Daily Archives: 18/09/2011

ब्रिट्नीको युरोप टुर


एक भव्य पार्टीबीच गायिका ब्रिट्नी स्पेयर्सले शुक्रबार राति लन्डनमा युरोप यात्राको उद्घाटन गरेकी छन् । ‘क्रिमिनल…’ गायिका लन्डनस्थित स्यानक्टुम सोहो होटलमा ब्वाइफ्रेन्ड ज्यासन ट्रयाविकको हात समाउँदै पार्टीमा देखिएकी थिइन्, ‘फेमी फेटल’ नामक युरोप टुरको उद्घाटनमा उनी हरियो र कालो वडिकोन ड्रेसमा थिइन् ।

युरोप कन्सर्ट सिरिजलाई अमेरिकी गायिकाले रुसको सेन्ट पिटस्वर्गमा यही सेप्टेम्बर २२ बाट सुरु गर्दै छिन् भने पोर्चुगालको लिस्बोनमा नोभेम्बर ९ मा समापन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

शक्तिशाली भूकम्पबाट काठमाडौं र धरानमा ५ जनाको मृत्यु


६ दशमलव ८ रिक्टर स्केलको भूकम्प:

“भूकम्पको धक्काको स्तर देखाउने तस्वीरः अमेरिकी भूगर्भ विभाग”
फलोअपः १ असोज, काठमाडौं । आइतबार साँझ काठमाडौंसहित देशका विभिन्न स्थानमा गएको शक्तिलशाली भूकम्पमा परि काठमाण्डौंमा ३ र सुनसरीको धरानमा दुई गरि ५ जनाको मृत्यु भएको छ । साँझ ६ बजेर २५ मिनेट ४८ सेकेण्डमा ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको भूगर्भ तथा खानी विभागले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुपर स्टार गायक राजेश पायल राई २७ सेप्टेम्बरमा कुवेत आउँदै


जय आले, कुवेत

आम नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीलाई लक्षित गरी लालीगुराँस साँस्कृतिक परिवारले आगामी ३० सेप्टेम्बर २०११ शुक्रवारका दिन, कुवेतको एसिया-एसिया होटलमा आयोजना गर्न गईरहेको बृहत लालीगुराँस पायल साँस्कृतिक कार्यक्रममा नेपालदेखी अतिथि कलाकारको रुपमा नेपालका सुपर स्टार गायक राजेश पायल राईको २७ सेप्टेम्बर २०११ मंगलबारको दिन, फ्लाई दुबई मार्फत बिहानको समयमा कुवेत आगमन हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

कार्यक्रम सफलताका रहस्य, कुवेतबासी नेपाली निर्धक्क भएर भलिवलमा रमाए


ईन्द्र भूषाल, कुवेत

नेपथ्यबाट स्वरसुधाको सुमधुर धुन गुन्जिरहेको अनी आफ्नो खेललाई बिजयको संघारमा पुर्‍याउन कम्मर कसेका जोसिला खेलाडीहरुको जोड्दार खेल प्रदर्शनी एवं एकिकृत भावना साथमा सयौं नेपाली दर्शक र कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रमुखहरुको बिचमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले आयोजना गरेको अन्तर-नेपाली भलिबल प्रतियोगिता-२०११ सफलताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भलिवल प्रतियोगिताका सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद !!


नेपाली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाहरु, बुद्दिजिबी महानुभावहरु, पत्रकारहरु, खेलाडी साथीहरु तथा सम्पूर्ण खेलप्रेमी नेपाली दाजुभाई-दिदीबहिनीहरु;

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको “वार्षिक अन्तर-नेपाली भलिवल प्रतियोगिता-२०११” मा प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्‍याई प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न पार्न जुन किसिमको सहयोग तपाईंहरुले गर्नुभयो, त्यसको माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब परिवार (आयोजक) उच्च प्रशंसा गर्दै मुरीमुरी धन्यवाद दिन चाहन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको च्यारिटी कल्चरल सो ३० डिसेम्बरमा नभई ०६ जनवरी २०१२ मा गरिने


सूचना परिवर्तन गरिएको सम्बन्धमा:

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आगामी ३० डिसेम्बर २०११ शुक्रवारका दिन, नयाँ अङ्ग्रेजी सालको अबसर पारी नेपालबाट कलाकारहरु झिकाई “च्यारिटी कल्चरल सो” गर्ने भनि सूचना प्रवाह गरिसकेको सर्व-विदितै छ । तर, सूचना प्रवाह गरिसकेपनि उक्त दिन गुरुङ्ग जातिहरुको महान पर्व “तमू ल्होछार” परेको र तमू समाज कुवेतले सम्पूर्ण कुवेतवासी नेपालीहरुको साथमा ल्होछार पर्व मनाउने भन्दै क्लवसँग बसेको बैठकमा समाजले “च्यारिटी कल्चरल सो” को मिति सार्न अनुरोध गरेकोले पढ्नेक्रम जारी राख्नुहोस्