जन्मिँदै २ दाँतको साथमा मुस्कान


बच्चा जन्मिएपछि दाँत आउन कम्तिमा ७-८ महिना लाग्छ । तर बेलायतमा भने एक दम्पतिले जन्मिँदै २ वटा दाँत भएकी छोरी पाएका छन् । यतिमात्र कहाँ हो र जन्मिएपछि सबै बच्चा रुने गर्छन् । तर ती बच्ची भने जन्मेको केही मिनेटमै मुस्कुराइन् । न्युक्यासल शहरका बासिन्दा करेन र एन्डीकी छोरी समर ह्वेलानको जन्मिँदै तल्लो गिंजाका अघिल्ला दुइवटा दाँत आएका हुन् । जन्मिँदै दात आउनु र अर्कोतर्फ जन्मिएपछि छोरी रुनुको साटो हाँसेपछि उनका बुवा आमा आश्चर्यमा परेका छन् । छोरीका अनौठा दाँतको चेकजाँचका लागि आमा करीनले एक जना दन्तचिकित्सिक बुक गरिसकेकी छिन् । अनौठी छोरी जन्माएकोमा ३१ वर्षकी करीन आफुलाई निकै रमाइलो लागेको बताउँछिन् । हुन त त्यस परिवारमा जन्मिदै दाँत आउने वंशाणुगत गुण नै रहेछ ।

नवजात बच्चीकी हजुरआमाको पनि जन्मिदै दाँत आएको थियो रे । यसअघि सासुको जन्मिँदै दाँत आएको ’boutमा सुनेर हाँस्ने करीन आफैले त्यस्तै छोरी जन्माएपछि अवाक् बनिन् । छोरीको अनौठोपनाका कारण आश्चर्य वा खुसी एकातिर होला तर छोरी हेर्न आउने पाहुनाको सत्कार गर्दागर्दै भने दिक्क बनेका छन् एन्डी र करीन ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.