शक्तिशाली भूकम्पबाट काठमाडौं र धरानमा ५ जनाको मृत्यु


६ दशमलव ८ रिक्टर स्केलको भूकम्प:

“भूकम्पको धक्काको स्तर देखाउने तस्वीरः अमेरिकी भूगर्भ विभाग”
फलोअपः १ असोज, काठमाडौं । आइतबार साँझ काठमाडौंसहित देशका विभिन्न स्थानमा गएको शक्तिलशाली भूकम्पमा परि काठमाण्डौंमा ३ र सुनसरीको धरानमा दुई गरि ५ जनाको मृत्यु भएको छ । साँझ ६ बजेर २५ मिनेट ४८ सेकेण्डमा ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको भूगर्भ तथा खानी विभागले जनाएको छ ।

काठमाडौं प्रहरीका अनुसार बेलायती दूताबासको पर्खाल भत्किएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भुम्लिचोक ६ गोर्खाका ३६ बषिर्य साजन श्रेष्ठ र उनकी ८ बषिर्या छोरी अनिसा श्रेष्ठ र सिन्धुली मरिनखोलाका करिव १९/२० बर्षिय बीरबहादुर माझी रहेका छन । यसैगरि सुनसरीको धरानमा घर भत्किएर बिमल परियार र सन्तोष परियारको ज्यान गएको छ ।

भूकम्प आएपछि भागदौड गर्दा काठमाण्डौंमा दर्जनौंको संख्यामा घाइते भएका छन् । मनमोहन अस्पतालमा रमेश गुरुङ, रितिका तामाङ र सविरा घिमिरेको उपचार भइरहेको छ भने वीरु अस्पताल र पाटन अस्पतालमा दर्जनौं घाइते उपचाररत रहेको बताइएको छ । उनीहरु अधिकांशको खुट्टा भांचिएको अस्पतालले जनाएका छन् ।

संखुवासभामा एक प्रहरी जवान घाइते भएका छन् । प्राप्त समाचार अनुसार पार्साको रानीगंज दरवार भत्किएको छ भने लमजुङको बाहुन डाँडामा एक घर भत्किएको छ । ताप्लेजुङका थुपै घर भत्किएको छ । संखुवासभामा जिल्ला विकास समिति, प्रहरी र बाणिज्य बैंकको कार्यालयसहित १६ घर भत्किएका छन भने भक्तपुरमा सात बटा घरमा क्षति पुगेको छ ।

भूकम्पको केन्द्रविन्दु भारतको सिक्किमको सिमा जोडिएको ताप्लेजुङको पूर्वी सिमा रहेको भूगर्भविद पृथ्वी श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी भूगर्भ विभागले जारी गरेको तस्वीर अनुसार भूकम्पको केन्द्रविन्दु सिक्किमसँग सिमा जोडिएको ताप्लेजुङ देखाएको छ ।

भूकम्पले राजधानीमा घरहरु हल्लिएका थिए । त्यसपछि सार्वसाधारण अत्तालिंदै घर बाहिर भागाभाग भएको थियो । लामो समयपछि काठमाण्डौंमा भूकम्पको धक्का महसुस गरेकाहरु भूकम्प आएको हो कि हैन यनिक गर्न नसकि झ्यालबाट चियाइरहेका देखिन्थे । भूकम्पको धक्का सहसुस गर्दा संसद भवनमा रहेका सभासदहरुबीच पनि भागाभाग भएको थियो । त्यसक्रममा सभामुखले १५ मिनेट संसद बैठक स्थगित गर्नु भएको थियो । बजेट पास गर्न संसद वैठक बसिरहेको थियो ।

नेपाल सरकारको गृहमन्त्रालयले भिन्न भिन्न समयमा करिव १४ पटक भूकम्पको धक्का महसुस भएको जनाएको छ भने भूगर्भ बिभागले एक घण्टामा करिव १६ पटक सानो ठूलो धक्का गएको जनाएको छ । भूकम्पको सवैभन्दा धेरै प्रभाव पूर्वी नेपालको इलाम, पाँचथर, तेह्रथुम लगायतका जिल्लामा देखिएको बिभागले जनाएको छ ।

सरकारले पिडितराई राहत दिने:
सरकारले भुकम्प पिडितहरुलाई राहत दिने भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले क्षतिको विवरण संकलन गरी पीडितलाई राहत दिने निर्णय गरेको हो ।

वेखवर भगर्भ बिभाग:
भूकम्प नाप्ने सरकारी अड्डा अर्थात भूगर्भ तथा खानी बिभाग भने भुकम्प गएको गएको करिव दुई घण्टासम्म वेखवर रह्यो । राती नौ बज्ने बेला फोन उठाएका बिभागका कर्मचारीले १६ पटक धक्का गएको बाहेक कुनै जानकारी आफुसँग नभएको बताए । यो ’boutमा हामीलाई जानकारी छैन हजुर, गृह मन्त्रालयतिरै सोध्नुस न – ती कर्मचारीले भने ।

Posted by: Jay Ale                                                  Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.