सल्लाहाकारहरुको एक दशकभन्दा लामो छहारी माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लबलाई अमुल्य सधैंभरी


ईन्द्र भूषाल, कुवेत

घनघस्याको उकालो भन्ने पाठ विद्यार्थी जीवनमा पढ्दा सुन्दै थकाई लाग्थ्यो । आफ्नो रमाईलो गाउँमा यातायात जानुभन्दा पहिला रापकोटको उकालो पसिनै पहिना भएर चढेको अनी स्वामीको चौतारीको सितल छहारीमा बस्न पाउँदा यत्तिकै आनन्द हुन्थ्यो भनें फेरी कहिल्यै यस्तो कष्ठकर यात्राको चाहना हुन्थेन । सजिलै भएपनी एक पटक गएको ठाउँमा फेरी जान नरुचाउने मनुष्यको आदत अनी एकपटक चढेको सगरमाथा फेरी नचढ्ने धेरै छन । सुख र खुशीको मात्र अनुभब लिन रुचाउने एक्काईसौं यो सताब्दीमा राम्रो चाहँदा पनि नराम्रो नतिजा देख्नु पर्ने परिवेश हुँदा पनी कहिल्यै हरेस नखानेलाई के भन्ने ?

कुवेतको नेपाली समाजमा सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको गठन कस्तो परिवेशमा भएको थियो ? शायद कसैलाई थाहा नहुन सक्छ । कमाई गरेर आफ्नो र परिवारको जीवन सुखी बनाउन प्रदेशमा होमिनु कुनै पनि नेपालीको लागि नौलो कुरा रहेन र सबै बिदेशिनुको प्रमुख उदेश्य पनि त्यही हो । यही उदेश्यबाट कुवेतमा आएको प्रबासी नेपालीको एउटा समुह जसले नेपालीहरुको खेलको रुची र लगाब देखेर प्रबासको जागिरे जिन्दगीमा पनि माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको गठन गरेको थियो । आज त्यही संस्था कुवेतको नेपाली समाजमा प्रबासी नेपालीहरुको दु:ख र सुखको साथी हुन सफल भएको छ । आफुले रोपेको बिरुवा ठुलो भएपछी फलेर फल खाँदा कस्तो आनन्द हुन्छ, आफै कल्पना गर्न सकिन्छ । आज त्यही भएको छ, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतको बर्तमानमा ।

क्लबका संस्थापक बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ् “जो आज NRNA कुवेतको समेत संस्थापक अध्यक्ष हुनुहुन्छ” एक दशकभन्दा पनि धेरै एक रुपले क्लबलाई छहारी दिनु भएको छ । खेलको दौडानमा हुने तितामिठा पलहरुलाई जिन्दगीको एउटा पाटो सम्झेर अहिलेसम्म नयाँ पुस्तासँगै रमाउनु भएको छ । आफ्नो पिताको सम्झनामा एम.बि बमजन गोल्ड कप स्थापना गरेर क्लबको शान र मान मात्र होईन आफ्नो जन्मदाताको सम्झना हरेक पल सम्झिने फराकिलो मन बनाउनु भएको छ । कुवेतको नेपाली समाजमा सदैब भिजेको ब्यक्तित्व माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको लागि जिवान्त अमुल्य रहनु हुनेछ । अझै पनि जोशिलो युवाले जस्तै आत्मबिश्वास जगाई दिनुहुन्छ उहाँ अनी के भन्ने उहाँलाई ? क्लवका संस्थापक उपाध्यक्षय जगत मगर बिगतका रमाईला पलसँगै राजेन्द्र दाईको सम्झना गर्नुहुन्छ हरेक कार्यक्रममा । उहाँसँगै मित्र सिंजाली अर्को नाम हो क्लबलाई दशक लामो छहारी दिनुभएको । हरेक ठाउँमा पुगेर क्लबको कार्यक्रमलाई हौसला बढाउने उहाँ अर्को अमुल्य नाम हो । हरेक ठाउँबाट क्लबलाई सहयोग गर्ने उहाँ अन्तर नेपाली भलिबल प्रतियोगितामा टुप्लुक्कै आउँदा हामी खुशीले गदगद भएका थियौं ।

भाई म शुक्रबार दिनको ३ बजे कुवेत आईपुग्छु र सिधै खेलमा आउनेछु… यो शब्दले भरिएको ईमेल पाउँदा मलाई सोंच्न बाध्य बनायो कि आखिर कती माया लाग्दो रहेछ, निस्वार्थ भावनाले खोलेको संस्थाको ? बालक गुरुङ् कुवैतको नेपाली समाजमा परिचित नाम जसले क्लबलाई लामो नेत्रित्व दिनुभयो र अहिले संस्थाको संरक्षक हुनुहुन्छ । कुवैत छाडेर नेपाल बसाईंमा गए पनी उहाँले दिनुभएको माया र ममताले फेरी भन्नुपर्छ उहाँको छहारिमा क्लब सदैव बलियो छ र रहनेछ । क्लबका हरेक गतिबिधीमा कुवैत हुँदा मात्र होइन कुवैत बाहिर हुँदा समेत गहिरो माया देखाउने उहाँको कार्यशैलीले क्लब बलियो मात्र भएको छैन कथं-कदाचित क्लबमा स्वार्थी भावनाले प्रबेश गर्नेलाई बलियो थप्पड पनि हानेको छ र शिक्षा पनि दिएको छ । एक दशक लामो उहाँको यो शितल छाँया क्लबले सधैं सम्झिने छ ।

बर्तमानमा क्लब सलाहाकारमा आवद्द हुनु भएका पुर्व सह-सचिब यादब श्रेष्ठ पनि अर्को चर्चित नाम हो जसले क्लबमा काम गरिसक्नु भएको छ भनें तमू समाजका उपाध्यक्ष खोप गुरुङ् जुन अहिले सल्लाहाकारमा हुनुहुन्छ उहाँबाट पनि यस्तै सुझाब, सल्लाह र शितल छहारिको आश गरेको छ क्लबले । क्लब गठन गर्दा संस्थापक कोषाध्यक्ष रहनु भएकी बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ्की धर्मपत्नी भाउजु गीता तामाङ् जो वर्तमानमा सल्लाहाकारमा हुनुहुन्छ, उहाँले गरेको माया र ममता सधैं सम्झनाको तरेलिमा रहनेछ । यसैगरी क्लवले आयोजना गर्ने हरेक खेलको दौडानमा बिगतदेखी सहयोग गर्दै आउनु भएका बर्तमान सल्लाहाकारहरु आश लोप्चन र कुमार श्रेष्ठसम्म क्लबले मायाको नजर र उचित किसिमको सल्लाह, सुझाव पाउने सदैव अपेक्षा गर्नेछ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.