१९९० पछिको ठूलो भूकम्प (फोटो फिचरसहित)


– आइतबार ६.८ रेक्टर स्केलको भूकम्प, वि.सं. १९९० मा ८.४ र ०४५ मा ६.६ रेक्टर स्केलको भूकम्प
– आइतबारको भूकम्पले पाँचजनाको मृत्यु भएको पुष्टि, काठमाडौंमा ६१ घाइते
– उपत्यकामा २० र पूर्वका सबैजसो जिल्लामा सरदर एक दर्जन घर भत्किए
– राष्ट्रपति भवन चर्कियो, धनकुटामा जमिन भासिँदा कोसी राजमार्ग अवरुद्ध
– मन्त्रिपरिषद्को बैठक, तत्काल रातह वितरण गर्न स्थानीय प्रशासनलाई निर्देशन

१. संसद् बैठक चलिरहेका वेला भूकम्प आएपछि हतारिँदै बाहिरिएका सभासद्हरू मोबाइलबाट आफन्तजनको हालचाल बुझ्दै, देशभरि एकैपटक धेरैले फोन गरेपछि करिब एक घन्टा नेटवर्क जाम भयो
२. लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किँदा मोटरसाइकलमा गुडिरहेका बाबु-छोरीको तत्कालै मृत्यु भयो, उनीहरूको शव मनमोहन अस्पतालमा, पर्खालले कार पनि थिचिँदा थप दुई घाइते भएका छन्
३. मोटरसाइकल र कार थिचेको बेलायती दूतावासको पर्खाल पन्छाउँदै सैनिक
४. भूकम्प आएपछि ज्यान जोगाउन भागेका कलंकीका मोहन खत्री पाटन अस्पतालमा

जब भूकम्प आयो…
राष्ट्रपति डा. रामवरण यादव शीतलनिवासमा भारतीय जनता पार्टीका नेता विजय जोलीसँग भेटघाटमा थिए । भेटघाट सकेर राष्ट्रपतिसँग फोटो खिचाउँदै गर्दा भूइँचालो आयो । बिजुली पनि गयो । राष्ट्रपति खाली खुट्टा थिए । यही अवस्थामै छोरी अनुले डोर्‍याएर उनलाई बाहिर चौरमा ल्याइन् । भागदौड गर्दै उनका सुरक्षा सहयोगी पनि बाहिर निस्किए । राष्ट्रपतिको अघिपछि गर्दै उनका भारतीय पाहुना पनि बाहिर आइसकेका थिए । बाहिर आएपछि राष्ट्रपतिले आफन्तसँग भने, ‘यो भवन (राष्ट्रपतिनिवास) विक्रम सम्बत १९९० को भूकम्पले भत्किएको हो । अब यहाँभित्र पक्का भवन आवश्यक छ, खतरा छ ।’ आइतबारको भूकम्पले राष्ट्रपतिनिवास चर्किएको छ ।

– आर्थिक वर्ष २०६७/०६८ को बजेट पारित गर्न बोलाइएको संसद्को बैठक सकिएको थिएन, अचानक सभासद्को भागाभाग चल्यो । तर, सभामुख भन्न थाले, माननीय सदयस्यहरू बस्नोस् । सभामुख सभासद्तर्फ हेर्दै फेरि पनि भन्दै थिए, ‘माननीय सदस्यहरू… ।’ अचानक उनको आँखामाथिको बत्तीमा पुग्यो । बत्ती पूरै हल्लिएको देखेपछि उनी पनि हतासिए । उनको कुर्सी र अगाडिको टेबुल पनि थरर्र कामिरेहेको थियो । एकजना मर्यादापालक आएर सभामुखको कुर्सी थाम्न थाले । यहीबीच सभामुख भन्दै थिए, ‘माननीय सदस्यहरू, यो बैठक १५ मिनेटका लागि स्थगित हुन्छ ।’ तर, त्यतिन्जेल उनका सबैजसो ‘माननीय सदस्य’ भवनबाहिर आइसकेका थिए ।

