भूमिगत सेवक र महिला गुप्तचर (प्र. इंस्पेक्टर) रोमिला शर्मा


इन्द्रेणी शर्मा ‘जलद’

कथा:
हो सानी तिमीले अब आफ्नो बाटो आफै पूरा गर्नु पर्छ । म आउँला न आउँला मेरो बाटो नकुर्नु है !

– के भनेको सेवक यस्तो ? आखिर म तिमी बिना बाँच्न सक्दिन । तिमीले नै मेरो जीवनको रूप दियौ, शिपमा लगायौ आज म भित्रको मानिसलाइ निकाल्यौ कसरी म बाँचु सेवक ?

हेर सानी, मेरो आफ्नै दुनियाँ थियो संजोगले आज यो समाजमा हुरिले उडाएको पात झै आएको थिएं । आज मेरो जाने दिन पनि आयो हेर तिमीले आफ्नो संसार आफै तैयार गर्नुपर्छ बुझ्यौ ?

– धेरै कुरा बुझें सेवक तिमीले मलाई छोडेर जाने भयौ हैन ? जीवनमा तिम्रो योगदानले मलाई कति म ऋणी बनेकी छु कसरी ब्यक्त गरु म ? के एउटा गोप्य कुरा माग्छु दिन्छौ तिमीले ? के हो त्यो गोप्य कुरा सानी ? निर्धक्क भनन दिन मिल्ने भए दिन्छु नि ।

– हो तिम्रो त्यों जिउँदो इतिहास बोक्ने रगतको खाँचो छ, दिनसक्छौ ?
मैले कुरा बुझिन नि सानी, के हो कुरा स्पष्ट भनन । तिमीले मेरो यत्रो सेवा पुर्‍यायौ मेरो सिंदूर बिनाकी जीवन साथी बन्यौ । तिमीबाट हरेक सहयोग पाएं मैले तर मैले तिमीलाई कुनै राहत दिन सकिन केवल चेतना र शिप दिन सकें म ।

-चेतना र शिप पाए पछि मेरो जीवनको नया गंतब्य सुरु भयो अब अन्तिम खोजी तिम्रो थियो सेवक ।

मेरो खोजी, किन सानी ? तिमीले अब आफ्नो नयाँ बाटो खोज म मुसाफिर हुँ, तिमीले मलाई कसरी राख्न सक्छ्यौ ?

– किन नसक्नु ? सक्छु सेवक सक्छु अब त तिमीलाई मैले पनि पाल्न सक्छु के तिमीले मलाई अरु समय दिन सक्दैनौ ? हेर अर्को साल हामी दूबै तिम्रो देश जानेछौ एक सुन्दर फूल साथमा लिएर ।
मैले तिम्रो श्रम कसरी लिनू ? हेर यो समाजले धेरै कुरा काटी सक्यो सानी तिमीमा आएको परिबर्तनले म आज बाहिर निस्कदा पनि अनेक तरहका कुरा सुन्न थालेको छु हेर अब कुनै हालतमा पनि यहाँ रहनु उचित छैन ।

– सेवक, मेरो सेवक के भन्दैछौ ? मेरो आफन्तीले दिएको यातनाको घाउमा किन मलम लगायौ ? मेरो कालो संसार थियो किन प्रकाश दियौ ? आज ज्ञान दिएर बिज्ञानको अचानोमा किन मार्न पुग्यौ ? राहत दियौ तर साथ दिन खोजेनौ किन सेवक किन ? जे भए पनि तिम्रो निशानी मेरो जीवनको बिहानी होस यही चाहन्छु ।

सानी हुन्छ जे तिम्रो बिचार छ म हारें, तिमीले जित्यौ सानी किनकि अब तिम्रो साथ नै हुनेछ यो सेवक । अचानक सेवक झास्किन्छ, हेर्छ सानीको आँखामा आँशुको नदी बगिराखेको देख्छ सम्बेग सहानुभुतिको अंगालो थाहै नपाई कसिन्छ के गरेको सेवक बाबू ? हेर मानिसले के भन्छन ? के सपना देख्यौ र ? अचानक के भो भन त ?

– मलाई माफ़ गर सानी म सपना देखेको थिएं, म तिम्रो मनको संसारमा हराएको थिएं, तिमीले मलाई रोक्नु र म यो बस्तीबाट निस्कनु थियो कुराको आबेगमा तिमीलाई देखें सत्य देखेको अनुभूति भएछ ।

हो सेवक मैले पनि तिम्रो जीवनमा आउन नखोजेको हैन ? तर तिमीले आफ्नो परिचय किन लुकायौ ? तिम्रो सारा कुरा सुनेर तिम्रो खोजी गर्दै यहाँ आएकी हुँ । तिमीले गरेको आततायी काण्ड कस्तो थियो, के भयो, कस्तो भयो थाहा छ तिमीलाई ?

– किन भागेर यहाँ आयौ, आफ्नो कसूर किन साबित नगरी भाग्यौ सेवक, किन ? को हौ तिमी सानी ?

