्द्वमा मारिएकाका परिवारलाई दशैं अघि नै राहतः प्रचण्ड


४ असोज, काठाडौँ । सरकारको नेतृत्वकर्ता दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वका क्रममा मारिएकाका परिवारलाई दशैं अवागै राहत उपलव्ध गराइसकिने बताउनुभएको छ । ३० औँ विश्व शान्ति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले द्वन्द्वकालमा राज्य तथा गैरराज्य पक्षबाट ज्यान गुमाएका पीडित परिवारलाई सरकारका तर्फबाट विशेष राहत उपलव्ध गराइने बताउनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

वीर अस्पतालको क्यान्टिन ‘सबैभन्दा फोहोर’


विष्णु पोखरेल/काठमाडौं, असोज ४ । खाने ठाउँ सफै छ, टेबुल पुछिएकै छन् तर भान्साको ढोका खुल्नेबित्तिकै ह्वास्स गनाउँछ । उफ्! शौचालयसँगै रहेको भान्सामा खानेकुरा भुइँभरि छरिएको छ । पकाउन ठिक पारिएको ममः, चाउमिन, तरकारी राखेको भाँडा गाईवस्तुको कुँडो पकाउन प्रयोग हुनेजस्तै छ । पढ्नेक्रम जारी राख्नुहोस्

देखियो कटरिनाको सबै चिज


बलिउड अभिनेत्री कटरीना कैफ यतिबेला आफ्नो आगामी फिल्म एक था टाइगरको सुटिङका क्रममा लण्डनमा छिन् र उनी निकै व्यस्त पनि छिन् । एक था टाइगरमा केटले छोटो स्कर्ट लगाएर साइकल चलाएको दृश्य देख्न पाइनेछ ।  तर यो दृश्य खिच्दाखेरी भने निकै बबाल भएको छ ।

हालै यही दृश्यको छायांकनका क्रममा कटरिनाको ढाकिनुपर्ने चिज देखिएको छ । निकै छोटो स्कर्ट लगाएर साइकल चलाएको अभिनय गर्दा अचानक साइकलबाट लडेपछि उनलाई यस्तो आपत परेको हो । साइकल चढेर सट दिने क्रममा केट साइकलबाट लडेकी थिइन्, पढ्नेक्रम जारी राख्नुहोस्