मैंले नेपालका साथीसँगी भुलेको छैन : उदितनारायण झा


भारतको मुम्बईमा रहेको बलिउड चलचित्र नगरी। कला क्षेत्रमा लागेका धेरै दक्षिण एसियाली राष्ट्रका कलाकारहरुको सपनाको शहर। मुम्बई आउने र यहाँको बलिउड चलचित्र उद्योगमा स्थापित हुने सपना धेरैको हुन्छ। तर बलिउडको व्यस्त र कठिन प्रतिष्पर्धामा थोरैको मात्र यस्तो सपना पूरा हुन्छ। नेपालबाट मुम्बई आएर स्थापित हुने मात्र होइन नम्बर वन पनि हुने मध्येमा एक हुन् – उदितनारायण झा एभिन्युज टेलिभिजनमा रंग पत्रकारिता गरिरहेका सुरज खड्का अघिल्लो हप्ता मुम्बईमा बस्ने र त्यहाँको कला क्षेत्रमा काम गर्ने नेपालीहरुको ’boutमा रिपोर्टिङ्ग गर्न मुम्बई पुगेका थिए। त्यहाँ रहँदा उनले थुप्रै नेपालीहरुलाई भेटे जो नेपाली भईकन पनि त्यहाँको उद्योगमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। यही क्रममा उनले उदितनारायण झालाई भेटे जो संगीतका तीर्थको रुपमा स्थापित भईसकेका छन्। उनै उदितसँग सेलरोटीका लागि सुरज खड्काले गरेको कुराकानीका महत्वपूर्ण अंशहरु : –

के गर्दै हुनुहुन्छ आजभोलि?

संगीत मेरो धर्म हो, कर्म हो, इमान हो। त्यसैले म त जहिले पनि संगीतमै हुन्छु। तपाईहरुलाई थाहै छ म त सानै देखि गाउँघरदेखि लिएर स्कुल कलेज, हुँदै रेडियो नेपालमा आफ्नो संगीततिक यात्रा सुरु गरेर गर्दागर्दै भारतीय राजदुतावासबाट संगीतको छात्रवृति पाएँ। बम्बई आएँ र यहाँ पनि धेरै संघर्ष गरे। पशुपतिनाथको कृपा र सबैको आशिर्वाद पाएर यहाँ पुगे। मैले हिन्दी फिल्मको संगीत करियर सुरु गरेको थिए मोहम्मद रफी साहवसँग सन् १९८० मा। सम्झनुस यहाँ मात्रै ३० वर्ष हुन लाग्यो। उता नेपालमा हुँदा पनि रेडयो नेपालमा आठ दश वर्ष विताइयो।

तर नेपाललाई त मायै मार्न थाल्नु भयो,आजभोलि नेपाल आउनु नै हुन्न?

२०५७ मा अन्तिम पटक आएको थिएँ हाम्रो तत्कालिन राजा विरेन्द्रको हातबाट गोदवा लिन। त्यसपछि आउन पाइन।

तपाई यसरी नेपाल नआउनुमा यताको व्यस्तता मात्रै होकि अन्य कारण पनि छन्?

हेर्नुस् पहिला त हर ४–६ महिनामा गइथ्यो। नेपालमा मेरो दाजु भाउजु भतिज काका समाज, मेरो हजुरबुबापट्टिका चारपाँच जना दाजुभाइ सबै छन सप्तरीको भारदहमा। त्यहाँ घर पनि बनाएको छु मैले। यताको व्यस्तताबाट छुट्टि लिएर रमाइलो गर्न उता जाने हिसावले घर पनि बनाएको थिएँ। बेलाबेला जान्थे पनि। तर समय त्यस्तै भयो राजनीतिक अवस्था पनि त्यस्तै भयो त्यसैले जान पाएको छैन। पहिलो कारण त व्यस्तता नै  हो। तर जानै पर्छ आफनो ठाउँ हो।

बलिउड पार्श्व गायनको त शिखरमै पुग्नु भयो हैन?