म महिला गुप्तिचर इस्पेक्टर “रोमिला शर्मा” म तिम्रो केशको जिम्मा बोकेर यो बस्तिमा आएकी हुँ । तिमीले गरेका कुराकानी ब्यबहार राम्रा नराम्रा सारा कुरा रिपोटिंगमा छन । एकरात तिमीले मलाई सडकमा देखाएको हर्कत पनि रिकर्डमा छ  तर तिमीले मेरो झोलाको रहस्य कदापि बुझेनौ जेहोस, जानकी रूबी र सजनीको जीवन बचाएकोले तिमीले आफ्नो कानूनी सझायँ कायम जे जस्तो देखिए पनि ब्याबहारिक साहसको कदर भने गरिनेछ । हुनसक्छ, तिमी नै त्यों मेरो जीवनको अभिन्न जीवन साथी पनि हुनसक्छौ । कस्ले जानेको छ र ?

हो सानी रोमिला म अपराधी हुँ । मेरो अपराध हुनुको कारण बर्तमान राजनैतिक कुसंस्कारले मलाई घृणा लाग्यो अनि म मा बिद्रोहले प्रबेश गर्‍यो अनि गर्न थालें  भूमिगत समुह्मा बसेर नेताहरुको अपहरण गर्न थालें । मानिसको डर प्रशासन समेत डराऊन थाल्यो । हामीलाई यिनै नेताहरूले सिकाएका थिए आज हामीले उनीहरुको अपहरण गरको हो । हाम्रो ब्याक्तिगत कुनै स्वार्थ थिएन अनि २० जना नेता हाम्रो कब्जामा देश बाहिर छन, ७ जना सफायामा परे, ३० जना हाम्रो निगरानिमा छन, ५० जना नेताहरु आफ्नो सारा सम्पति सार्बजानिक कोषमा दाखिला गरेकोले छूटे । हाम्रो आवहान थियो कुनै पनि पार्टीका नेताहरूले देश समाज र आफ्नो पार्टीलाई गद्दारी गरी ब्याक्तिगत स्वार्थ नलिउन तर भयो अर्को नेपालीले पाएको हड़ताल बंद  चक्काजाम आदिको कारण नेपालीले भोगेको देखेर नै नेताहरुको बध गर्न खोजेकै हो भाग्यले बचे आज नेताको रूप चेतना बदलेको छ हैन ?

– सेवक तिमीले नकारात्मक बाटोमा खुट्टा राख्यौ, सेवक खुनी संसारमा हिड़नु उचित थिएन तर धेरैलाई यो बाटोमा हिडन बिबश बनायौ तिमीले ।

सानी रोमिला के तिमीलाई थाहा छ नेपालमा कति नेपालीले बेकसूर मर्नु पर्यो ? कालो इतिहासका पाना अझै बाँकी छ । हो सानी, म सेतो इतिहासको लागी हिडेको थिएँ अचानक म दोहोरो भिडंतको त्यों घाइते मानिस हुँ बुझ्यौ ? आखिर मरेर बाँचेको मानिस हुँ, मेरो कथा कस्ले हेर्यो ? हेर सानी रोमिला जे गर्छौ गर, म तैयार छु । तिमीले आफ्नो कर्तब्य पूरा गर्दा मेरो ब्याक्तिगत गोपनियाको खुलासा गर्न मिल्छ कि मिल्दैन ? हेर म भाग्नु थिएन म बिबश थिएँ एउटी किशोरीको कारण । त्यों किशोरीले मेरो जीवन बुझेकी थिइ भनी म हजुरको नासो जसरी भए पनि हुर्काउँछु, हजूर यहाँ नबस्नुस ऊ कहाँ पूगी थाहा छैन, उसको नाम रीमा थियो, मैले रिमु भनेर बोलाउथें ।  छुट्टिनेबेला उसंग सात महिनाको गर्भ थियो, उसले हाँसी हाँसी बिदा गरेकी थिइ । म भूमिगत बनें, उ कहाँ पूगी मेरो सन्तान के भयो होला ?

– हो सेवक तिमीले जे कथा भन्यौ त्यों मलाई थाहा छ, ल हिड़ आज नै सदरमुकाम पुग्नु छ ।

हुन्छ, सानी बरु मलाई मार गोलीले हानि हानि, म यो संसारमा बाँच्न चाहन्न, मैले अब आफ्नो रूप यो स्वार्थी संसारमा देखाउन कुनै तुक छैन । यदि तिमीले मेरी रिमुलाई भेटयौ भने भनी दिनु तिम्रो बाटो नयाँ सुरु गर्नु ।

– के भन्छौ सेवक उ अझै तिम्रो खोजीमा छे तिमीले आफ्नो सफाई दिएपछि सदा सर्बदा तिम्रो साथ हुनेछे ।

हो र सानी रोमिला ? उसलाई तिमीले भेटेकी थियौ र हेर्दा तिमी जस्तै लाग्थ्यो ।

– हो र म जस्तै थि उ ? तर तिमी उसलाई छोडेर कतै जान पाउने छैनौ ।

जान्न, सानी जान्न…

बर्दीधारी प्रहरीको गाडी नजिक आउँछ, रोमिलाको आँखाबाट आँशु खस्छ, हेर्छ सेवकले अनायास नै उ पनि भाबबिहल देखिन्छ…

क्रमश…

प्रगतिनगर नवलपुर, नवलपरासी, नेपाल
हाल: लिस्बोन, पोर्तुगल,
११-०९-२०११ / २३.५५

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.