सुपर स्टार गायक राजेश पायल राई २७ सेप्टेम्बरमा कुवेत आउँदै


जय आले, कुवेत

आम नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीलाई लक्षित गरी लालीगुराँस साँस्कृतिक परिवारले आगामी ३० सेप्टेम्बर २०११ शुक्रवारका दिन, कुवेतको एसिया-एसिया होटलमा आयोजना गर्न गईरहेको बृहत लालीगुराँस पायल साँस्कृतिक कार्यक्रममा नेपालदेखी अतिथि कलाकारको रुपमा नेपालका सुपर स्टार गायक राजेश पायल राईको २७ सेप्टेम्बर २०११ मंगलबारको दिन, फ्लाई दुबई मार्फत बिहानको समयमा कुवेत आगमन हुँदैछ ।

स्टेज कार्यक्रमका बादशाह राजेश पायल राई भर्खरै मात्र दक्षिण ‎कोरियाको साँकृतिक कार्यक्रमबाट नेपाल फिर्नु भएको छ भनें हाल वहाँ दर्शन नमस्ते नामक नेपाली चलचित्र तथा राई ईज ‎किंगको छायांकनमा व्यस्त हुनुहुन्छ । १३ वर्षको कलिलो उमेरमै रेडियो नेपालको स्वर परिक्षणमा उत्कृष्ट स्थान पास गर्नु भएका राई आजभोलि अत्यन्तै व्यस्त जीबन जिउनु भएको जानकारी प्राप्त भएको छ ।

३० सेप्टेम्बरको कार्यक्रममा राईले सम्पूर्ण कुवेतवासी नेपालीहरुसँग विजया दशमीको शुभकामना आदान-प्रदान गर्ने साईत जुरेको मान्नुहुन्छ । शुभकामना आदान-प्रदानकै क्रममा लालीगुराँस साँस्कृतिक परिवारका करिब २ दर्जन होनाहार कलाकारहरुले समेत गायक ‎राजेश पायलसँग आ-आफ्नो जोड्दार प्रस्तुती प्रस्तुत गर्नेछन भनें प्रवासमा रहेर पनि नेपालका एक चर्चित कलाकारसँग कार्यक्रम गर्ने अवसर पाउँदा परिवारका सबै सदस्य एवं कलाकारहरु गौरवान्वित छन् ।

लालीगुराँस श्रोतकानुसार, कार्यक्रम अतिथि कलाकार ‎राजेश पायल राईको साथमा गायनतर्फ: कुवेतकी स्वर किन्नरी रत्ना बराल, कुवेतवासी नेपालीको मनको ढुकढुकी ‎जसले यसै साल आफ्नो आधुनिक एल्बम ‘बचन’ बजारमा ल्याउन तल्लिन छन “गायक चन्दन लिम्बु”, निकट ‎भबिष्यमा लोक दोहोरी एल्बम बजारमा ल्याउने तरखरमा जुटेका गायकद्वय बि.बि मल्ल तथा डी.बी लोप्चन, हालै आफ्नो लोक दोहोरी एल्बम दर्शक माँझ पस्केका गायकद्वय राजेन्द्र बिरही तथा मनोज मनसुन, “म त मर्छु क्यारे”बाट सबैको ‎मुटुमा सजिन सफल गमिला स्वरका धनि देव लिम्बु तथा पप तथा आधुनिक गायक सागर राई र नबोदित ‎गायनमा गायक मनोज तामाङ् र रामु राईले साथ दिनुहुनेछ भनें नृत्यतर्फ: नृत्यांगना मनिता रसाइली, बबिता गुरुङ्, ‎रिना शाक्य, पवित्रा लिम्बु, रेनु परियार, कुशल लिम्बु, नव-प्रतिभामा सुश्री जेनिशा धिमाल, किरण मल्ल, हरि राई, ‎अतिथि नृत्य कलाकारमा केशव भण्डारी, जीवन लिम्बु, बिजय लिम्बु, हाँस्यव्यंगमा सोम सुनार, युबराज घिमिरे(धुर्मुस), धन बहादुर गुरुङ्, बाल कलाकारमा सुश्री सुरुची थापा रहेकी छिन । यस्तै, सोम सुनार रसाइली २०५४ सालदेखि ‎कलाकारितामा लागेर नेपालमा आँगन नृत्य प्रतियोगितामा प्रथम भएका हाँस्य कलाकार हुन भने ‎संगीतको धुनमा स्टेज छम्क्याउने बालकलाकार सुरुची थापाको पाउजुको छम्कारसँगै दर्शकहरु झुम्ने अनुमान गरिएको छ ।

