अन्ना हजारेको समर्थनमा नांगो फिल्म


बलिउडकी नयाँ अभिनेत्री अमिषा यादवले आफ्नो आगामी फिल्म ‘करप्सन’ मा नग्न दृश्य दिएर सनसनी मच्चाएकी छिन् । अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट प्रेरित भएर बनाउन लागिएको फिल्म करप्सनमा अमिषाले मुख्य भूमिका निर्वाह गरेकी छिन् । यो फिल्मको विषय महिला केन्दि्रत भएको बताइएको छ , जहाँ गाउँकी एउटी त्यस्ती युवतीको कथा समावेश छ जो पुलिसबाट बलात्कृत हुन्छिन् ।कथावस्तु अनुसार यसरी प्रहरीबाट बलात्कृत भएकी युवती भ्रष्ट तन्त्रको विरुद्धमा आन्दोलनमा उत्रिन्छिन् र नग्न भएर आन्दोलन गर्छिन् । फिल्मका निर्देशक आर एस नाथका अनुसार यो फिल्मको सुटि मुम्बइ लगायतका लोकेशनमा गरिएको छ ।

हेरौँ चलचित्रले भनेजस्तै भूमिकामा अमिषाको निर्वस्त्र पोज सुहाउँछ की सुहाउँदैन । अर्थात् अन्ना हजारेको आन्दोलनमा अमिषाको नांगो रुपले सहयोग गर्छ की गर्दैन । जेहोस् आजकल बलिउडका नयाँ अभिनेत्रीहरुमा निर्वस्त्र पोज दिएर वा अर्धनग्न बनेर हिट हुने मात नै चढेको छ । पूनम पाण्डे देखि लिएर कविता राधेश्याम यस मेलोमा अगाडि लागेका छन् । मनिषा यादवले सायद उनीहरुकै बाटो पछ्याएकी होलिन् ।

Posted By:Narayan Nepal                                    Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.