२६ भदौ, काठमाडौं । एएफसी अन्डर १६ च्याम्पियनसिप छनौट चरणको पहिलो खेलमा नेपाल सिरियासँग पराजित भएको छ ।छनोट चरणको समूह डीमा परेको नेपाल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बलियो प्रतिद्वन्द्वी सिरीयासँग २-० ले पराजित भएको हो । खेल सुरु भएको दोस्रो मिनेटमै गोल खाएको नेपालले पहिलो हापमा खेलमा र्फकने प्रयास गरेपनि गोल फर्काउन सकेन । दोस्रो हापमा राम्रो प्रदर्शन गर्न नसकेको नेपालले ८० औं मिनेटमा दोश्रो गोल खायो ।
यस्तै सोमबार नै भएको अर्को खेलमा साउदी अरेवियाले ओमानलाई ३-० ले पराजित गरेको छ । ३० गतेसम्म सञ्चालन हुने समूह डी को छनौट खेलमा नेपालसहित सिरीया, ओमार र साउदी अरेविया छन् ।
समूहका विजेता र उपविजेता टोली दोस्रो चरणका लागि छनौटमा पर्नेछन् ।
Posted by: shiva Paudel
Source: Nlinekhabar