मान्छे नडुब्ने अचम्मको मृत सागर “Dead Sea”


भिम गुरुङ्, कुवेत

सत्य घट्नामा आधारित जीबनको भौतिक अनुभव:
संयुक्त राष्ट्र सँघको आव्ह्वानमा जब म नेपाल आर्मिबाट UN Peace Keeping Force को लागि UNIFIL Lebanon मा गएको थिएं र कर्तव्य पालनाको क्रममा लेबनान र इजरायलका कयौं ठाउँहरु घुम्ने अवसर पाएं । सो क्रममा मान्छे नडुबाउने अचम्मको मृत सागर “Dead Sea” समुन्द्रमा पौडी खेल्ने मौका पनि पाएं । मृत सागरमा बिभिन्न मुलुकबाट आएका मानिसहरु “स्विम सुट” लगाएर अर्ध नग्न पहिरनमा सागरको बिचमा उत्तानो परेर पौडी खेल्दै गरेको देखिन्थ्यो, केही युगल जोडीहरु समुन्द्रको किनारामा रमाईरहेका हुन्थे भनें केही छेउछाउ र बिचतिर उत्तानो परेर आनन्द लिंदै गरेको प्रष्ट देखिन्थ्यो । तर अचम्मको कुरो, उनीहरु कसैको पनि हातगोडा चलेको देखिन्थेन । सबैको मुन्टो भनें केही ठाडो देखिन्थ्यो तर मान्छेहरु भनें पलाष्टिकको जर्किन जस्तो पानीमा तैरिई रहेका थिए । म लगायत रिफ्रेसन टुरमा गएका साथीहरु पनि अचम्मै परेर त्यो दृश्यावलोकन गर्‍यौ । किनकी, हामी भू-मध्य सागरमा पनि पौडी खेली सकेका थियौं र त्यहाँ त्यस्तो केही थिएन, मान्छेलाई डुबाउँथ्यो पानीमा ।

केहीछिन पश्चात अचम्म मान्दै हामी पनि पौडिको आनन्द लिन मृत सागरको गहिर्‍याईमा पस्यौं । अझ रहस्यको कुरो, पानीमा हिंड्दै गर्दा जब पानी काखिसम्म आउँछ तब पैतालाले आफै भुँईं छाड्दो रहेछ र बिस्तारै आफै उत्तानो परिंदो रहेछ । टाउकोलाई अलिकती ठाडो पारिदिएपछी आफुले केही गर्नै नपर्ने, पौडी खेल्नु नपर्ने, डुबिन्छ कि भनेर खियाउनु नपर्ने, हातगोडा चलाऊनै नपर्ने, बिना केही गरेर आफै समुन्द्रमा तैरिएर बसिंदो रहेछ, कस्तो अचम्म ? र यहाँ चर्मरोग सम्बधी बिरामीहरु पनि निको हुने विश्वासमा पौडी खेल्न आउने गर्दा रहेछन ।

आदरणीय पाठकवृन्द,
मृत सागर “Dead Sea” को ’boutमा मैले मेरो आफ्नो जीबनको भौतिक अबुभव मात्र नभई बिभिन्न श्रोत र साधनबाट समेत टिप्पणीहरु संकलन गरेर तपाईंहरु समक्ष पस्कने जमर्को गर्दैछु । “मेरो यस कार्यमा साथ दिनुहुने कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले’ज्यूलाई बिशेष धन्यवाद दिन चाहन्छु ।” यस बिषयको लेखमा कथं-कदाचित कुनै कमिकमजोरी वा छुट्फुट भएको पाईएमा सच्याएर लैजाने सुझाव दिनुहुन अनुरोध गर्दछु ।

