Daily Archives: 17/09/2011

रक्तचन्दन तस्करी आरोपमा दुई डिएसपीलाई कारबाही सिफारिस


रक्तचन्दन तस्करीको आरोपमा दुई डिएसपीमाथि आन्तरिक छानबिनपछि कारबाहीको सिफारिस गरिएको छ । गृह मन्त्रालयले भने रक्तचन्दन प्रकरणमा सहसचिवको संयोजकत्वमा छानिबन समिति बनाएर छुट्टै अनुसन्धान सुरु गरेको छ । प्रहरीको आन्तरिक छानबिनमा तस्करीमा मिलेमतो देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाका तत्कालीन डिएसपी ओम रानामगर र नुवाकोटका बालकृष्ण थापालाई कारबाहीको सिफारिस गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

२० बर्षपछी तिमीलाई देखेपछी…


ईन्द्र भूषाल, कुवेत

बाल्यकालको मेरो अती मिले साथी तिमीलाई ४९ सालको SLC लुंखुमा सकिएपछी बल्ल आज देखें । लगभग दुई दशकको लामो समयमा तिमी धेरै परिवर्तन भएकी छौ भन्ने लागेको थियो तर वास्तबमा तिमीमा केही शारीरिक परिवर्तन बाहेक केही ठुलो अरु परिवर्तन रहेनछ । उस्तै बोली, लजालु नयन अनी तिमी हाँस्दा देखिने तिखो दन्ते लहर अझै उस्तै रहेछ । झट्ट हेर्दा तिमी उही मेरो साथी हौ जतिबेला जार्पोलेको बनको बाटो हिंडेर हामी कुस्मा गएका थियौ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा राजनीतिक गतिविधिमा संलग्न रहेको पाईएमा नेपाल फिर्ता जानुपर्ने, दूतावासबाट कुनै सहयोग नमिल्ने


नेपाली राजदूतावास कुवेतको अत्यन्तै जरुरी सूचना:-

पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवको वार्षिक भलिवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

“बिजेता र उप-बिजेताको दुईवटै उपाधी SDFC को कब्जामा, मिनी वर्ल्ड कप-२०११ मा सहभागी खेलाडिहरुलाई राजदूतद्वारा मेडल वितरण”

माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब, काठमाण्डौ-कुवेतको आयोजनामा १६ सेप्टेम्बर २०११ का दिन, “वार्षिक अन्तर-नेपाली भलिवल प्रतियोगिता-२०११” कुवेतको खेतान कभर्ड हलमा अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्