– राजधानीको वसन्तपुरमा राष्ट्रिय चलचित्र दिवसका अवसरमा दीप प्रज्जवल भइरहेको थियो । एक्कासि मन्दिरका घन्टी आफैँ बज्न थाले । यो सिनेमाका सुटिङ थिएन, त्यसैले आयोजकले नै भन्न थाले, ‘भूकम्प आयो ।’ साततले भवनको सिँढीमा दीप प्रज्वलन भइरहेको थियो, भवन भत्कियो भने के होला ? सबैले यही सोचे, तत्कालै भागाभाग भयो । एकले अर्कालाई उछिनेर दौड्ने क्रममा धकेलाधकेल भयो । बीचमा थिए निर्माता/निर्देशक आकाश अधिकारी पनि । बीचमा लडेर उनको खुट्टा भाँच्चियो, शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ ।

– केन्द्रीय कारागार सुन्धारा असाध्यै पुरानो भवनमा भएकाले सानो भूकम्पले पनि भत्किन सक्छ भनेर पटक-पटक चेतावनी आउँछ । चेतावनीले डराएका कैदीहरू आइतबार साँझ भूकम्प आएपछि साँच्चै डराए । भूकम्प आएपछि कैदीहरूबीच कोलाहल मच्चियो, कोठाभित्र भएकाहरू बाहिर चौरमा भाग्न थाले । दुईजना छतमा थिए, ज्यान बचाउन उनीहरू हामफाले । सुरज गुप्ताको छाती भूइँमा बजारियो, संजीव थिङको हात भाँच्चियो । दुवैजनाको उपचार वीर अस्पतालमा भइरहेको छ ।

– धापासी निवासी पार्वती कट्टेल एकतले घरको छतमा बसिरहेकी थिइन्, त्यहीवेला भूकम्प आयो । उनी सम्हालिन खोज्दै थिइन्, तर भूकम्पको झट्काले उनलाई हुत्यायो र भूइँमा पछार्‍यो । ढाड र खुट्टामा चोट लागेपछि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उनको उपचार भइरहेको छ । शिक्षण अस्पताल मात्र होइन, काठमाडौंका सबैजसो अस्पतालका आकस्मिक कक्ष यस्तै घाइतेले भरिएका छन् । धेरैजसो शय्यामा दुईजना घाइते छन् ।

– भूकम्पको आकस्मिक झट्काले शारीरिक मात्र होइन, मानसिक क्षति पुर्‍याउने चिकित्सकहरू बताउँछन् । मानसिक क्षतिलाई ‘न्युरोजेनिक सट’ भनिन्छ । आइतबारको भूकम्पले शारीरिकभन्दा मानसिक रूपले क्षति पुगेका यस्ता धेरै बिरामी अस्पताल भर्ना भएका छन् । शिक्षण अस्पतालका चिकित्सक डा. दीपेन्द्र पाठक भन्छन्, ‘भूकम्पका कारण हामीकहाँ भर्ना आठमध्ये पाँचजना न्युरोजेनिक सटका पीडित छन् ।

– हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभूकम्पलाई लिइन्छ । आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भूकम्पमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । त्यस्तै ५ भदौ २०४५ को बिहान उदयपुर केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए ।

– राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जमिनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ । प्राविधिकहरू यी टुक्रालाई ‘टेक्टोनिक प्लेट’ भन्छन् । यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो एस्थेनोस्फेएरमा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन् । यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजिक आएर ठोक्किन्छन् । यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ । केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ । यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भूकम्प जान्छ ।

– राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सबै ठाउँमा जाँदैन । टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भूकम्प जाने गर्छ । यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन् । जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ । त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भूकम्प गइरहन्छन् ।

करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ । उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन । इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ ।

