Daily Archives: 20/09/2011

तमू समाज, कुवेतद्वारा आयोजना गरिएको चलचित्र ‘सपना होकी बिपना’ च्यारिटी सो ’bout अत्यन्तै जरुरी सूचना !!


आदरणीय प्रबासी नेपाली बुद्धीजिबी, समाजसेवी, दाजुभाई तथा दिदीबहिनीहरु;

तमू समाज, कुवेतद्वारा आयोजना गरिएको नेपाली चलचित्र “सपना होकी बिपना” च्यारिटी सो को ’bout नेपाली जन-समुदाय बिच ब्यापकताकासाथ प्रचार-प्रसार, टिकट बितरण भै रहेको अवस्थाको जानकारी गराउदै कार्यक्रमको यस अन्तिम घडीमा चलचित्र सपना होकी बिपनाको च्यारिटी सो कुवेतको प्रचलित कानून बमोजिम बिभिन्न कानूनी अड्चनहरु सिर्जना भएको कारण सो कार्यक्रमलाई सफलताको साथ सम्पन्न गराउन असमर्थ रहेकोले स्वत: रद्ध गरिएको जानकारी गराउदछौ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सल्लाहाकारहरुको एक दशकभन्दा लामो छहारी माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लबलाई अमुल्य सधैंभरी


ईन्द्र भूषाल, कुवेत

घनघस्याको उकालो भन्ने पाठ विद्यार्थी जीवनमा पढ्दा सुन्दै थकाई लाग्थ्यो । आफ्नो रमाईलो गाउँमा यातायात जानुभन्दा पहिला रापकोटको उकालो पसिनै पहिना भएर चढेको अनी स्वामीको चौतारीको सितल छहारीमा बस्न पाउँदा यत्तिकै आनन्द हुन्थ्यो भनें फेरी कहिल्यै यस्तो कष्ठकर यात्राको चाहना हुन्थेन । पढ्नेक्रम जारी राख्नुहोस्

मान्छे नडुब्ने अचम्मको मृत सागर “Dead Sea”


भिम गुरुङ्, कुवेत

सत्य घट्नामा आधारित जीबनको भौतिक अनुभव:
संयुक्त राष्ट्र सँघको आव्ह्वानमा जब म नेपाल आर्मिबाट UN Peace Keeping Force को लागि UNIFIL Lebanon मा गएको थिएं र कर्तव्य पालनाको क्रममा लेबनान र इजरायलका कयौं ठाउँहरु घुम्ने अवसर पाएं । सो क्रममा मान्छे नडुबाउने अचम्मको मृत सागर “Dead Sea” समुन्द्रमा पौडी खेल्ने मौका पनि पाएं । मृत सागरमा बिभिन्न मुलुकबाट आएका मानिसहरु “स्विम सुट” लगाएर अर्ध नग्न पहिरनमा सागरको बिचमा उत्तानो परेर पौडी खेल्दै गरेको देखिन्थ्यो, पढ्नेक्रम जारी राख्नुहोस्

युवा संघ कार्यकर्ता हत्या आरोपमा तरुण दलका सदस्य पक्राउ


 चाँदनी हमाल, चितवन,असोज ३- युवा संघका कार्यकर्ता संजय लामालाई गोली हानेको आरोपमा तरुण दल चितवनका सदस्य चन्द्रबहादुर लामालाई प्रहरीले नवलपरासीको एक गाउँबाट पक्राउ गरेको हो।  युवा संघ नेकपा एमालेको र तरुण दल नेपाली कांग्रेसको भ्रातृ संगठन हो। पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिका पुगेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईका ६ दिने कार्यतालिका


प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई  ६ दिन अमेरिकामा अत्यत्नै व्यस्त रहने छन् । संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा भाग लिन सोमबार दिउसो अमेरिका आएदेखि उनको कार्यतालिका कस्तो रहेको छ त ? कस्ता कस्ता कार्यक्रममा प्रधानमन्त्रीले भाग लिनेछन् ? यसै सम्बन्धमा तयार पारिएको खास सामाग्री । पढ्नेक्रम जारी राख्नुहोस्

अन्ना हजारेको समर्थनमा नांगो फिल्म


बलिउडकी नयाँ अभिनेत्री अमिषा यादवले आफ्नो आगामी फिल्म ‘करप्सन’ मा नग्न दृश्य दिएर सनसनी मच्चाएकी छिन् । अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट प्रेरित भएर बनाउन लागिएको फिल्म करप्सनमा अमिषाले मुख्य भूमिका निर्वाह गरेकी छिन् । यो फिल्मको विषय महिला केन्दि्रत भएको बताइएको छ , जहाँ गाउँकी एउटी त्यस्ती युवतीको कथा समावेश छ जो पुलिसबाट बलात्कृत हुन्छिन् ।कथावस्तु अनुसार यसरी प्रहरीबाट बलात्कृत भएकी युवती भ्रष्ट तन्त्रको विरुद्धमा आन्दोलनमा उत्रिन्छिन् र नग्न भएर आन्दोलन गर्छिन् । फिल्मका निर्देशक आर एस नाथका अनुसार यो फिल्मको सुटि मुम्बइ लगायतका लोकेशनमा गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्