ब्रिट्नीको युरोप टुर


एक भव्य पार्टीबीच गायिका ब्रिट्नी स्पेयर्सले शुक्रबार राति लन्डनमा युरोप यात्राको उद्घाटन गरेकी छन् । ‘क्रिमिनल…’ गायिका लन्डनस्थित स्यानक्टुम सोहो होटलमा ब्वाइफ्रेन्ड ज्यासन ट्रयाविकको हात समाउँदै पार्टीमा देखिएकी थिइन्, ‘फेमी फेटल’ नामक युरोप टुरको उद्घाटनमा उनी हरियो र कालो वडिकोन ड्रेसमा थिइन् ।

युरोप कन्सर्ट सिरिजलाई अमेरिकी गायिकाले रुसको सेन्ट पिटस्वर्गमा यही सेप्टेम्बर २२ बाट सुरु गर्दै छिन् भने पोर्चुगालको लिस्बोनमा नोभेम्बर ९ मा समापन । २९ वर्षीया गायिका बेलायती राजधानीमा गत साताको सुरुतिर आइपुगेकी थिइन् र उनले भनेकी थिइन्, ‘लन्डन मेरो मटुमा सधैं निकट रहने सहर हो ।’

उनले ‘क्रिमिनल…’ गीतका लागि लन्डनमा भिडियो छायांकन समेत गर्नेछिन् । ‘जब म मेरी ओल्ड इग्ल्यान्डको गल्लीमा पुगें,’ उनले भनेकी छन्, ‘मैले त्यहीं ‘क्रिमिनल’ म्युजिक भिडियो छायांकन गर्ने निधो गरेँ ।’

Posted by: Dambar Rimal                                         Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.