१९९० पछिको ठूलो भूकम्प:
काठमाडौं, १ असोज । नेपालमा आइतबार बेलुका वि.स. १९९० सालपछिको सबैभन्दा ठूलो भूकम्प गएको छ । ताप्लेजुङ र सिक्किमको सिमानामा केन्द्रविन्दु रहेको भूकम्प ६ दशमलव आठ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२ माघ १९९० मा संखुवासभाको चैनपुर केन्द्र भएर गएको भूकम्प आठ दशमलव चार रेक्टर स्केलको थियो । त्यस्तै ५ भदौ २०४५ मा उदयपुर केन्द्र भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । आइतबारको भूकम्प २०४५ सालको भन्दा शून्य दशमलव दुई रेक्टर स्केलले ठूलो भए पनि मानवीय क्षति भने त्योभन्दा कम भएको छ । आइतबारको भूकम्पबाट मुलुकभर पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ भने एक सयभन्दा बढी घाइते छन् । जबकि २०४५ मा योभन्दा सानो भूकम्पबाट सात सय २१ जनाको ज्यान गएको थियो ।

‘०४५ सालमा बिहान ४ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो र धेरै मानिस सुतेको वेला भएर धेरै क्षति भएको थियो,’ भूकम्पविद् एवं एनसेटका कार्यकारी निर्देशक आमोदमणि दीक्षितले आइतबार नयाँ पत्रिकासँग भने, ‘यसपालि सबै जागा भएको वेला भूकम्प गएकाले मानवीय क्षति कम देखिएको हो, अझै सबैतिरको विस्तृत विवरण आउन बाँकी नै छ ।’ उनले मानवीय र भौतिक क्षति बढेर जाने सम्भावना रहेको बताए ।

खानी तथा भू-गर्भ विभाग मातहतको राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बेलुकीको ६ बजेर २५ मिनेट जाँदा भूकम्प गएको पुष्टि गरेको छ । केन्द्रले भूकम्पको कम्पन झन्डै एक मिनेटसम्म महसुस भएको जनाएको छ । ‘ताप्लेजुङ र सिक्किमको सिमाना केन्द्र विन्दु गरेर ६ दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको छ,’ केन्द्रका प्रमुख सोमनाथ सापकोटाले आइतबार बेलुका नयाँ पत्रिकालाई भने, ‘यो मझौला किसिमको भूकम्प हो, त्यसैले झन्डै एक मिनेट मात्रै कम्पन भयो ।’

केन्द्रका अनुसार आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भूकम्पलाई ठूला भूकम्प र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भूकम्पलाई मझौला भूकम्प भनिन्छ । त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भूकम्पलाई साना भूकम्प भनिन्छ । चार रेक्टर स्केलभन्दा साना भूकम्पबाट जमिन नहल्लने र विशेष प्रकारका उपकरणले मात्रै तिनीहरूको कम्पन पत्ता लगाउने केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्र र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल -एनसेट)ले केही दिनअघि नेपालको जमिनमुनि कम्तीमा आठ रेक्टर स्केलबराबरको भूकम्पको शक्ति सञ्चय भएकाले जुनसुकै वेला ठूलो भूकम्प जानसक्ने खतरा औँल्याएको थियो । नेपालमा हरेक ७० देखि एक सय वर्षको अन्तरालमा भूकम्प जाने गरेको इतिहास छ ।

भूकम्पविद् एवं एनसेटका कार्यकारी निर्देशक दीक्षितले आइतबारको भूकम्प मझौला भएको बताउँदै १९९० सालको जत्रो भूकम्प गएमा देशभर करिब दुई लाख मानिस मर्ने, त्यत्तिकै संख्यामा घाइते हुने र करिब १५ लाख मानिस घरबारविहीन हुनसक्ने खतरा औँल्याएका छन् । उनले काठमाडौंको घरहरूको संरचना बलियो नभएका कारण १९९० सालको जत्रो भूकम्प आएमा यहाँका ६० प्रतिशत घर भत्किने बताए ।

आइतबारको भूकम्पको ठूलो चर्चा भए पनि यो वर्ष नेपालमा गएको यो २४औँ भूकम्प हो । सन् २०११ मा यसअघि २३ ओटा साना र थाहै नपाइएका भूकम्प गएका छन् । तर, प्राविधिकहरूका अनुसार यी २३ भूकम्प साना भएकाले यन्त्रले मात्र थाहा पाए पनि सर्वसाधारणले थाहा पाएनन् । त्यसो त भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइन्छ । असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५ सालमा ठूला भूकम्प गएको इतिहास छ ।

