Daily Archives: 15/09/2011

भलीबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा, अबको १५ घण्टामै खैतान हलमा नेपाली खेलाडिहरु चम्किने


ईन्द्र भूषाल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबद्वारा आयोजना गर्न लागिएको “वार्षिक अन्तर नेपाली भलीबल प्रतियोगिता-२०११” भोली कुवेतको खैतानस्थित एसियुक्त हलमा बिहानको ठिक सात बजेदेखी शुरु हुन गईरहेको छ । खेलको लागि आबश्यक सम्पूर्ण तयारी पुरा भईसकेको आयोजना समितिले जनाएको छ भने खेलको उद्घाटन कुवेतका लागि नेपाली राजदूत महामहिम श्री मधुबन प्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

डिजिटल प्रविधिसँगै धराशयी बन्यो नेपाली संगीत बजार


कुनै बेला त्यस्तो पनि थियो एउटा गीति एल्बम बेचेरै लाखौं आम्दानी हुने गथ्र्यो  ।  हरेकका घरमा चलेका गायक गायिकाका एल्बम संकलन गरेर राखिएको हुन्थ्यो ।  तर समय अहिले त्यस्तो रहेन । यहि संगीत बजारमा ३ लाख क्यासेट विक्रि गरेर म्यूजिक नेपालको रेकर्ड तोडेका रामकृष्ण ढकाल अहिले निरन्तरताका लागि मात्रै एल्बम निकाल्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मैंले नेपालका साथीसँगी भुलेको छैन : उदितनारायण झा


भारतको मुम्बईमा रहेको बलिउड चलचित्र नगरी। कला क्षेत्रमा लागेका धेरै दक्षिण एसियाली राष्ट्रका कलाकारहरुको सपनाको शहर। मुम्बई आउने र यहाँको बलिउड चलचित्र उद्योगमा स्थापित हुने सपना धेरैको हुन्छ। तर बलिउडको व्यस्त र कठिन प्रतिष्पर्धामा थोरैको मात्र यस्तो सपना पूरा हुन्छ। नेपालबाट मुम्बई आएर स्थापित हुने मात्र होइन नम्बर वन पनि हुने मध्येमा एक हुन् – उदितनारायण झापढ्नेक्रम जारी राख्नुहोस्

म त ठूलो मान्छे बन्न सकिन : तपाइ नी…?


– माधब प्रसाद मुकुन्द

घटना तथा पात्रहरु यर्थाथ हुन कसैको जिवन संग मेल खान गएमा संयोग मात्र हुने छ ।

बिश्वका चर्चित व्यक्तिहरुमा भएका भन्दा धेरै गुणहरु म संग छन्, तरै पनि म ठूलो मान्छे हुन सकिन । आइन्सटाइन भन्दा भुलक्कड छु, स्टेफन हकिन्स भन्दा रोगी छु, महात्मा गान्धीको भन्दा धेरै तालु खुइलिएको छ, पप किङ बम मार्लिन भन्दा धेरै गाजा पिउछु, तर खोइ त म ठूलो मान्छे हुन सकिन ।

मोवाइलको फुटेजमा निलो दातबाट (Blue Tooth) आयात गरिएको अन्जान मित्रका भावना हुन माथीका । भावना उनले कोरेपनि मेरो जिवनमा सोह्रै आना मिलेका छन् त्यसैले उध्रित गर्न चाहे । पढ्नेक्रम जारी राख्नुहोस्