डिसेम्बर ३० मा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबले च्यारिटी कल्चरल सो गर्ने


जरुरी सूचना:

बिगत १२ वर्ष देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहि कुवेतवासी नेपालीहरुलाई खेलकुद, मनोरन्जनात्मक कार्यक्रम साथै सामाजिक कार्यमा टेवा पुर्‍याउँदै आएको कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेतले आगामी ३० डिसेम्बर २०११ शुक्रवारका दिन, नयाँ अङ्ग्रेजी सालको अबसर पारी नेपालबाट कलाकारहरु झिकाई च्यारिटी कल्चरल सो गर्ने भएको छ ।

सार्क राष्ट्रहरुका प्रवासी खेलाडीहरुको खेल जिबनलाई माथि उकास्न मात्र नभई खेलकुदको माध्यमबाट सिंगो नेपाल र नेपालीहरुको विश्वभर नाम रोशन गर्नको लागि आयोजना गर्न लागिएको दोस्रो सार्क स्तरिय  फूटबल च्याम्पियनशिप E-SAF-C (Expatriate South Asian Football Championship) सम्पन्न पार्नको लागि आर्थिक सहयोग जुटाउने उदेश्यले यो च्यारिटी सो गर्न लागिएकोले जानकारी गराईन्छ । साथै, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्थाहरु, बुद्दिजिबीहरु, अनलाईन नेपाली मिडियाका पत्रकारहरु, खेलाडिहरु, खेलप्रेमी महानुभावहरु, सर्वसाधारण र दूताबासलाई समेत सहयोग एवं सहकार्यको लागि अपिल गर्दै उक्त ३० डिसेम्बर २०११ को दिन अन्य कुनै कार्यक्रमको आयोजना गरी कार्यक्रम नजुधाई दिनुहुन सबैमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेत हार्दिक अनुरोध गर्दछ । स्मरण रहोस्, क्लबले यो भन्दा अगाडि सन् २००५ मा पनि सार्क स्तरिय खेलकुदको आयोजना गरी नेपाल र नेपालीको नाम कुवेतको भूमिमा उच्च राख्न सफल भएको थियो ।

आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाण्डौ-कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.