भौतिक योजना तथा निर्माण मन्त्रालय मातहतको सहरी विकास तथा भवन निर्माण विभागले गत आर्थिक वर्षमा गरेको सरकारी भवनको अध्ययनले काठमाडौं उपत्यकाका केन्द्रीय र विभाग स्तरका सबै सरकारी भवन भूकम्पको उच्च जोखिममा रहेको देखाएको थियो । जसमा राष्ट्रपतिनिवास, प्रधानमन्त्रीनिवास, सिंहदरबार, हरिहरभवनको मन्त्री क्वाटर, चारखाल अड्डा, हनुमानढोका, पाटन र भक्तपुर दरबार, दैलेख दरबार, पाल्पा दरबार, अछामको मंगलसेन दरबार र जनकपुरको राम मन्दिरसँगैको गुठी उच्च जोखिममा रहेको पाइएको थियो ।

दुई साताअघि मात्रै अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले भूकम्प आएमा जोगिने ठाउँको छनोट गरेको थियो । जसमा काठमाडौंमा चोभारको हिमाल सिमेन्ट, बालाजुको बालाजु औद्योगिक क्षेत्र, टेकुको नेसनल ट्रेडिङ लिमिटेड, त्रिपुरेश्वरको दशरथ रंगशाला, प्रदर्शनीमार्गको भृकुटीमण्डप र नेपाल डान्स हाउस, काठमाडौं प्लाजाको नेसनल एकेडेमी, पुतलीसडकको पद्मकन्या क्याम्पस, थापाथलीको नेपाल खाद्य संस्थान र नेपाल ट्रली बस कार्यालयपरिसर गरी १० स्थान मुख्य सुरक्षित छन् । त्यस्तै, ललितपुरमा सातदोबाटोको पाटन औद्योगिक क्षेत्र, नख्खुको खाद्य संस्थान, पाटनढोकाको पाटन कलेज, पुल्चोकको पुल्चोक इन्जिनियरिङ कलेज, सातदोबाटोको अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स, जावलाखेलको स्टाफ कलेज र हरिहरभवनको साझा यातायात बस टर्मिनल गरी सात ठाउँ मुख्य छन् ।

काठमाडौंका मुख्य १० र ललितपुरका मुख्य सात गरी १७ मुख्य सुरक्षित स्थान र तिनका आसपासका साना-ठूला क्षेत्रलाई समेटेर ६४ स्थानलाई भूकम्प आएमा जोगिन उपयुक्त स्थान छनोट गरिएको आइओएमले जनाएको छ । उपयुक्तमध्ये टुँडिखेल, एयरपोर्ट आसपास, गल्फ स्पट, पशुपति क्षेत्र, बागमती किनार, त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरलगायतको क्षेत्रसमेत समावेश गरिएको छ । यसबाहेक भक्तपुरमा २० सुरक्षित स्थान छनोट गरिए पनि तिनीहरू कुन-कुन हुन् भन्ने खुलाइएको छैन ।

भूकम्पको आकस्मिक झट्काले शारीरिक मात्र होइन, मानसिक क्षति पुर्‍याउने चिकित्सकहरू बताउँछन् । मानसिक क्षतिलाई ‘न्युरोजेनिक सट’ भनिन्छ । आइतबारको भूकम्पले शारीरिकभन्दा मानसिक रूपले क्षति पुगेका यस्ता धेरै बिरामी अस्पताल भर्ना भएका छन् । शिक्षण अस्पतालका चिकित्सक डा. दीपेन्द्र पाठक भन्छन्, ‘भूकम्पका कारण हामीकहाँ भर्ना आठमध्ये पाँचजना न्युरोजेनिक सटका पीडित छन् ।’

हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभूकम्पलाई लिइन्छ । आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भूकम्पमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । त्यस्तै ५ भदौ २०४५ को बिहान उदयपुर केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जमिनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ । प्राविधिकहरू यी टुक्रालाई ‘टेक्टोनिक प्लेट’ भन्छन् । यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो एस्थेनोस्फेएरमा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन् । यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजिक आएर ठोक्किन्छन् । यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ । केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ । यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भूकम्प जान्छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सबै ठाउँमा जाँदैन । टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भूकम्प जाने गर्छ । यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन् । जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ । त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भूकम्प गइरहन्छन् ।

करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ । उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन । इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ ।

उपत्यकामा खासगरी मानिस नबस्ने गरेका घरहरू धेरै भत्किएका छन् । भूकम्पबाट उच्च जोखिम मानिएका असन, इन्द्रचोक तथा ललितपुर र भक्तपुरका पुराना घरहरू भने भत्किएका छैनन् । भूकम्प आएलगत्तै असनमा कोलाहल र भागदौड मच्चिएको थियो । ‘असन र इन्द्रचोकमा धेरै क्षति भयो होला भनेर हामीले त्यहाँ तत्काल धेरै प्रहरी परिचालन गरेका थियौँ,’ एसएसपी नेपालले भने, ‘तर ती ठाउँमा कुनै क्षति भएको रहेनछ ।’

यसैबीच, भूकम्पबाट दोलखाको काब्रे गाविस-९ कालथोकमा उद्धव भट्टराईको र ओराङ-१ मा अम्बरबहादुर ठकुरीको घर भत्किएको छ । जिरी-१ मा मानबहादुर कार्कीलगायत आसपासका चारवटा घर पनि भत्कने अवस्थामा पुगेको स्थानीय तेन्जिङ शेर्पाले जानकारी दिए । कार्की परिवार छिमेकीको घरमा शरण लिएर बसेका छन् ।

त्यस्तै, भूकम्पका कारण धरान-धनकुटाखण्डको मालबासेस्थित भोजपुरे घुम्तीमा पहिरो आएकाले कोसी राजमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि धनकुटा आउँदै गरेका र धरान जाँदै गरेका दर्जनौँ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । पहिरो हटाउन भेडेटारबाट प्रहरी टोली खटिएको छ । तर, राति अबेरसम्म पनि यातायात सुचारु हुन सकेको छैन ।

यसैबीच भूकम्पका कारण धनकुटा बजार, जीतपुर, लेगुवा, मारेकटहरे, भीरगाउँलगायतका गाविसका केही घर चर्किएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।

पछिल्लो १८ वर्षमा कति गए साना भूकम्प ? 

साल भूकम्पको संख्या: १९९४ – १०, १९९५ – १२, १९९६ – ९, १९९७ – १९, १९९८ – १२, १९९९ – ९, २००० – १०, २००१ – १५, २००२ – १७, २००३ – १९, २००४ – २१, २००५ – २२, २००६ – १०, २००७ – २३, २००८ – २४, २००९ – १८, २०१० – १९, २०११ (अहिलेसम्म) २४

फिल्म जस्तै लाग्यो: आकाश अधिकारी, निर्देशक/नायक

वसन्तपुरमा राष्ट्रिय चलचित्र दिवस मनाउँदै थियौँ । डबलीमा भर्खरै दीप प्रज्ज्वल गरेका थियौँ । एक्कासि मन्दिरमा घन्टीहरू हल्लिन थाले । अचम्ममा परियो, तत्कालै भूकम्प आएको थाहा भयो । मन्दिरको सिँढीमा बसिरहेका थियौँ । त्यो साततले पुरानो मन्दिर दिमागमा घुम्न थाल्यो, तत्कालै हामफालेँ अन्य साथीहरू पनि हामफाले । तल भूइँमा म लड्न पुगेँ । अन्य दुई साथी ममाथि लडे । उनीहरूको थिचाइले मेरो खुट्टा असाध्यै दुख्यो । साथीहरू मिलेर मलाई अस्पताल ल्याएका हुन् ।

आफू फिल्म खेल्ने मान्छे, मलाई त यो घटना नै फिल्म जस्तो लाग्यो । अहिलेसम्म मैले भूकम्पको यस्तो असर महसुस गरेको थिइनँ ।

Posted By: Jay Ale

Source: Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.