माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवको वार्षिक भलिवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

“बिजेता र उप-बिजेताको दुईवटै उपाधी SDFC को कब्जामा, मिनी वर्ल्ड कप-२०११ मा सहभागी खेलाडिहरुलाई राजदूतद्वारा मेडल वितरण”

माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब, काठमाण्डौ-कुवेतको आयोजनामा १६ सेप्टेम्बर २०११ का दिन, “वार्षिक अन्तर-नेपाली भलिवल प्रतियोगिता-२०११” कुवेतको खेतान कभर्ड हलमा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ ।

प्रमुख अतिथी “कुवेतका लागि नेपाली राजदूत” महामहिम श्री मधुवन प्रसाद पौडेलले प्रफुल्लित मुद्रामा खेलसँग जोडीएको आफ्नो जीबनको अविश्मरणिय घट्ना “जहाँ भलिवल खेल्दा आफ्नो हातको कान्छी औंलानै टुटाउन पुगेको” सुनाउँदै बल सर्विस गरी खेलको उद्घाट्न गरेपछी खेललाई औपचारिक रुपमा अगाडि बढाईएको थियो ।

समुह चरणका पहिलो खेलहरुमा: SDFC-A ले नयाँ नेपाल-A लाई, नयाँ नेपाल-B ले जन-प्रगतिशिल मञ्चलाई, नव-प्रतिभा-B ले मेनपावर एशोसियसनलाई, SDFC-B ले नव-प्रतिभा-A लाई, कालीगण्डकी समाजले तमू समाजलाई र क्रेज नेपालले अल्घानिमलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरे । क्वार्टर फाईनल खेलमा SDFC-A ले नव-प्रतिभा-B लाई र SDFC-B ले नयाँ नेपाल-B लाई पराजित गर्दै सेमिफाईनलमा पुग्न सफल भएका थिए भनें कालीगण्डकी समाज र क्रेज नेपाल गोला-प्रथा मुताबिक एक/एक म्याचमा बिजयी भएवापत वाक ओभरमा सिधै सेमिफाईनलमा पुग्न सफल भए ।

सेमिफाईनल खेलमा SDFC-A ले गतवर्षको बिजेता टिम कालीगण्डकीलाई र SDFC-B ले क्रेज नेपाललाई हराउँदै, एउटै कम्पनिका दुई सशक्त टिमहरु फाईनलमा पुग्न सफल भए । जसमा: SDFC-B र क्रेज नेपालबीचको खेल अत्यन्तै प्रतिश्पर्धात्मक एवं रोचक रहेको थियो । फाईनलमा पुगेका टिमहरु SDFC-A र SDFC-B एउटै कम्पनिका भएका र दुवै टिमका टिम मेनेजर स्वयं क्याप्टेन श्री कुल प्रसाद गुरुङ् रहनु भएकोले फाईनल खेल वहाँकै सुझावमा २५ अंकको एकै सेट खेलाईयो जसमा SDFC-A ले आफ्नै B टिमलाई पराजित गरी बिजेताको उपाधी चुम्न सफल भयो भनें B टिमले उप-बिजेताको उपाधी हाँसिल गर्‍यो । यस्तै, उत्कृष्ट टिमको उपाधी क्रेज नेपालले पाएको छ भनें उत्कृष्ट खेलाडिको उपाधी बिजेता टिम SDFC-A का खेलाडी ‘सटर’ अचुत श्रेष्ठ ज्यूले पाउनु भएको छ ।

बिजेता एवं उप-बिजेता टिमहरुलाई आयोजकको तर्फबाट शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कार दिई सम्मान गरियो भनें प्रतियोगितालाई विवाद रहित सफल पार्नमा आफ्नो निर्णायक फैसला सुनाई खेल सम्पन्न पार्नुहुने सम्पूर्ण रेफ्रीहरुलाई शिल्ड र प्रमाण पत्र दिई सम्मान गरियो । वहाँहरु सबैलाई महामहिम राजदूत, क्लवका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ् र खेल सञ्चालनको अवधीमै नेपालदेखी आउनु भएका क्लवका संरक्षक बाल कुमार गुरुङ् ज्यूबाट पुरस्कार वितरण गरिएको थियो ।