मृत सागर (Dead Sea) को ’boutमा चर्चा:
मृत सागर (Dead Sea) भौगोलिक दृष्टिकोणले इजरायल र जोर्डनको सिमा बिचमा पर्दछ । यसको पुर्वमा जोर्डन र पश्चिममा इजरायल रहेको छ । यो सागरमा जोर्डन नदि र अन्य स-साना नदिहरु पनि आएर मिसिएका छन । यस सागरको लम्बाई ४८ माईल र चौडाई ३ देखी ११ माईलसम्मको आकारमा फैलिएको छ भनें उत्तरदेखी दक्षिणतर्फ लम्बिएर बसेको छ । यो मृत सागर सामुन्द्रिक सतहदेखी १२८० फिट तल गहिराईमा पर्दछ अर्थात होंचो भागमा पर्दछ । यसको औसत् गहिराई १३०० फिटसम्म छ । मृत सागरलाई संसारको सबैभन्दा नुनिलो पानीको भण्डार मानिन्छ, किनकी यहाँको पानीमा नुनको मात्रा २६ प्रतिशत भन्दा भढी छ भनें अन्य सागरको पानीमा नुनको मात्रा ३ देखी ६ प्रतिशत मात्र हुन्छ । वैज्ञानिकहरुको तथ्य अनुसार मृत सागरको पानीमा नुनको परिणाम ४ करोड टन भएको अनुमान गरिएको छ ।

मृत सागरको पानीको घनत्व साधारण पानीको तुलनामा १.१८ गुणा बढी छ । मृत सागर सदियौं देखी उत्सुकता र जिज्ञासाको पात्र बनेको छ, त्यसैले पनि यसका अलग-अलग मान्यता र अलग-अलग धारहरु प्रचलित भएका छन । प्राचिन हिब्रु भाषामा मृत सागरलाई “थाम हामेलेक” नामबाट सम्बोधन गरिएको छ । इसाई धर्मग्रन्थ बाईबल “पुस्तक जेनेसिस” को वर्णनमा प्राचिन कालमा ५ वटा ठुलठुला नगरलाई यो सागरले डुबाएर नष्ट भएका थिए जसका भग्नावशेष अरु समुन्द्र भित्र पनि छन भन्ने जनाईएको छ ।

ऐतिहासिक तथ्य अनुसार, इसाई धर्मावलम्वीका केही अनुयायीहरु यो सागरलाई पवित्र सागर मानी यहाँ स्नान गर्न आउँछन । तर, सागरमा भएको प्रशस्त लवण (घातक पदार्थ) को प्रभावले उनिहरुको मृत्यु हुन पुग्यो र जुन कारणले गर्दा नै यस सागरको नाम मृत सागर “Dead Sea” रहन गएको बताईएको छ । तर, यहुदीहरुले यसलाई “प्रशस्त लवणको समुन्द्र” नाम राखे । मृत सागरलाई धार्मिक महत्वको स्थान मानेर इसाईहरु आज पनि यहाँ स्नान गर्न आईरहन्छन ।

अनुमान गर्दा यो समुन्द्रमा कुनै पनि जिव, प्राणी, बनस्पती, खोले झार, लेउ, काई केही पनि नहुने, अन्य सागर या नदिहरुबाट आएका माछाहरु पनि यो सागरमा प्रवेश गर्नासाथ मरिहाल्ने र समुद्री पंछीको आहार हुने भएकोले यो समुन्द्रलाई “मृत सागर” भनी नामांकरण गरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । तर, अमेरिकी शोधकर्ता बैज्ञानिक डा. बाल्टरद्वारा यो समुन्द्रमा नुनिलो पानीमा बाँच्न सक्ने सुक्ष्म जिवाणु “हेलोबेक्टिरियम” भएको पत्ता लागेको छ । जुन जिवाणुले नुनिलो पानी पिएर सफा पानी निष्कासन गर्दछ ।

मृत सागरको पानीमा नुनको मात्रा मात्रै होइन, यहाँ पोटास, म्याग्नेसियम, क्लोराईड तथा अन्य खनिज र रासायनिक पदार्थ समेत भएको अनुमान गरिएको छ भनें इजरायली बैज्ञानिकहरुले यस भित्र तेलको खानि भएको प्रमाणित गरिसकेका छन । यस सागर मुनिबाट खनिज पदार्थ निकाल्ने उद्देश्यले यसको दक्षिण पश्चिम क्षेत्रको सेडम भन्ने स्थानमा इजरायलले एक आधुनिक संयन्त्र स्थापित पनि गरेको छ ।

