भलीबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा, अबको १५ घण्टामै खैतान हलमा नेपाली खेलाडिहरु चम्किने


ईन्द्र भूषाल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबद्वारा आयोजना गर्न लागिएको “वार्षिक अन्तर नेपाली भलीबल प्रतियोगिता-२०११” भोली कुवेतको खैतानस्थित एसियुक्त हलमा बिहानको ठिक सात बजेदेखी शुरु हुन गईरहेको छ । खेलको लागि आबश्यक सम्पूर्ण तयारी पुरा भईसकेको आयोजना समितिले जनाएको छ भने खेलको उद्घाटन कुवेतका लागि नेपाली राजदूत महामहिम श्री मधुबन प्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ ।

कुवेतको प्रचण्ड गर्मीलाई ध्यानमा राख्दै खेल्ने खेलाडी, हेर्ने दर्शक र अतिथिहरुलाई मौसमले कुनै समस्या नपारोस भन्दै गत सालदेखी यस क्लबले सुबिधायुक्त हलमा भलिबल खेलाउँदै आएको हो ।

खेल शुरु हुने समय नजिकिंदै गर्दा प्रतियोगितामा भाग लिएका १२ टिमहरु पनी नयाँ किर्तिमान राख्न पूर्णरुपमा तयारीमा जुटेका छन भने गत बर्षको बिजेता कालीगण्डकी कल्याणकारी समाज पुन इतिहासलाई दोहोर्‍याउन लागि परेको टिम क्याप्तेन आशिष कुँवरले बताउनु भएको छ भने कुवेतको नेपाली खेल इतिहासमा चम्किलो नाम अर्थात गत वर्षको उपबिजेता टिम अल्घानिम पनि पूर्ण तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।

यस्तै गत बर्षको खेलमा भाग नलिएको SDFC टिम A र B गरी २ वटा टिममा बिभाजित भई यो बर्ष भाग लिएको छ । जुन टिम हाल कुवेतको नेपाली भलिवल टिमहरु मध्ये सबैभन्दा शक्तिशाली टिम मानिन्छ, यो टिम समेत आफ्नो चमत्कारी खेल प्रदर्शन गर्ने तयारीमा जुटेको छ । यसैगरी क्रान्तिकारी रगतले भरिएको नयाँ टिम जन-प्रगतिशिल मन्च पनि पुरै तयारीमा रहेको टिम दर्ताको समयमै अध्यक्ष तथा टिम मेनेजर कुमार झापालीले बताउनु भएको छ । झापालीका अनुसार, खेलमा हारजितको निश्चित नहुने हुँदा आफुहरुले खेल जित्ने दाबी नगरेको तर एउटा नेपाली समाजले आयोजना गरेको कार्यक्रममा सहभागी भई सफल पार्नु अर्कोको कर्तव्य भएकोले पनी आफुहरु नयाँ टिम बनाई खेलमा समावेश भईएको जानकारी गराउनु भएको छ ।

यस्तै, तमु समाज कुवेत पनि खेललाई आफ्नो कब्जामा पार्न कस्सिएको छ भनें अन्य टिममा नव-प्रतिभा A र B, क्रेज नेपाल, मेनपावर एशिसियसन, नयाँ नेपाल A र B रहेका छन । सहभागी सबै टिमहरु छाँटिएका र राम्रा कुशल खीलाडिहरुले भरिपूर्ण रहेकाले भोलिका खेलहरु अत्यन्तै प्रतिश्पर्धात्मक शैलिमा सम्पन्न हुने यस भलिवल प्रतियोगिताका संयोजक किरण पौड्यालको अड्कलवाजी रहेको छ ।

अन्तमा: आयोजक “माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेत” सम्पूर्ण टिमहरु, कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका आमन्त्रित अतिथिहरु अनी सम्पूर्ण प्रवासी नेपाली दानुभाइ दिदीबहिनीहरुलाई समयमै उपस्थित हुन हार्दिक आव्ह्वान गर्दछ ।

Advertisements

3 responses to “भलीबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा, अबको १५ घण्टामै खैतान हलमा नेपाली खेलाडिहरु चम्किने

  1. Nice article, thanks Indra dai, n your intire team, I will be there early

  2. Voli ko vollyball karyakram safalta ko kamana gardachhau khel premi darshak ra kheladi mitra harule pani anushasit dhangale aafno khel parstut gari karykaram nikai romantik dhangale parstut garnu bhai khel ati nai anushasit dhangale safal banaunu hunechha bhanne pani aasha badi chhau Thank you.(laligurans saskriti pariwar Nepal kuwait)

  3. three cheer for player hip hip hurry hip hip hurry hiphip hurry

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.