हेर्नुस यस्तो त भन्न सकिदैन। संगीत भन्ने कुरा त्यस्तो हो जति सिके पनि जति गाए यो अथाह सागर हो। ठूलाठूला गुणी संगीतकर्मीले भन्छन् कि संगीतका लगि सात जन्म पनि कम हुन्छ। तर ठीक छ भगवानको कृपाले र हाम्रो साथीभाइ सबैको शुभकामना आशिर्वादले गरि राखेको छु गर्दै आएको छु अझै पनि धेरै कुरो गर्न छ संगीतमा। सांगीतिक यात्राको कुनै अन्त्य छैन। संगीतमा अझै धेरै सिक्नु छ, अगाडि जानु छ। यो त केही हैन मेरो विचारमा। यो त सम्झनुस शुरुवात मात्र हो।

सप्तरीको भारदहबाट काठमाडौँ आई गरेको संघर्ष अनि फेरि भारतको मुम्बईमा गरेको संघर्ष, त्यसपछि अहिलेको यो अपत्यारिलो सफलता। यी सब सम्झना तपाईलाई कस्तो लाग्छ?

खुशी लाग्छ। किनकी एउटा नेपाली किसानको छोरो र कोशी नदीले सधैँ दुख्ख दिइरहने परिवारको सदस्य। कोशीले घर बगाइदिदा मामा घर विहारमा आश्रय लिन पुग्यौ। मिश्र परिवारको हुनुहुन्छ मेरो मावाली। बाल्यकाल उतै वित्यो। सानै देखि दुखमा जीवन वित्यो। बुबाले उतै मामाको नोकरी गर्नु भयो। पछि कोशी व्यारेज बने पछि नेपाल आयौँ आफ्नै भूमिमा। यति हुँदा मैले बुझे जीवनमा धेरै संघर्ष गर्नु पर्ने रहेछ। लामै कहानी छ।

तपाईको विचारमा तपाईको सफलताको आधार के हो?

कुनै पनि क्षेत्रमा अगाडि बढ्नु छ भने सजिलो छैन दुख संघर्ष र जीवनसँग लडाइ नै गर्नु पर्छ मेले बुझेको यही हो। म त यही भन्छु कुनै पनि क्षेत्रको मान्छे अगाडि बढ्न चाहन्छ भने सिक्ने चाहना हुनुहुन्छ। सबैलाई आदर गर्नु पर्छ। मिठो बोल्नुपर्छ सबैसँग मिलेर काम गर्नु पर्छ यही नै जीवनको सच्चाई हो र यसैले जीवनमा अघि बढ्न सहयोग गर्छ। साच्चै भन्नु पर्दा मैले यही नियम नै पालन गर्दै आइरहेको छु।

अहिले पनि तपाई नेपाली संगीतका लागि निकै रुचाइएको गायक हुनुहुन्छ? 

आज सम्म पनि जति पनि फिल्म गाएँ र गाइरहेका छु सबैले त्यतिकै माया गर्नुहुन्छ मलाई र फोन पनि गर्नु हुन्छ सबैले कि हामी आउँदैछौ फिल्मको लागि तिमीले गाउनु पर्छ। मैले जहिले पनि भन्छु आउनुस न। तर व्यस्तताको कारणले कहिले काँहि समय मिलाउन गाह्रो  हुन्छ। कहिले काँहि दुई चार दिन ढिला हुन्छ। तर उहाँहरुले बुझनु हुन्छ। मैले जानीबुझी नेपालबाट आउनुहुने दाजुभाइलाई कहिले पनि दुख दिएको छैन र म यता दश ठाउँमा व्यस्त हुँदा पनि सधै मेरो चासो हुन्छ उताबाट आउने दाजुभाइलाई केही दुख नहोस भनेर।।

तपाईलाई नेपाली र हिन्दी गीत गाउँदा केही फरक महशुष हुन्छ?