मृत सागरमा नुहाउँदा:
मृत सागरमा नुहाएपछी मानिषका अनेकन रोगहरु सन्चो हुने गहिरो मानव विश्वास भएरै संसारभरका मानिषहरु यो समुन्द्रमा नुहाउन आउने गर्दछन । अर्को कुरो, मृत सागरमा नुहाउँदा शरीरमा साबुन लगाउनु हुँदैन, यदी लगाएमा मृत सागरको पानी र साबुनको रासायनिक प्रतिकृया भई शरीरै भरी चुईगम जस्तो पदार्थ लेसिन्छ, तर आत्तिनु पर्दैन । यदी त्यस्तो भएमा त्यहाँ पनि नेपालको जस्तो कालिमाटी पाईन्छ, सो माटोलाई शरीरमा दलेपछी लेसिएको सेतो चुईगम जस्तो पदार्थ फाट्दछ र सफा पानीको धारामा नुहाएपछी राम्रोसँग जाने गर्दछ । यस सागरको महिमा बेग्ला-बेग्लै भएकोले र खासगरी बिश्वभरका टुरिष्टहरुको सुविधालाई ध्यानमा राख्दै इजरायल सरकारले हर किसिमका भौतिक सुविधाहरु सामुन्द्रिक किनारामै उपलब्ध गराएको छ ।

मृत सागरको माटो:
बैज्ञानिकहरुले मृत सागरको समुन्द्री तटको माटोको परिक्षण (Soil Test) गर्दा सो माटोमा “बेरियम” नामक पदार्थको केही अंश भेटिएको र सोही बेरियमको असरले गर्दा नुहाउने मानिषहरुको धेरै किसिमको रोग निको भएको अनुमान समेत गरेका छन ।

अन्तमा: यदी तपाईं कोही पनि इजरायल जाँदै हुनुहुन्छ भनें एकपटक मृत सागर “Dead Sea” मा पौडी खेलेर र नुहाएर जीबनमा नौलो अनुभव अवश्य बटुल्नुहोस् ।

धन्यवाद ।

भिम बहादुर गुरुङ्
ठुलस्वाँरा, कालिका-७, कास्की – पोखरा
हाल: काउन्सिल अफ मिनिस्ट्री (S.D.F.C), कुवेत
सल्लाहाकार: तमू समाज, कुवेत

Posted by: Jay Ale

4 responses to “मान्छे नडुब्ने अचम्मको मृत सागर “Dead Sea”

  1. दाजु भिम सर्बप्रथम नमस्कार हजुरलाई । पुरै लेख अध्ययन गरे र धेरै बिषय हरु जान्ने अबसर दिनु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद । रास्ठ सेबक भएर संसार का धेरै ठाउँ मा पुग्नु भएकोमा हजुर प्रती गर्व गर्दछु । जीवन को दौडान मा आफुले देखेर भोगेका अरु बिषय हरु पनि हामी सँग बाड्नु होला । मिर्त समुन्द्र वास्तब मा अचम्म को रहेछ । हजुर को कलम बाट अरु पनि अनुभब लेखिदै जाउन मेरो शुभकामना ।
    उही भाई
    ईन्द्र भुसाल (अर्जुन )

  2. BhIm G namaskar sarai khushi lagyo.mero pani ghumai 2 patak bhayeko thiyo aaja ti dinharu feri yad aayo.39 Daffa ma and 48 daffama sohi thau ghumi telabeu,Jerusalam,Haifaa park,dead sea ghumi ati nai ramailo sanga bitaako din haru feri yaadma lyai dinu bhayo.dead sea ko yaad thanks

  3. Hi Bhim g,namskar,(Dead sea)ko bharema jankaridinu bhoyeko (muri)2 danebad ra feripani tapaiko kalamko gatiharu yasarinai chalun banuchahanchu,all the best ok Bhim g,,,

  4. bhim bro.good job keep it up

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.