यसैगरी, आफु कार्यरत कम्पनिका ४ सशक्त सुरक्षा कर्मचारीहरु खटाएर प्रतियोगिता अवधिभर चुस्त सुरक्षाको व्यवस्थापन गरिदिनु हुने क्लवका पुर्व कार्यसमिति सदस्य एवं अल-अमाना सेक्युरिटी कम्पनिका सहायक अपरेशन मेनेजर होमनाथ गिरी ज्यूलाई क्लवले वहाँले गरेको सहयोगको प्रशंसा गर्दै कदर-पत्र प्रदान गरी सम्मान गर्‍यो भनें क्लवले सम्पूर्ण स्वयं सेवक एवं क्लवका बरिष्ट फोटोग्राफर बिक्रम थापा र फोटो पत्रकार सुरेश गुरुङ्लाई समेत वहाँहरुले क्लव एवं क्लवको स्वामित्वमा सञ्चालित कुवेतनेपाल डटकमलाई दिनु भएको योगदानको प्रशंसा गर्दै कदर-पत्र दिई सम्मान गरेको छ ।

क्लवका सचिव एवं कुवेतनेपाल डटकमका संवाददाता ईन्द्र भूषालले सञ्चालन गर्नु भएको प्रतियोगिता समारोहमा क्लवका अध्यक्ष धर्मराज गिरीको सभापतित्व, महामहिम राजदूत श्रीमान/श्रीमती मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्य, क्लवका वरिष्ट सल्लाहाकार एवं NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्को बिशेष आतिथ्य र कुवेतस्थित सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरु, बुद्दिजिवीहरु एवं पत्रकारहरुको आतिथ्यता रहेको थियो भनें प्रतियोगिता संयोजक एवं क्लवका पूर्वाध्यक्ष किरण पौड्यालको स्वागत मन्तव्य र महामहिम राजदूतको शुभकामना मन्तव्य रहेको थियो ।

मिनी वर्ल्ड कप च्याम्पियनशिपमा सहभागी खेलाडिहरुलाई मेडल वितरण:

यसैगरी, कुवेतको बिदेश मन्त्रालयद्वारा आयोजित कुवेतस्थित बिभिन्न बिदेशी दूतावास-दूतावासबीच खेलाईएको “मिनी वर्ल्ड कप फुटवल च्याम्पियनशिप-२०११” मा नेपाली राजदूतावासको तर्फबाट माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको व्यवस्थापनमा खेलेका क्लवका राष्ट्रिय स्तरका खेलाडीहरुलाई कुवेत सरकारको तर्फबाट प्राप्त भएको ८ वटा मेडल महामहिम राजदूतले हिजोको माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको भलिवल प्रतियोगिता समारोहको अवसर पारी “खेलमा हारजित अपरिहार्य भएको र हाम्रा खेलाडिले राम्रो खेल प्रदर्शन गरी राष्ट्रको नाम विश्वको सामु रोशन पारेकोमा खुशी व्यक्त गर्दै र क्लवले गरेको सहयोगको खुलेर प्रशंसा गर्दै मेडल वितरण गर्नुभयो ।”

कुवेत सरकारले प्रदान गरेको ‘मिनी वर्ल्ड कप च्याम्पियनशिप मेडल’ महामहिम राजदूतबाट ग्रहण गर्नेहरुमा: टिम मेनेजर धर्मराज गिरी, क्याप्टेन भुवन पौडेल र खेलाडिहरु राजन खड्का, जितेन थिङ्, कालिका गुराउ, उदय लिम्बु, मनोज नेपाली र राहुल गुरुङ् रहेका छन ।

भलिवल प्रतियोगिताका प्रमुख झलकहरु:

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.