गोरखा सैनिक कटौतीमा


लण्डन(एजेन्सी) खर्च कटौतीको सिलसिलामा ब्रिटिश आर्मीले पहिलो चरणमा १ सय ४० जना गोरखा सैनिकलाई बिहीबार अवकाश दिएको छ । नेपालस्थित ब्रिटिश दूतावासले विज्ञप्ति जारी गर्दै सोको पुष्टि गरेको हो । कटौतीमा परेका सैनिकहरुलाई १२ महिनाको पूर्वसूचना दिइएको र नागरिक जीवनमा अभ्यस्त हुन समय दिइएको विज्ञप्तिमा उल्लेख छ । सन् २००९ मा कञ्जरभेटिभ र लिबरल डेमोक्र्याटिक पार्टीको मिलिजुली सरकार बनेपछि सबैतिर खर्च घटाउ“दा गोरखाहरु पनि कटौतीमा परेका हुन् । बेलायती सरकारले तयार गरेको सैन्य पुनरावलोकन समितिको प्रतिवेदनअनुसार सन् २०१५ सम्ममा करिब ७ हजार सैनिक कटौती गरिने छ ।

इराक, अफगानिस्तानमा फ्रन्टलाइनमा खटिएका गोरखा सैनिकहरुलाई कटौती गर्ने सरकारी निर्णयको बेलायतमा आलोचना भइरहेको छ । सरकारले भने सन् २००७ मा गोरखाहरुको सेवा–शर्त पुनरावलोकन गरेपछि गोरखाहरुले लामो समय सेवा गर्न पाउने भएकाले हाल भएको कटौतीले कुनै असर नपार्ने तर्क गरेको छ । हाल करिब ३५ सय गोरखा सैनिक बेलायती सेनामा कार्यरत् छन् ।

सेवारत् सैनिकहरुलाई कटौती गरिए पनि नेपालबाट गरिने भर्तीलाई भने यथावत् राखिने ब्रिटिश आर्मीको भनाइ छ । बेलायतले वर्षेनी १ सय ७५ जनालाई भर्ती गरेको छ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.