के तपाईं सुत्ने बेला कोठामा लामखुट्टे भगाउन धूप प्रयोग गर्नुहुन्छ ? यदि त्यसो गर्नुहुन्छ भने सावधान हुनुहोस् यसबाट तपाईं फोक्सोको समस्यामा पर्न सक्नुहुन्छ । सुत्ने बेलामा लामखुट्टे भगाउन धूप प्रयोग गर्ने व्यक्तिलाई फोक्सोको क्यान्सरजस्ता भयानक रोग चाँडै लाग्ने खतरा बढी हुन्छ । चिकित्सकहरुका अनुसार एउटा धूप बाल्दा १०० चुरोट बिँडी जलाए बराबर धुँवा निस्कन्छ । त्यो धुँवाले चुरोट बिँडी खाने व्यक्तिजस्तै धूप प्रयोग गरेर सुत्ने व्यक्तिलाई क्यान्सर चाँडै लाग्ने खतरा बढी हुन्छ ।
चेस्ट रिसर्च फाउन्डेसन मलेसियामा गरिएको एक अध्ययनले पनि लामखुट्टे धपाउन बालिने एउटा क्वाइलबाट निस्किने धुवाँले फोक्सोलाई एक सय चुरोट बिँडी सल्काउँदा निस्कने धुवाँले जति नै नोक्सान पुर् याउने देखाएको छ । त्यसैले चुरोट बिँडी खाने व्यक्ति जस्तै धूप प्रयोग गर्ने व्यक्ति पनि फोक्सो वा मस्तिष्कको क्यान्सरको सिकार हुन सक्दछन् । लामखुट्टे धपाउन बालिने धूपकॊ धुवाँको सम्पर्कमा रहेकालाई फोक्सोको क्यान्सर हुने सम्भावना ३० प्रतिशत बढी हुन्छ चिकित्सकहरु भन्छन्- लामखुट्टेको धूपले मस्तिष्कका लागि मन्द विषको काम गर्छ । यसले खासगरेर बालबालिकाको स्मरणशक्तिसमेत प्रभावित हुन्छ ।
लामखुट्टे धपाउन बालिरहेको धूपको छेउमा बस्ने वा सुत्ने व्यक्तिलाई फोक्सोको क्यान्सर दम खोकी तालु खुइलिने मोतियाविन्दु हुने शरीर तथा अनुहारको छालामा चाउरी पर्ने छालाको क्यान्सर हुने मुटुसम्बन्धी रोग लाग्ने अल्सर मुत्रथैलीको क्यान्सर र गर्भपतन हुनेजस्ता जटिल प्रकृतिका रोगसमेत लाग्ने गर्दछ । विशेषगरी लामखुट्टेको धूपको धुवाँले बालबालिकाहरु स्वास्थ्यजन्य समस्याबाट बढी प्रभावित हुने गर्दछन् नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. श्यामसुन्दर दासले भन्नुभयो- यसले बालबालिकाको स्मरणशक्ति प्रभावित हुनुका साथै फोक्सोको क्यान्सर हुने सम्भावना पनि उच्च हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न सबैभन्दा उपयुक्त र प्रभावकारी माध्यम नै झुलको प्रयोग गर्नु हो डा. दासले भन्नुभयो ।
विशेषगरी तराईका प्रायः सबै जिल्लामा लामखुट्टेको प्रकोप अत्यधिक हुन्छ । त्यसबाट बच्नका लागि मानिस लामखुट्टे धपाउने धूपको प्रयोग गर्ने गर्छन् । तर धेरैजसो व्यक्ति धूप प्रयोग गरेर सुत्दा फोक्सोको क्यान्सरजस्ता भयानक रोग लाग्ने खतरा बढी हुन्छ भन्ने ’bout अनभिज्ञ नै हुन्छन् । वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पर्ने प्रभाव’bout आममानिसमा जागरुकताको कमी छ नारायणी उपक्षेत्रीय अस्पतालका बालरोग विशेषज्ञ डा अशोक दासले भन्नुभयो- घरमा लामखुट्टे धूपको उपयोगले हुने प्रदूषणसमेत स्वास्थ्यका लागि गम्भीर समस्याका रुपमा अगाडि आएको छ ।
Posted by: Jay Ale