लालीगुराँस ‎सांस्कृतिक परिवारलाई हर क्षेत्रबाट सहयोग, सल्लाह दिंदै र परिवारका हर कलाकारलाई प्रोत्साहन दिंदै अगाडी बढ्न प्रेरित गर्नुहुने संथाका संरक्षक यादव श्रेष्ट र वरिष्ट सल्लाहाकार समिरत्न शाक्य लगायत सम्पूर्ण लालीगुराँस परिवारले “पायल साँस्कृतिक” कार्यक्रमलाई सफल पार्न कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, बुद्धिजिवी, पत्रकार, समाजसेवी एवं समस्त संगितप्रेमी दर्शकहरुलाई हार्दिक अनुरोध गरेको छ भनें लालीगुराँसको उक्त कार्यक्रमलाई युएई एक्सेंज(हिमाल रेमिट), कन्ट्रयाक हाउस, गल्फ मार्ट, फ्लाई दुबई लगायतले प्रायोजन गरेका छन । यसैगरी, नेपालकुवेत डटकम(कोशेली पत्रिका) तथा कुवेतनेपाल डटकमले मिडिया पार्टनरको भूमिका निर्वाह गरेका छन । प्रचार-प्रसार तथा टिकट बिक्रीको लागी ‎UAE Exchange कुवेतले कुवेतस्थित आफ्ना हरेक शाखाबाट बिशेष सहुलियतमा टिकट वितरण शुरु गरेको छ भनें साथमा आकर्षण ‎पुरस्कारको व्यबस्था पनि एक्सचेंजले गर्ने जनाएको छ ।

यसका साथै, आयोजकले सिट सिमित रहेको जानकारी गराउँदै आफ्नो सिट बेलैमा सुरक्षित गर्नुहुन र कार्यक्रमको दिन समयमै कार्यक्रम हल पुग्न सबैलाई अनुरोध गर्दै र कार्यक्रम हलको क्षमतालाई मध्यनजर गर्दै ‎सदाझैं हलबाहिर टिकट बिक्रि वितरण नहुने जनाएको छ ।

पुनश्च:
टिकटको मूल्य – ४ कुवेती दिनार, टिकट UAE Exchange का कुवेतस्थित हरेक साखाहरुमा उपलब्ध भएको र आयोजक समितिबाट पनि प्राप्त गर्न सकिने थप जानकारी गराईन्छ ।

Related News…

लालीगुराँस साँस्कृतिक परिवारको सांगितिक कार्यक्रम नजिकिंदै, आगामी शुक्रबार अन्तिम रिहर्सल

लालीगुराँस साँस्कृतिक परिवारले सदस्यता विस्तारको अभियान चाल्यो

लालीगुराँस साँस्कृतिक परिवारको तयारी जोड्तोडले हुँदै, राजेश पायल राईको प्रस्तुती हेर्न कुवेतवासी नेपाली प्रतिक्षारत

नेपाली चाडपर्वहरु नजिकिंदै, कुवेतको नेपाली समाज पनि ब्यस्त हुन थाल्यो

लालीगुराँस साँस्कृतिक परिवारले तेस्रो प्रस्तुती स्वरुप “दशैं-तिहार विशेष” साँस्कृतिक कार्यक्रम गर्ने

लालीगुराँस साँस्कृतिक परिवारले “दशैं विशेष” साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.