प्रहरीको कुटाइबाट तीन पत्रकार घाइते


२८ भदौ, दैलेख । प्रहरीको कुटाइबाट दैलेखमा गएराति तीन पत्रकारसहित चार जना गम्भीर घाइते भएका छन् । मदिरामक्त अवस्थामा गस्तीमा रहेका प्रहरीको कुटाइबाट नेपाल पत्रकार महासंघ दैलेख शाखा अध्यक्ष पुस्कर थापा, पत्रकारहरु भूपेन्द्र शाही र रत्न शाही तथा जिविस दैलेखका नायव सुव्वा खगेन्द्र थापामगर गम्भीर घाइते भएका हुन् । स्थानीय पञ्चकोशी एफएममा कार्यरत उनीहरुमाथि राति नौ बजेको समयमा गस्ती टोलीमा रहेका प्रहरीले दैलेख बजारमा लड्डी र लात्ती प्रहार गरी निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट उनीहरुको अनुहार, टाउको र हातगोडालगायत शरीरका विभिन्न भागमा निलडाम र चोकटपक लागेको छ । घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । महासंघ शाखा अध्यक्ष थापाले आफूहरुले परिचय खुलाउँदा पनि मदिरामक्त अवस्थाका प्रहरीले ‘पत्रकारलाई नकुटे कसलाई कुट्ने’ भन्दै लाडी र बुटको वर्षा गराएको जानकारी दिनुभयो ।

यसैबीच सञ्चार सम्बद्ध विभिन्न संघसंस्थाले घटनाको निन्दा गरेका छन् । नेपाल पत्रकार महासंघ दैलेख शाखा, नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले विज्ञप्ति जारी गरी पत्रकार कुटपिट घटनाप्रति आपत्ति जनाउँदै दोषिमाथि कारबाहीको माग गरेका छन् ।

 Posted by: Shiva Paudel

Source: Nlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.