लालीगुराँस साँस्कृतिक परिवारको सांगितिक कार्यक्रम नजिकिंदै, आगामी शुक्रबार अन्तिम रिहर्सल


ईन्द्र भूषाल, कुवेत

कुवेतको नेपाली समाजमा बिगत एक सालभन्दा अगाडिदेखी आफ्नो नेपाली संस्कृतीलाई जोगाउने र बिभिन्न कारणबश बिदेशिन वाध्य भएका कलाकारहरुलाई आफ्नो खुबी देखाउन स्थान दिने उदेश्यले गठन भएको संस्था लालीगुराँस साँस्कृतिक परिवारको तेस्रो सांगितिक प्रस्तुती नेपालका सुपर स्टार गायक राजेश पायल राईको प्रमुख प्रस्तुतीमा गर्ने र जसको तयारी धुमधामका साथ चलिरहेको समाचार प्राप्त भएको छ ।

आगामी ३० सेप्टेम्बर २०११ शुक्रबारका दिन मालियाको होटल एसिया-एसियामा हुन गईरहेको कार्यक्रममा नेपालबाट अतिथी कलाकार राजेश पायल राई यहि २७ तारिखमा कुवेत आउँदै हुनुहुन्छ भनें स्थानिय कलाकारहरु पनि आफ्नो धमकेदार प्रस्तुतीको लागि निकै कडा परिश्रम गरिरहेको परिवारका उपाध्यक्ष एवं चर्चित लोक गायक राजेन्द्र बिरहीले जानकारी दिनु भएको छ ।

कलाकार रिना शाक्य, मनिता रसाइली, रेनु परीयार, रिना मगर, आसिका नेङ्वाङ, बबिता गुरुङ्, किरण मल्ल र सोम सुनुवार आफ्नो प्रस्तुतीको लागि तम्तयार रहेका छन भनें गायकहरु राजेन्द्र बिरही, बि.बि मल्ल, डि.बी लोप्चन, सागर राई, चन्दन लिम्बु, देव लिम्बु र मनोज काफ्ले आ-आफ्नो तयारीमा रहेका छन । नेपालीहरुको महान पर्व बिजया दशमीको उपलक्षमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा उल्लेख्य नेपालीहरुको उपस्थिती हुने कुरामा आयोजक दुक्क छ भने नेपालका चर्चित  कलाकार राजेश पायल राईको आगमन र प्रस्तुतीले कार्यक्रम झनै झकास हुनेमा केही संगित प्रेमी नेपाली दर्शकहरुले पुर्व अनुमान गरेका छन ।

कुवेतको नेपाली समाजमा पहिलो महिला उद्घोषिका किरण आले पनि आफ्नो धमाकेदार उद्घोषणको लागि हरेक हप्ता हुने रिहर्सल कार्यक्रममा सहभागी भईरहेकी छिन भनें संस्थाका संरक्षक एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सल्लाहाकार यादव श्रेष्ठ पनि नव-उद्घोषकको रुपमा उदाउनु हुने पक्कापक्की भएको जानकारीमा आएको छ ।

यसैगरी गायक राजेश पायल राई यही सेप्टेम्बरको २७ तारिखमा कुवेत आउनु हुने भएकोले वहाँको स्वागतको लागि बिमानस्थल जान सबै संस्थाहरुलाई लालीगुराँस परिवारले अनुरोध गरेको छ । राई २७ तारिख बिहानको ३.०० बजे फ्लाई दुबई मार्फत कुवेत आउनु हुने संस्थाका अध्यक्ष बि.बि मल्ल ठकुरीले जानकारी दिनुभयो ।

One response to “लालीगुराँस साँस्कृतिक परिवारको सांगितिक कार्यक्रम नजिकिंदै, आगामी शुक्रबार अन्तिम रिहर्सल

  1. best of luck yadavji.really, iam waiting for that moments.thanks

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.