मत तपाईलाई के भन्छु भने कलाकारको कुनै जात र भाषा पनि हुँदैन। एउटा भनाइृ छ अंग्रेजीमा : गकष्अ जबक लय बिलनगबनभ बलम दयगलमबचष्भक। हामी नेपालीलाई साँच्चै भन्नु पर्दा नेपाली भाषा पनि मीठो लाग्छ र हिन्दी भाषा पनि मीठै लाग्छ। किनकी दुवै भाषा देवनागरी लिपिमा छन, धेरै शव्द मिल्छन्। जस्तै हेर्नुस  हामी अब भन्छौ हिन्दीमा अब् हुन्छ। त्यस्तै हामी आगो भन्छौ यता हिन्दीमा आग हुन्छ।  मलाई त्यति खास फरक लाग्दैन। म जन्मेको हुर्केको संस्कार पनि त्यस्तै थियो दुईटै संस्कारमा हुर्कियो। सानै देखि हिन्दी चलचित्र पनि खुबै हेरिन्थ्यो। मामाघर जाँदा हिन्दीमा पनि कुरा गरिन्थ्यो। यसकारण मलाई मुम्बई आउदा लाग्थ्यो मेरो हिन्दी ठीकठाक नै छ। फेरि हिन्दीमा गाउन सायद हामी नेपालीलाई त्यति गार्‍हो हुँदैन जस्तो लाग्छ। तर खास भनौं भने यहाँ उर्दुको बहुत महत्व छ। उर्दुलाई दिमागमा बसाउनु पर्छ, पढ्नु पर्छ। उर्दु राम्रो भयो भने त झन सुनमा सुगन्ध हुन्छ। संस्कृतिकै कुरा गर्ने हो भने पनि धेरै चाडपर्व र मान्ने तरिका उस्तै हुन्छ। दशै तिहार उता पनि मानिन्छ यहाँ पनि। त्यहाँ पनि उहि चामल दाल, मासु पाक्ने हो यहाँ पनि। मतलव के भनु यस्तो साँस्कृतिक समिश्रणले गर्दा मलाई सजिलै भयो। उता पनि सजिलै थियो। नेपाल त  नेचुरल्ली आफनै ठाउँ भयो। यस्तै यस्तै कारणले मलाई नेपाली र हिन्दीमा त्यति फरक महशुष हुन पाएन।

रेडियो नेपालमा हुँदाका सहकर्मीहरु सम्झन सक्नुहुन्छ? 

हाम्रो शम्भुजित बाँस्कोटा जी हुनुहुन्छ। मधु क्षेत्री हुनुहुन्छ। सिके रसाईली दाइ हुनुहुन्छ जसलाई म सम्भि्करहन्छु। त्यतिबेला तालमा म पनि त्यति फरफेक्ट थिईंन। हुन त अहिले पनि छैन। सिके दाइले मलाई ताल सिकाउनु भयो। त्यसपछि नातिकाली शिवशंकर र गोपाल योञ्जन सबैको योगदान छ म माथि। उहाहरुबाट धेरै सिके। धेरै मज्जा आयो त्यतिबेला। गोपाल योञ्जन दाइ पद्म कन्या क्याम्पसमा पढाउनु हुन्थ्यो। म फोन गरेर दाइ फुर्सद छ भने भेटौँ भन्थे। उहाँले बोलाउनु हुन्थ्यो। गाना सिकाउनु हुन्थ्यो। कतै कार्यक्रम भए लानु हुन्थ्यो। सिके रसाईली दाइले पनि बोलाउनु हुन्थ्यो। झोछेँमा धेरै वर्ष म र मधु क्षेत्रीजीले सँगै गायौँ पनि। ती क्षणहरु सम्भि्क रहन्छु रोमाञ्चक बनाउँछ मलाई ती दिनले।

नेपालमा तपाईका थुप्रै चर्चित गीतहरु छन्। रेडियो नेपालमा सांगीतिक यात्रा थाल्दा खेरिका ती गीतहरु सम्झन सक्नुहुन्छ?

