कार्यक्रम सफलताका रहस्य, कुवेतबासी नेपाली निर्धक्क भएर भलिवलमा रमाए


ईन्द्र भूषाल, कुवेत

नेपथ्यबाट स्वरसुधाको सुमधुर धुन गुन्जिरहेको अनी आफ्नो खेललाई बिजयको संघारमा पुर्‍याउन कम्मर कसेका जोसिला खेलाडीहरुको जोड्दार खेल प्रदर्शनी एवं एकिकृत भावना साथमा सयौं नेपाली दर्शक र कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रमुखहरुको बिचमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आयोजना गरेको अन्तर-नेपाली भलिबल प्रतियोगिता-२०११ सफलताका साथ सम्पन्न भएको छ ।

बिगत एक दशक भन्दा बढी समय नेपाली समाज कुवेतमा कृयाशिल संस्थाले आयोजना गरेको कार्यक्रम आयोजकले सोंचे जस्तै पूर्णरुपमा सफल भएको छ । क्लब अध्यक्ष धर्मराज गिरीको कडा मेहेनत, पूर्वाध्यक्ष एवं संयोजक किरण पौड्यालको गहिरो अनुभब, उपाध्यक्ष जय आलेको सुझबुझपूर्वक निर्णय, सुरक्षा बिभाग प्रमुखहरुको चलाखी र खेलकुद बिभाग प्रमुख लगायत सम्पूर्ण कार्यसमितिका ३५ सदस्यहरुको बलियो उपस्थिती र गहन जिम्मेवारीले गर्दा कार्यक्रम अतिनै सौहार्दपूर्ण बातावरणमा सफल हुन पुगेको हो ।

कुवेतमा कृयाशिल सँघ-संस्थाका प्रमुखहरुको हौसला, क्लबका सम्पूर्ण सल्लाहाकारहरुको सहयोग, सल्लाह, सुझाब अनी अनुशासित खेलाडी, निपूर्ण खेल, रेफ्रिहरुको निर्णायक फैसला, पत्रकार साथीहरुको सूचना प्रवाहमा सहयोग साथै सम्पूर्ण प्रबासी नेपाली दाजुभाइ, दिदीबैनीहरुको माया ममता र प्रबासको यो जागिरे जिन्दगीमा बचेको समयलाई सदुपयोग गर्दै क्लब कार्यसमितिका सम्पूर्ण सदस्यहरुको कडा परिश्रमले नेपाली समाज कुवेतको खेल जगतमा आज खुशीको बहार ल्याएको छ ।

नेपालकुवेत मेनपावर एसोसियसन, क्लबका बरिष्ट सल्लाहाकारहरु राजेन्द्र तामाङ्, मित्र सिंजाली, संरक्षक बालकुमार गुरुङ्, SDFC कम्पनिका कमाण्डर क्याप्टेन कुल प्रसाद गुरुङ्, क्लवका पुर्व सदस्य होमनाथ गिरी, क्लबमा नयाँ प्रबेश गरेका सदस्यहरु किरण आले, यसोदा घिमिरे, डोल्मा तामाङ् र उषा पोखरेल लगायत होनाहार सदस्यहरु बिक्रम थापा, सुरेश गुरुङ्, नेत्र पंगेनी, शिला गिरी, सरिता पौड्याल, आनन्द श्रेष्ठ अनी सम्मानित सदस्य जसलाई क्लबले आफ्नो एउटा अभिभावकको रुपमा मान्दछ ईन्द्र पोखरेल सबैले विशेष योगदान दिई कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुभयो । यसबाट सामुहिक भावना अनी कार्यमा एकजुटता भएमा सबै काम फत्ते हुने बलियो आत्मविश्वास पनि जगाएको छ ।

अर्को पाटो: कुवेतको नेपाली समाजमा हुने कार्यक्रममा एक नेपालीले अर्को नेपालीलाई गर्ने सहयोग, सामाजिक भावना यसबाट प्रष्ट भएको छ । क्लबले सन्चालन गरेको खेलाडी संरक्षण कोषलाई जसरी प्रबासी नेपालीहरुले सहयोग गरे र क्लबको सामाजिक सिद्दान्तलाई अगाडि बढाउन प्रेरणा दिए, त्यसले पनि क्लब प्रति नेपालीहरुको माया र ममता धेरै भएको छर्लङ्ग भएको छ । सबैको सहयोग, सुझाब र सल्लाहले गर्दा सफल कार्यक्रम हेर्दै बिना कुनै संकोच नेपालीहरु खेलको दौडानमा निर्धक्कसँग रमाए । सुबिधायुक्त हलमा प्रवासी नेपालीहरुले खेलको मजा लिएको यो शायद दोस्रो पटक हो । आगामी दिनहरुमा समेत क्लबले गर्ने हरेक कार्यक्रममा प्रबासी नेपालीहरुको बलियो उपस्थिती र सकारात्मक सहयोग प्राप्त हुनेमा क्लब आशाबादी छ ।

One response to “कार्यक्रम सफलताका रहस्य, कुवेतबासी नेपाली निर्धक्क भएर भलिवलमा रमाए

  1. यस सम्प्रेषणका स्रस्टा, नेपाली समाजका प्रखर बक्ता, “सुन्तलाको कसम” अनि “बुढो सचिव” का जन्मदाता, कार्यक्रम संचालकमा सधैं खरा उत्रने व्यक्तित्वका,
    अहम भूमिका नै हुन् सफल कार्यक्रमका वास्तविकता

    – किरण पौड्याल

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.