२० बर्षपछी तिमीलाई देखेपछी…


ईन्द्र भूषाल, कुवेत

बाल्यकालको मेरो अती मिले साथी तिमीलाई ४९ सालको SLC लुंखुमा सकिएपछी बल्ल आज देखें । लगभग दुई दशकको लामो समयमा तिमी धेरै परिवर्तन भएकी छौ भन्ने लागेको थियो तर वास्तबमा तिमीमा केही शारीरिक परिवर्तन बाहेक केही ठुलो अरु परिवर्तन रहेनछ । उस्तै बोली, लजालु नयन अनी तिमी हाँस्दा देखिने तिखो दन्ते लहर अझै उस्तै रहेछ । झट्ट हेर्दा तिमी उही मेरो साथी हौ जतिबेला जार्पोलेको बनको बाटो हिंडेर हामी कुस्मा गएका थियौ ।

लुन्खुमा SCL सकेर देउराली बजारमा हामीले स्कुल जिन्दगीको अन्तिम जेरी र पुरी खाएका थियौ । जेरी खसेर तिम्रो सुकिलो कमेज तेलैतेल भएको आज पनि मैले सम्झने गर्छु । त्यो रमाइलो परिबेश अनी निर्दोषी ति साथीहरुका नयनहरु आँशुनै आँशुले छचल्किएका थिए । हुलाक तिर जानुपर्ने तिमी उल्टै स्कुलतिर हानिएपछी अचम्म हुँदै साथीहरुले सोधेका थिए कि तिमी कता जाँदैछौ ? न त तिमीले उत्तर दियौ न त आफ्नो मनलाई समाल्न सक्यौ । म जता पनि प्वाक्क बोल्ने बानी दोहोराउदै अब त बुढेशकालमा भेट्ने होलानी भन्दा हिमानेले साह्रै बात जानेका छौ भनेको आज जस्तै लाग्छ । रुन्चे अनुहार लगाउँदै एक आपसमा बिदाईका हात हल्लाएको पनि झन्डै दुई दशक पुग्न लागेछ । उमेरकै हिसाबले भन्ने हो भने पनि मैले बुढेसकालमा भेटौँला भनेको वास्तबमा साँचो रहेछ ।

म ३५ काटें भनें तिमी पनी ३३ पक्का भयौ । समयको चक्र घुम्दै जाने क्रममा हामीले एक आपसमा भेट्न यती धेरै समय कुर्नु पर्‍यो । आफ्नो आफ्नो जिन्दगीलाई सहज बनाउने क्रममा शायद हामीहरु सबै साथीहरुले एक-अर्कालाई बेला बेलामा बिर्स्यौं होला तर दैबको खेल बाल्यकालको रमाइला यादहरु सम्झने क्रमसँगै मध्यरातको सन्नाटामा मैले तिमीलाई झ्वास्स भेटें । पत्याउनै गाह्रो तर नपत्याई पनि नहुने अतिनै दोधार भएको थियो मलाई । आधुनिक जमाना अनी बिकसित देशमा नागरिकता लिएर बसेकी तिमी कसरी SLC दिन फारम भोर्न खिच्दाको फोटो फेसबुकमा राख्यौ ? म अचम्म परें । कताकता लाग्यो सायद तिमीले रमाइलो जन्मभुमी अनी त्यतीबेलाको आफ्नो निश्चिन्त अनुहारलाई अहिलेसम्म पनि जिबन्त राख्न चाहेर होला भन्ने लाग्यो । लामो समय पछी आफ्नो एउटा स्कुलको चन्चले साथीलाई फेसबुकमा खोजेर सामुन्नेमा आएकोमा खाडीको यो बिरानो बस्तिबाट तिमीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

परिवारिक जिबन, जागिरे जिन्दगी त्यसैमाथि पनि यो मरुभुमिको बिरानो ठाउँमा सम्झदा सम्झदै पनि बिर्सें जस्तो गरेछु मैले तिमीलाई । यद्दपी स्कुल जिबनका धेरै साथीहरु अहिले पनि त्यती संपर्कमा छैनन । गएको साल नेपाल बिदामा गएको बेला पाखापानीमा भुतपुर्व विद्यार्थी मन्चको गठनपछी भने धेरै साथीहरुलाई फेसबुक वा फोन मार्फत भेट्न सफल भएको छु । हामीले पढेको त्यो स्कुलको पुरानो छाना बदलिए पनी त्यहाँको चलन र पुरानो परीबेश बदलिएको छैन । हामीले पञ्चायत घरमा पढेका ठाउँमा नयाँ घर शुन्य भएर बसेको छ भने हामीले पानी पिउने पाखापानीको कुवा गाउँ बिकास गर्न खेत भत्काउने डोजरले बाटो खन्दा पुरै पुरिएको छ । हरियो स्वामीको रुख पनि यत्तिकै सकियो न त हामीले माटो भर्ने नर्सरी नै छ । धेरै सकारात्मक परिवर्तन नभए पनी केही मात्रमा गाउँ बिकास उन्मुक भएको छ त्यसैमा खुशी मान्नु पर्छ ।

तिमी बिकासित ठाउँ र अतिनै ब्यस्त जिबन बिताएपनी बाल्यकालका धेरै यादहरु सम्झेकी रहिछौ साह्रै खुशी लाग्यो । कथं-कदाचित आफ्नो जन्मभुमिलाई केही गर्नुपर्छ भन्ने लाग्यो भने हामीलाई सम्झना सक्छ्यौ जहाँ हामीले समाज परिवर्तनको लागि केही गरौं भन्दै मञ्च मार्फत अगाडि बढेका छौ ।

साथी तिम्रो नाम सजिलो छ भन्ने गर्थ्यौ आज त्यो सजिलो नाम भएर होला तिमीलाई फेसबुकमा खोज्न पनि सजिलो भयो होईन ? लामो समयपछी तिमीलाई भेट्न पाउँदा यो ज्यानलाई खुशीको सिमा नै छैन । आफ्नो जन्म ठाउँ र सँगैका साथीहरुलाई सम्झेकोमा सबैको तर्फबाट तिमीलाई धेरै धेरै धन्यवाद अनी मिठो सम्झना । आशा छ हामी निरन्तर संपर्कमा रहनेछौं । सधैं आफ्नो ख्याल राख्नु,

उही तिम्रो चञ्चले साथी,
अर्जुन कुवेतबाट

5 responses to “२० बर्षपछी तिमीलाई देखेपछी…

  1. Bikram Thapa (Fotografía)

    Arjun Jee, Shall I say something here….met you at Fbook then 🙂

  2. oh wah so sweet bro kip it up timro yo writing padera auda malai pani akchin vhabuk bannapuge its natural n so sweet bro.gd jb

  3. thanks gopal ji yes kahile kahi purano friend haru bhetido rahecha.bikram ji you can say……….

  4. haha..dai ramailo cha…..sachi ko ho yo vannu ta…?

  5. रमाईलो अनुभुत भयो अर्जुन जी ।तपाईको यो अनुभुतीले मलाई मेरो गाउँ र मेरा बाल्यकालका साथीहरुको सम्झनामा हुत्यायो । FEELINGS GREAT….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.