गानाहरु त धेरै छन् त्यतिबेला नीर शाह दाइको गीत पनि गाएँ। धेरै माया गर्नु हुन्थ्यो।जुनतारा जडेको पछयौरी आढेको हु हु जुनतारा हो कि तिम्रो मुहार। नीर दाइ र सिके दाइले यो गीत गाउन दिनुभएको थियो। भरखरै सुरुवात थियो त्यतिबेला मेरो। म त तराई बाट आएको मैथिली गाउँथे। विस्तारै विस्तारै सबैसँग घुलमिल हुन थालंे सबैको माया पाएँ। मलाई अहिले सम्म याद छ कि ३६ सालमा राम्रा राम्रा गीतहरु गाउने मौका पाएँ। जस्तो मेरी माया निश्चिन्त बस एक छिन, यो गीत गोपाल योञ्जन दाइले गाउन दिनु भएको थियो। त्यस्तै अर्को तिमी आउछौ भन्ने आसैआसमा …यो नातिदाइले गाउन दिनभएको हो। फेरि शिवसशंकर दाइले अर्को गीत दिनुभयो तिमि सुन्दर छौ तिमीलाई अझै सुन्दर पार्न मन लाग्यो। त्यस्तै मलाई अहिलेसम्म याद छ शिवशंकर दाइको अर्को गीत पनि निकै हिट भएको थियो हे बल्ल बल्ल भेट भाका दिन बोल्दा पनि बोल्दैनौ किन। अनि म जब  फस्ट टाइम मुम्बई आएको थिएँ। त्यतिबेला नातिकाजी र गोपाल योञ्जन दाइ मिलेर मलाई सिन्दुर फिल्ममा एउटा गीत गाउन दिनु भएको थियो। त्यो गीत त्यतिबेला भयङ्कर हिट भएको थियो हे नक्कली हे नक्कली नक्कली हस्सिली रसिली चिचिली हैन करेली। यस्ता थुप्रै गीतहरु खुब हिट भएका थिए।

तपाई कतिवटा भाषामा गाइरहनु भएको छ ?

सम्झनुस कि अहिल म २५ देखि ३० भाषामा गाउँछु।  तामिल, तेलगु, बंगाली, मलायम, हिन्दी नेपाली, मैथिली, भोजपुरी धेरै भाषामा गाउछु। सबैले रुचाइराखेका छन्। सबैले माया गरेर गाउन बोलाउँछन्। मलाई रुची पनि लाग्छ। रमाइल्ाो पनि लाग्छ धेरै भाषामा गाउन।

यति धेरै भाषामा गाउँदा उच्चारणमा समस्या आएको छ कि आउँदैन? 

हेर्नुस अलिअलि त आउछ तर सिरियस भएर त्यसमा डुब्नु भयो भने त्यति समस्या हुँदैन। सुरुमा अलि कति दुख त हुन्छ तर मनदेखि डुबेर लाग्नु भयो असम्भव त केही पनि छैन।

तपार्इँको त परिवार नै सांगीतिक छ। छोराको पनि बलिउड राम्रै नाम छ। यी सब देख्दा कस्तो लाग्छ?

दीपा जी पनि गाउनु हुन्छ। एउटा छोरा छ आदित्यनारायण। भगवनको कृपा र तपाइहरुको आशिर्वादले राम्रै गरिराखेको छ। अहिले २४ वर्षको भयो।  अझै धेरै गर्नु छ उसले। सानै देखि संगीत र अभिनयमा रुची देखायो। सानैमा दुई वटा मूभि गर्‍यो। सलमान खानसँग जब प्यार किसि से होता है र रंगीलामा चाँहि एउटा गीतमा चकलेट खानेमे टेन्सन हे दुध पिने मे टेन्सन है आशा भोषले जी सँग गाएको थियो। जुन पार्टमा गायो त्यही पार्टमा अभिनय समेत गर्‍यो। त्यसपछि विए पास गरेर ल48डनमा दुई वर्षको कोर्ष पनि गर्‍यो। भोकल टेक इन्स्टिच्यूटमा। जहाँ की विश्वका निकै कम मान्छेले मात्रै मौका पाउँछन। त्यहाँ कोर्ष सकेर श्रापित भन्ने फिल्म पनि गर्याे। आज उसलाई उद्घोषणमा पनि मान्छेले निकै मन पराएका छन्। राम्रै गर्दैछ।

अन्त्यमा तपाईका नेपाली श्रोतालाई के भन्नु हुन्छ? 
सम्पुर्ण नेपाली श्रोतालाई मेरो नमस्कार ढोग र सबैलाई आउदै गरेको दसैंको शुभकामना छ। यस्तै माया प्यार दिनुस्। तपाईहरुको आफ्नो उदितलाई, मायाले तपाईहरु उदितनारायण भन्नु हुन्छ। गीतसंगीतको सेवा गरिरहने छ। माया गरिरहनुस्।

Posted by: Raju Gurung

2 responses to “मैंले नेपालका साथीसँगी भुलेको छैन : उदितनारायण झा

  1. sala dhoti nepalko naam bechera khais. laaj pacheko nathey.

  2. hello udit ji really are you great jobs& good thinks
    i like your commemts and allways god with you
    and we are all ways with you

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.