टुबोर्ग बियरमा विषालु पदार्थ मिसिएको चिकित्सकको शंका


पसले र डिलर प्रहरी थुनामा:


शनिबार बेलुकीको कुरा । काठमाण्डौको बसुन्धराको एक होटलमा रमाइलो गर्दै बाग्लुङका देव गौचन र चन्द्रसिंह तामाङ बियर पिउँदै थिए । उनीहरुको रोजाइको बियर थियो- टुबोर्ग । ड्यानिस बियरको ट्रेडमार्क लिएर नेपालमा उत्पादन भइरहेको यो बियर खाएको केही क्षणमै उनीहरु बेहोस भए । हत्तपत्त उनीहरुलाई नजिकैको विनायक अस्पताल लगियो । त्यहाँ उपचार हुन सकेन, अनि ल्याइयो सुन्धाराको लाइफ केयर अस्पताल ।

बियर खाएर मात्तिएर उनीहरु ढलेका थिएनन् । सिसीको पिँधमा लेदो र लेउसमेत लागेको ख्यालै गरेका रहेनछन् उनीहरुले । त्यही कारण बियरमा मेफनल नामक पदार्थ मिसिएको हुन सक्ने शंका चिकित्सकले गरेका छन् । उपचारमा संलग्न लाइफ केयर अस्पतालका डाक्टर समीर केसीले अहिलेसम्मको रिपोर्टका अनुसार गौचन र तामाङले बियर खाएकै कारण बेहोस भएको बताएका छन् ।

‘सो बियरमा मेफनल नामक पदार्थ रहे नरहेको’bout पता लगाउनका लागि अर्को ल्याबमा पठाइएको छ तर ल्याबले रिपोर्ट पठाउन ढिलाइ गरिरहेको छ’ डा. केसीले राससलाई भनेका छन् ।

उनीहरुले नयाँ बसपार्कको बियरको होलसेल पसलबाट टुबोर्ग बियर किनेका थिए । अनुसन्धानको क्रममा बियरको बोतलमा किरा र लेदो फेला परेपछि प्रहरीले पसले पानबहादुर अदै, त्यो पसललाई बियर दिने डिलर ओमश्याम श्रेष्ठ र बियर उत्पादक कम्पनीका प्रतिनिधि सन्दीप सुवेदीलाई पक्राउ गरिसकेको छ । टुबोर्ग गोरखा ब्रुअरीबाट उत्पादन हुने बियर हो । यसका मालिक राजेन्द्र खेतान हुन् । खेतान सीपी मैनालीको माले पार्टीको कोटामा संविधान सभा सदस्यमा मनोनीत सभासद हुन् । उनी प्रचलित ऐन र नियमहरु बमोजिम सरकारका काम कारवाही भए नभएको सम्बन्धमा छलफल गर्ने र निर्देशन दिने हैसियत राख्ने संसदको राज्य व्यवस्था समितिका एक सदस्य पनि हुन् ।

बियर खाएर मान्छे बिरामी भएको समाचार फैलिएपछि कम्पनीका कानुनी सल्लाहकारले चौकीमा आएर आफ्नो कम्पनीको कुनै कसुर नरहेकोले उनीहरूलाई छाडिदिन आग्रह गरेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका नायव उपरीक्षक जगदिश पोखरेलले बताएका छन् । पीडितको उपचार गर्ने (उपहार पनि दिने हो कि) सहमति गरेर केस टुङ्ग्याउन खोजिएको छ । तर प्रहरीले भने कालो बजारी ऐन अन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । टुवर्ग बियर राखिएको सिसीको पिँधमा लेदो र लेउसमेत भेटिएको ’boutमा भने कम्पनी चुप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा राखेकाहरुलाई अनुसन्धानका लागि थुनामा राख्न दश दिनको म्याद थप पनि गरेको छ । तर शक्तिशाली मालिकहरुका अगाडि कारबाही प्रक्रिया कसरी अघि बढ्ने हो, हेर्न बाँकी छ ।


गत वर्ष भेटिएको बियरको बोतल ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.