नेपालको राजनीति बिस्तारै गैरनेपालीको नियन्त्रणमा पुगेको र यहाँका पात्रहरूले सत्ताका लागि सबै किसिमका ँबार्गेन’ या सम्झौता गर्न थालेको आशंकालाई वर्तमान विकिलिक्स प्रकरणले कुनै न कुनै रूपमा पुष्टि गरेको छविकिलिक्स दस्ताबेजहरू सार्वजनिक हुँदा धेरै मुलुक, सरकार या विभिन्न प्रभावशाली व्यक्ति अनेक बहसका पात्र बनेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/09/2011
तलब नपाएपछि दुई नेपाली जापानबाट फर्किए
– मोहन गुरुङ
जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत औद्योगिक प्रशिक्षार्थी कामदारका रूपमा जापान पुगेका दुई नेपाली महिला रोजगारदाताले तोकिएको तलब र सेवासुविधा नदिएपछि स्वदेश फर्किएका छन् । फ्युजन इन्टरनेसनल म्यानपावरमार्फत औद्योगिक कामदारका रूपमा जापान पुगेका ती नेपाली चार महिनामै फर्किएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
टुबोर्ग बियरमा विषालु पदार्थ मिसिएको चिकित्सकको शंका
पसले र डिलर प्रहरी थुनामा:
शनिबार बेलुकीको कुरा । काठमाण्डौको बसुन्धराको एक होटलमा रमाइलो गर्दै बाग्लुङका देव गौचन र चन्द्रसिंह तामाङ बियर पिउँदै थिए । उनीहरुको रोजाइको बियर थियो- टुबोर्ग । ड्यानिस बियरको ट्रेडमार्क लिएर नेपालमा उत्पादन भइरहेको यो बियर खाएको केही क्षणमै उनीहरु बेहोस भए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in आँखीझ्याल
प्रहरीको कुटाइबाट तीन पत्रकार घाइते
२८ भदौ, दैलेख । प्रहरीको कुटाइबाट दैलेखमा गएराति तीन पत्रकारसहित चार जना गम्भीर घाइते भएका छन् । मदिरामक्त अवस्थामा गस्तीमा रहेका प्रहरीको कुटाइबाट नेपाल पत्रकार महासंघ दैलेख शाखा अध्यक्ष पुस्कर थापा, पत्रकारहरु भूपेन्द्र शाही र रत्न शाही तथा जिविस दैलेखका नायव सुव्वा खगेन्द्र थापामगर गम्भीर घाइते भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भोलिदेखि हप्तामा १८ घण्टा लोडसेडिङ
हप्तामा छ घण्टा बढ्यो-
काठमाडौँ, भदौ २८ – नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी लोडसेडिङको अवधि बढाएको छ। नयाँ तालिका अनुसार अब हप्तामा १८ घण्टा लोडसेडिङ हुनेछ। यसअघि हप्तामा १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो। नयाँ तालिका अनुसार हप्ताको एक दिन ४ घण्टा, दुई दिन ३ घण्टा र चार दिन दुई घण्टा लोडसेडिङ हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लेइला मिस युनिभर्स
साओ पाओलो (एजेन्सी) , भाद्र २८ – यस वर्षको मिस युनिभर्सको ताज अंगोलाकी लेइला लोपेसले पहिरेकी छन् । ब्राजिलको साओ पाओलोमा मंगलबार सम्पन्न मिस युनिभर्स-२०११ मा पहिलोपटक मिस अंगोलाले ताज पहिरेकी हुन् । ८८ देशका प्रतिस्पर्धीलाई पछि पार्दै २५ वर्षीया लोपेस उत्कृष्ट भएकी हुन् । उनलाई गत वर्षको मिस युनिभर्स मेक्सिकोकी जिमेना नाभारेटेले ताज पहिरी दिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, मनोरन्जन