नेपालका ११ माओवादी केन्द्रिय नेतालाई भारतमा ६ बर्ष कैद फैसला


शसस्त्र द्वन्द्वका बेला भारतमा पक्राउ परेर छुटेका एकीकृत नेकपा माओवादीका ५ केन्द्रीय सदस्यसहित ११ जना नेतालाई पटना उच्च अदालतले देशद्रोहको अभियोगमा ६ बर्ष कैद र ७ लाख रुपैयाँसम्म जरिवानाको फैसला सुनाएको छ ।

आठ बर्ष पुरानो मुद्दा’bout फैसला गर्दै पटना उच्च अदालतले नेपाली माओवादी नेताहरुलाई कैद र जरिवाना सुनाएको हो । यसरी सजायँ पाउनेहरुमा पूर्वमन्त्री लोकेन्द्र बिष्टमगर, पोलिटब्युरो सदस्य कुलप्रसाद केसी सोनाम, केन्द्रीय सदस्यहरु हितबहादुर तामाङ, अनिल शर्मा बिरही, कुमार दाहाल, केन्द्रीय सल्लाहाकार दिलिप महर्जजन, चित्रबहादुर श्रेष्ठ र राज्यस्तरका नेताहरु मिनप्रसाद आपागाईं, श्यामकिशोर यादव, सुमन तामाङ र तारा घर्तिमगरलाई कैद र फैसलाको सजायँ सुनाएको हो । यसमध्ये लोकेन्द्र बिष्ट र हितबहादुर तामाङ झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्री भइसकेका नेता हुन् ।

नेपाली माओवादी नेतालाई भारतीय अदालतले कैद र जरिवाना फैसला सुनाएको समाचार आजका सवैजसो दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । सभासद् ताराका अनुसार उनीहरु शसस्त्र द्वन्द्वका बेला २०६१ सालमा पटनामा पक्राउ परेका हुन् । दुई बर्ष भिन्नाभिन्नै जेलमा बसेपछि उनीहरु धरौटीमा रिहा भएका हुन् ।

लोकेन्द्र बिष्ट र कुलप्रसाद केसी र अनिल शर्मा बिरहीलाई ६ बर्ष कैद र ७ लाख जरिवानाको फैसला भएको छ भने हितबहादुर तामाङलाई ५ बर्ष कैद र ५ लाख जरिवाना, चित्रबहादुर श्रेष्ठलाई ५ बर्ष कैद र ७ लाख जरिवाना, तारा घर्तीलाई ५ बर्ष कैद र ३ लाख ७५ हजार जरिवाना, कुमार दाहाललाई ५ बर्ष कैद र ५ लाख जरिवाना, सुमन तामाङलाई ५ बर्ष कैद र ६ लाख जरिवाना, श्यामकिशोर यादव र दिलिप महर्जनलाई ५ बर्ष कैद र ५ लाख जरिवाना र मिनप्रसाद अपागाईलाई ४ बर्ष कैद र ५ लाख जरिवाना सुनाईको छ ।

नेता बिष्टले फैसला’bout सूचना आएको र त्यसको मिसिल मगाइएको बताएका छन् । आजको राजधानी दैनिकले फैसला’bout भारतीय प्रहरीसँग कुरा गर्न माओवादी अध्यक्ष प्रचण्ड सुटुक्क भारत पुगेर आएको बताएको छ ।

Posted by: Jay Ale                                                       Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.